७५ औं हङकङ साहित्यिक साझा श्रृंखलामा सम्पन्न

२९ जुलाई, हङकङ– श्रृंखलाको ७ औं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७५ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु हेम कुमार लावती, रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, टंक सम्बाहाम्फे, मनु कनदङवा, आयुषी पौडेल, पूर्णिमा शाह, पवित्रा चाम्लिङ राई, दिपेन्द्र राई, डी...

क्यूनेट गोर्खा ट्रेलब्लेजरलाई हङकङ ट्रेल रनिङ अवार्ड

प्रथम तथा दोश्रो बिश्वयुद्धमा मृत्युवरण गरेका वीर गोर्खा सैनिकहरुको सम्मानमा हङकङमा आयोजना भएको क्यूनेट गोर्खा ट्रेलब्लेजर अल्ट्रा ट्रेलरेसलाई हङकङ ट्रेल रनिङ अवार्डमा बेष्ट न्यू रेस अवार्ड प्राप्त भएको छ । २७ जुलाई साँझ वानचाई हङकङमा प्रदान गरिएको अवार्डका लागि अनलाईन भोटिङ समेत भएको थियो । बिश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ अति चर्चित स्थान हो । अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिदैं गोर्...

मृगौला रोगी सन्देश जिमीलाई याक्खा छुम्मा हङकङको सहयोग

२३ जुलाई, हङकङ– मृगौला रोगी सन्देश जिमीको उपचार सहयोगार्थ किरात याक्खा छुम्मा हङकङले ४७ हजार ५ सय २ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । हिजो सोमबार भक्तपुर स्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गर्दै आएका संखुवासभा, धर्मदेवी न.पा., होम्बुङ निवासी २१ वर्षिय सन्देश जिमीलाई अस्पतालमै पुगेर याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवानले उक्त रकम बिरामी सन्देश जिमी र वहाँकी ...

हङकङमा बराह ज्वेलरीले २४ औं वार्षिक उत्सव मनायो

१५ जुलाई, हङकङ–  बराह ज्वेलरी ईन्डष्ट्रिज हङकङले विभिन्न कार्यक्रमहरुका साथ आफ्नो २४ औं वार्षिकोत्सव मनायो । याउ मा तेई कम्युनिटी हलमा केक काटेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा लक्कि ड्र मार्फत पहिलो, दोस्रो र तेस्रो विजेतालाई सुनको औठी लगायत विभिन्न आकर्षक पुरस्कारहरुको समेत प्रदान गरेको थियो । बराह ज्वेलरीकी डाइरेक्टर रिना राई, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, हङकङ नेपाली...

महासंघद्धारा संचालित नृत्य, चित्रकला र नेपाली भाषा कक्षाको समुद्धघाटन

१५ जुलाई, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) अन्तर्गत निःशुल्क नृत्य, चित्रकला तथा आधारभूत नेपाली भाषा कक्षाको एकसाथ समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । याउ मा तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रममा पूर्व जानकारी मुताविक तालिम लिन आवेदन दिएका तीनै विधाका प्रशिक्षार्थी भाइ बहिनी तथा अविभावकहरु, सम्ब...

हङकङबासीले मनाए भानु जयन्ती

१३ जुलाई, हङकङ– आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म दिवसको अवसरमा गैर आवासीय नेपाली संघ हङकङ (एन.आर.एन.ए.) द्धारा अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा भानु जयन्ती मनायो । संघद्धारा जोर्डन स्थित चुम्लुङ हिममा पहिलो पल्ट आयोजित उक्त कार्यक्रममा अध्यक्ष टिका गुरुङ लगायतका एन.आर.एन.ए.का विभिन्न पदाधिकारीहरुका साथै हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, सृजनशिल साहित्य समाजका अध्यक्...

