मनिष लिम्बु र प्रिया गुरुङ बने मिस्टर तथा मिस हङकङ नेपाल –२०१८

२६ डिसेम्बर, हङकङ– मिस्टर हङकङ नेपाल २०१८ उपाधी मनिष लिम्बुले हाता पारे भने मिस हङकङ नेपाल २०१८ को ताज प्रिया गुरुङले पहिरिन सफल भईन् । याउ मा तेई कम्युनिटी हलमा मिस नेपाल हङकङ सोसाइटी तथा हङकङ नेपाल बडीबिल्डिङ एशोसिएनद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मिस्टर हङकङ तर्फ वेष्ट पोजको उपाधी साहित मनिष लिम्बु मिस्टर हङकङ नेपाल २०१८ घोषित भए भने चन्द्र कुमार सुनुवार र रिथ विक्रम मल्ल क्रमशः फष्ट र...

हङकङमा चासोक तङ्नामको रौनक

२५ डिसेम्बर, हङकङ– यले सम्वत ५०७८ को अवसरमा किरातहरुको महान राष्ट्रिय चाड उधौलीलाई किरात याक्थुङ चुम्लुङ हङकङद्धारा मंकिहिलमा चासोक तङनाम २०७५ को रुपमा भव्यताका साथ मनायो । चुम्लुङकी अध्यक्ष कमल कुमारी वनेम (असली) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लिम्बु समुदायका बयोबृद्ध अविभावक बुद्धमाया चेम्जोङ नेम्वाङ रहेकी थिइन भने हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, आदिवासी जनजाजाति मह...

मिस र मिस्टर हङकङ नेपाल २०१८ को तयारी पूरा

१७ डिसेम्बर, हङकङ– मिस हङकङ नेपाल २०१८ र मिस्टर हङकङ नेपाल २०१८ को तयारी पुरा भएको पत्रकार सम्मेन मार्फत आयोजकले बताएको छ । २६ डिसेम्बर २०१८, बुधबार साँझ याउ मा तेई कम्युनिटी हलमा एकैसाथ आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा मिस हङकङ नेपालका लागि ७ जना र मिस्टर हङकङ नेपालका लागि ५ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् । मिस नेपाल हङकङ सोसाइटी तथा हङकङ नेपाल बडीबिल्डिङ एशोसिएनका अध्यक्ष लोकराज...

किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न

२५ नोभेम्बर, हङकङ– किरात याक्खा छुम्मा हङकङद्धारा बलिहाङ तङनामको उपलक्ष्यमा मंकहिलमा “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१८” सम्पन्न गर्यो । याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ हङकङकी उपाध्यक्ष कविता थापामगर रहेकी थिइन् । त्यस्तै गरि विशेष अतिथिहरूमा अन्य ३ किराती संस्थाका अध्यक्षहरु क्रमशः किरात राई...

एक्सन नायक राज कुमार राई “द कमाण्डो” पछि अर्को चलचित्रमा खेल्दै

२५ नोभेम्बर, हङकङ– पहिलो चलचित्र “द कमाण्डो” बाटै दर्शकहरुको भारी प्रशंसा बटुल्न सफल एक्सन नायक राज कुमार राईले २०१९ भित्रमा अर्को एक्सन नेपाली चलचित्र दर्शकहरु माझ ल्याउँने भएका छन् । आइतबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी सार्वजनिक गरेका हुन । मुख्य भूमिका आफ्नै रहने उक्त एक्सन चलचित्रको सबै पक्ष बलिउड र हलिउडको भन्दा कम नरहने बताउँदै निर्माण कार्यमा...

हङकङमा “थात्थलो” को ग्राण्ड प्रिमियर शो

१८ नोभेम्बर, हङकङ– नेपाली कथानक चलचित्र “थात्थलो” को ग्राण्ड प्रिमियर शो दर्शकहरुको बाकुलो उपस्थिति बीच याउ मा तेई कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भयो । ऐतिहासिक मेन्छयायेम डाँडाको संरक्षण सहयोगार्थ ग्राण्ड प्रिमियर शोका लागि उक्त चलचित्रका नायक कन्चन थलङ नेपालबाट आएका थिए । त्यस्तै गरी हङकङबासी उक्त चलचित्रका निर्माता तथा कलाकारद्धय किशोर कुमार लिम्बु र सिता कुमारी तुम्बापोको समेत उक्त कार्य...

दाजु गुरुङले फुलाए हङकङमा “टाँकीका फूलहरु”

१८ नोभेम्बर, हङकङ– हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी “दाजु गुरुङ” को प्रथम कथा संग्रह “टाँकीका फूलहरु” विमोचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ, स्रष्टा दाजु गुरुङ त्यस्तै गरि अन्य अतिथिहरु हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राई, साहित...

लंघाली कल्याण समाज हङकङले सम्पन्न गर्यो देउसी भैलो कार्यक्रम

बगैंचा सम्बाददाता हङकङ ११ नोभेम्बर २०१८ आईतबार लंघाली कल्याण समाज हङकङले जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा नेपालीहरूको महान चाड तिहारको उपलक्षमा देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष हर्क राना मगरको अध्यक्षता तथा हङकङ नेपाली महासंघका अध्यक्ष टंकरानाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

११ नोभेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ३ जना ब्लाक बेल्ट सेकेण्ड डान, १२ जना ब्लाक बेल्ट फष्ट डान सहित २४५ जना कलर बेल्टका खेलाडीहरु सहभागी । सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्...

संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

११ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०१८” मंकिहिलमा सम्पन्न गर्यो । समाजका अध्यक्ष टोपबहादुर याक्खाको सभापतित्वमा सम्पन्न छोटो औपचारिक कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना रहेका थिए भने विशेष अतिथिहरुमा अध्ययन तथा अनुसन्धानका क...

सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न

१० नोभेम्बर, हङकङ– सुनुवार समाज हङकङद्धारा बलिहाङ तिवारको उपलक्ष्यमा देउसी तथा भेटघाट कार्यक्रम–२०१८ जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न गर्यो । समाजका अध्यक्ष श्यामकर्ण सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका उपाध्यक्ष माया थुलुङ राई रहेकी थिइन । त्यस्तै गरी अन्य अतिथिहरुमा किरात याक्खा छुम्माका अध्यक्ष पूर्ण प्र...

एनआरएन हङकङ महिला फोरमको देउसी भैलो कार्यक्रम सम्पन्न

बगैंचा सम्बाददाता हङकङ गत ४ नोभेम्बर २०१८ आईतबार साँझ गैर आवासीय नेपाली संघ हङकङ (महिला फोरम)को आयोजनामा जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेशमा ‘देउसी भैलो शुभकामना आदन प्रदान कार्यक्रम’ सम्पन्न भएको छ । फोरमका संयोजक अनु राईको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष टीकादेबी गुरुङको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल ब्यापार संघ हङकङका अध्यक्ष प्रकाश पुन लगायत अ...