प्रधानमन्त्री केपी ओली सरकारी निवास सर्दै

काठमाडौँ नव नयुक्त प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । ओली अपराह्न ४ बजे प्रधानमन्त्री निवासमा सर्ने उनी निकट स्रोतले जनाएको छ। उनी बिहीबार प्रधानमन्त्री भएका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बूढानीलकण्ठको निजी निवासमा सरिसकेका छन् ।...

वाम गठबन्धन टुटाउने षडयन्त्र : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न प्रलोभन र धम्की दिएर वाम गठबन्धन टुटाउने षडयन्त्र भईरहेको दाबी गरेका छन् । महोत्तरीको हात्तीलेटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले निर्वाचनमा झन्डै दुई तिहाई बहुमत आइसकेपछि कहिले माओवादी कहिले एमालेलाई प्रलोभन र धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले एकतालाई टुंगोमा पुर्याेउन दु...

संक्रमणकाल सकियो, अबको प्राथमिकता विकास

१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल सकिएको बताएका छन् । मंगलबार महाशिवरात्रिको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै ओलीले अबको प्राथमिकता विकास र संमृद्धि भएको बताए । हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ’, ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘अबको प्राथमिकता विकास र ...

केपी ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

२९ माघ, काठमाडौं ।  एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ । नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मा...

ओली–दाहालबीच भेट जारी

 २९ माघ  २०७४, काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी एकता र सरकार गठनबारे छलफल गर्दै छन्। दुई नेताहरुबीच ललितपुरमा ‘वान टु वान’ भेटवार्ता जारी छ । सवा १० बजेदेखि उनीहरूबीच छलफल भइरहेको भए पनि स्थान भने सार्वजनिक गरिएको छैन । एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत हुनेछ । माओवादी केन्द्रले प्रधानमन्त्र...

प्रतिनिधिसभामा एमाले समानुपातिक सांसद : नेता पत्नीदेखि उद्योगीसम्म

२९ माघ २०७४,  काठमाडौं – एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्। ४१ जनामा नेता पत्नीदेखि विद्यार्थी नेतृ र उद्योगीसम्म छन् । एमालेले पार्टीमा काम गर्दागर्दै जीवन गुमाएका नेताका पत्नीलाई पनि समानुपातिक सांस...

किन छाडे किरण गुरुङले मुख्यमन्त्रीको दाबी ?

२८ माघ, पोखरा । पार्टीको प्रदेश प्रमुख भएर संगठन सन्चालन गरिरहेका एमालेका तीनजना नेता प्रदेशको सरकार प्रमुख बन्नबाट भने बन्चित भएका छन् । प्रदेश ४ का संयोजक किरण गुरुङ संसदीय दलको नेता बन्ने रेसबाट बाहिरिएसँगै एमालेका प्रदेश संयोजकहरु मुख्यमन्त्री बन्ने सम्भावना पनि अन्तः भएको छ । प्रदेश १ का संयोजक भीम अचार्य र प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्य निर्वाचनबाटै पराजित भए । पार्टीभित्र माधव नेपाल ख...

प्रचण्डले भने- अर्को फड्को हान्न बेर मान्दिनँ

२८ माघ, काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अस्थिर भनेर व्यग्य नगर्न आग्रह गरेका छन् ।  प्रचण्डमाथि अस्थिर बनेको आरोप लाग्ने गरेको छ । एमालेसँग सत्तामा रहेका उनी भद्र सहमति अनुसार प्रधानमन्त्री नछाडेको भन्दै रातारात कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका थिए । कांग्रेससँग सरकारमा रहेका बेला गत दशैंताका विपक्षी एमालेसँग चुनावी तालमेलको सहमति गरेर अर्का सप्राइ...

प्रधानमन्त्री देउवाले गरे राष्ट्रिय सभामा ३ जना नाम सिफारिस

काठमाडौ प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सभामा ३ जना सदस्यको नाम सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रिपरिषदले नाम सिफारिस गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएसंगै गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम मनोनयनका लागि राष्ट्रपति समक्ष पठाउने तयारी भएको छ । संविधानको धारा ८६ को २ ख अनुसार सरकारले राष्...

प्रधानन्यायाधीशका चार थरी जन्ममिति, प्रदेश सांसदलाई किस्तामा घडेरी

२७ माघ, काठमाडौं ।   दोहोरो नागरिकता लिएको आरोप खेप्दै आएका प्रधानन्यायाधीश गोपाल पराजुलीका चार थरी जन्ममिति सरकारी अभिलेखमा फेला परेको,  छ।  सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको छ । न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि...

शेरधन राई मुख्यमन्त्री बन्ने

काठमाडौं प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा राई र आचार्यबीच सहमति हुन नसकेपछि संसदीय दलको नेता छान्न शुक्रबार भएको चुनावमा राईले २६ मतका साथ विजयी भएपछि मुख्यमन्त्रीको लागि उनी पक्का भएका हुन्। राईले एमाले सचिव भिम आचार्यलाई हराए। आचार्यले २४ मत प्राप्त गरे भने १ मत बदर भएको थियो। नाव भएको थियो।...

यस्ता छन् नयाँ सरकार गठनका विकल्प

२६ माघ, काठमाडौं । आगामी सरकार गठनको विकल्प, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन परिणामको लेखाजोखा, सरकारलाई बजेट अपुग भएको, बजेट अपुग हुँदाहुँदै पनि आर्थिक सहायताको नाममा रकम वितरणको गृहकार्य भइरहेको जस्ता विषयबस्तुहरु परेका छन् । एमाले र माओवादीको पार्टी एकतामा सकस परिरहेको र विदेशी अपराधीबाट फैसलाअनुसार जरिवाना असुल्न सरकारले नसकिरहेको  छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने  बत...