थुलुङ सामाको अध्यक्षमा पूनः राम ली थुलुङ राई

१ जुलाई, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था थुलुङ राई सामाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पूनः राम ली थुलुङ राई निर्विरोध चयन भएका छन । यसरी निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा राम ली थुलुङ राई, उपाध्यक्षमा बिजय थुलुङ राई, सचिवमा प्रेम थुलुङ राई, सहसचिवमा दिनेश थुलुङ राई, कोषाध्यक्षमा राम नारायण थुलुङ राई, सह–कोषाध्यक्षमा सोजित थुलुङ राई र सदस्यहरुमा बज्र कुमार थुलुङ राई, राम कुमार...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले दशौं वार्षिक उत्सव मनायो

२ जुलाई, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले “इन्टर ब्रान्च पुम्से कम्पिटिशन २०१८” को आयोजना गर्दै आफ्नो दशौं वार्षिक उत्सव मनायो । याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लबका १७ वटा ब्रान्चका ब्लाक बेल्ट तथा कलर बेल्ट गरी २८० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेका थिए । युनाइटेड तेक्वान्दो अकाडेमी हङकङका प्रेसिडेन्ट मास्टर सैलेन्द्र राई, चिफ गेष्ट हङकङ पुम्से युनियनका चेयर...

“रिज बिओण्ड प्रिभेन्शन” ले लागु पदार्थ दुर्ब्यासनी बिरुद्ध कार्य गर्ने

१ जुलाई, हङकङ– हङकङबासी नेपाली समुदायमा जटिल समस्याका रुपमा रहँदै आएको लागु पदार्थ दुर्ब्यासनीका बिरुद्ध १ जुलाईबाट “रिज बिओण्ड प्रिभेन्शन”ले कार्य गर्ने भएको छ । याउ मा तेई स्थित हिन्सको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराईएको हो । शितोरियो कराते डो गोर्खा कम्युनिटी हङकङ र हङकङ एकिकृत नेपाली समाज (हिन्स) को संयुक्त पहलमा ल्याइएको उक्त परियोजनाले विशेष गरी लागु पदार्थ दुर्ब्य...

सुनुवार समाज हङकङको अध्यक्षमा श्याम कर्ण सुनुवार

१ जुलाई, हङकङ– श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गर्दै सुनुवार समाज हङकङको ५ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो । समाजका अध्यक्ष एल.बि. मुखियाको अध्यक्षतामा सम्पन्न पहिलो चरणको बन्दसत्र कार्यक्रमको अन्त्यमा समाजका सल्लाहकार अतीत मुखियाको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्धारा निर्बिरोध निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा श्य...

हङकङमा गैह्र आवाशिय नेपाली महिला फोरमको गठन

गैह्र आवाशिय नेपाली संघ हङकङले महिला संयोजक अनु राईको संयोजकत्वमा महिला फोरम गठन गरेको छ। सोमबार साझ संघकै कार्यलयमा गरिएको फोरममा ९ सल्लाहकारहरु र २२ जना सदस्यहरु चयन गरिएको हो। संघका अध्यक्ष टीका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हङकङमा रहि विभिन्न सस्था र पेशामा संलग्न महिलाहरु समेटेर फोरम गठन गरिएको छ। जसमा सल्लाहकारहरुमा चन्द्रका राई, पबिता राई, असली लिम्बु, युगमाया राना, सरस्वती घिस...

हङकङबासीको आफ्नै कथा हो “बाउण्डलेस लभ”

“तिमीलाई हङकङ पुर्यायो आई.डी. कार्डैले, मलाई एक्लो बनायो तिम्रो आई.डी.ले...” एकताका खुबै चर्चित सत्यकला राईको यो गीत नगुनगुनाउँने सायदै होलान । हुन पनि हङकङ आई.डी.ले सबै परिवारहरुलाई जोड्ने काम मात्रै नगरेर कतिलाई बिछोड बनाएको घटनाहरु पनि नभएका होइनन् । हङकङ आई.डी.को कारणले गर्दा घर परिवारका सदस्य र प्रेमी प्रेमिकाहरु नेपाल र हङकङमा रहँदा एकले अर्कालाई बिर्सदै जानु, मन मुटाब हुनु र बिछोड हुनु त स...