२४ फेब्रुअरी, हङकङ– नेपालीहरुको लगानीमा जोर्डनमा अर्को ठूलो रेष्टुरेण्ट ब्लु ओसियन रेष्टुरेण्ट एण्ड बार संचालनमा आएको छ । आइतबार नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, ब्यापार संघका अध्यक्ष प्रकाश पुन, आदिवासी जनजाती महासंघ तथा पत्रकार संघका अध्यक्ष किसन राई लगायत विभिन्न पेशा, व्यावसाय तथा संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिति बीच औपचारिक कार्यक्रम गर्दै संचालनमा ल्याइएको हो । ...
हङकङ समाचार
८२ औं साहित्य श्रृंखलामा स्व.चक्रबहादुर पालुङ्वा प्रति शोकसभा
२४ फेब्रुअरी, हङकङ– साहित्यिक श्रृंखलाका संयोजक डी.बी.पालुङ्वाका पिता पूर्व शिक्षक, साहित्यकार एवं समाजसेवी स्व. चक्रबहादुर पालुङ्वा प्रति शोकसभा तथा सृजना वाचन गर्दै ८२ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका सह–संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलाको शुरुवातमै ८४ वर्षको उमेरमा ८ फेब्रुअरी २०१९ शुक्रबार असामयीक निधन भएका ...
संखुवासभा समाज हङकङको साधारण सभा सम्पन्न
१७ फेब्रुअरी, हङकङ– संखुवासभा समाज हङकङले विगत १ वर्षयता गरेका विभिन्न गतिविधी तथा समाजको कोष बारे जिल्लाबासीहरुलाई जानकारी गराउँनुका साथै आउँने दिनहरुमा समाजले गर्नु पर्ने विभिन्न रचनात्मक क्रियाकलाप तथा खेल्नु पर्ने भूमिका बारे बृहत छलफल गर्दै समाजको ‘वार्षिक साधारण–सभा तथा अन्तरक्रिया कार्यक्रम–२०१९’ कार्यक्रम सम्पन्न गर्यो । जिल्लाबासीहरुको बाकुलो उपस्थिति रहेको प्रथम चरणको कार्यक्रममा समाजक...
हङकङमा ब्याडमिन्टन उपाधी ईन्द्र/सुरेश तथा बज्र/डम्बरको कब्जामा
चिनिया नयाँ बर्षको अवशरमा ब्याडमिन्टन खाल्डो ग्रुपले आफ्नो सदस्यहरु सहभागी गराएर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। चिनियाँ नया बर्षको पहिलो दिन फेब्रुअरी ५ तारिकका दिन काउलुन पार्कको गहिरामा रहेको खुल्ला ब्याडमिन्टन कोर्टमा सो प्रतियोगिता सम्पन्न गरिएको थियो। मेन्स डबल्स ए, मेन्स डबल्स बी, मिक्स डबल्स र वुमेन्स डबल्स गरी ४ डिभिजनमा खेलाएको प्रतियोगितामा मेन्स डबल्सतर्फ शान्तवीर राई र अनिल...
किरात बान्तावा यायोक्ला खिम हङकङ बृहत भेला तथा भेटघाट कार्यक्रम सम्पन्न
बगैंचा सम्बाददाता हङकङ ३ फेब्रवरी २०१९ आईतबार मंकिहिलमा किरात बान्तावा यायोक्ला खिम हङकङले किराती नयां बर्ष ५०७९ को अवसर पारेर बृहद बान्तावा भेला आयोजना गरि हर्षोल्लाकासाथ शुभकामना आदन प्रदान कार्यक्रम सानदारकासाथ सम्पन्न गरेको छ । समाजका अध्यक्ष दुर्गाकान्त राईको अध्यक्षता तथा किरात राई यायोक्खा हङकङका उपाध्यक्ष चन्द्रका राईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा किरात राई चाम्लिङ...
हङकङमा तेस्रो पटक गुञ्जिइन गायिका तायाहाङमा राई
२७ जनवरी, हङकङ– पप आधुनिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी सुमधुर श्वरकी धनि गायिका तायाहाङमा राईको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा हारमोनियम, तबला र गिटारको साथमा ‘पोहोर साल...’, ‘कसरी म भुले...’, ‘फूललाई सोधे...’, ‘उकाली ओरालीहरुमा...’ लगायतका आधा दर्जन गीतहरु पस्किदा डुएट गीतहरुमा भने दिनेश सुब्बा र टोपराज तामाङले साथ दिएका थिए । बाक्सिला बजा...
हङकङको साहित्य श्रृंखलामा फूल्यो बेलायती ‘लाहुरेनी फूल’
२७ जनवरी, हङकङ– बेलायत निवासी लेखिका सुष्मा रुपाबुङ राईको उपन्यास ‘लाहुरेनी फूल’ सार्वजनिक, समीक्षा तथा सृजना वाचन गर्दै ८१ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षतामा जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न उक्त श्रृंखलामा श्रृंखलाका संयोजक डी.बी. पालुङवा, संरक्षकद्धय दाजु गुरुङ र टंक सम्बाहाम्फे, सल्लाहकारद्धय बज्र कुमार राई र लालबहादुर...
हङकङका ४ किरातले येले संवत ५०७९ एकसाथ मनाए
२६ जनवरी, हङकङ– किरात येले संवत ५०७९ (येले दुङ, येले तङ्बे, येले थोचे, येले नामसाम¬) को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान सम्पन्न गर्यो । नयाँ येले संवत ५०७९ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साक...
अब कम झन्जट मै हङकङ सरकारबाट चार हजार डलर लिन सकिने
हङकङ सरकारले "केयरिङ एन्ड सेयरिङ स्किम" अन्तर्गत २८ लाख हङकङबासीले चार हजार डलर प्राप्त गर्नका निम्ति निबेदन दिदा बुझाउनु पर्ने झन्जटिलो प्रक्रियाको व्यापक आलोचना भए पछि मुख्य सचिव म्याथ्यु चेउङले प्रकृया सहज बनाउन मागिएको बसोबास ठेगानाको प्रमाण "एड्रेस प्रुफ" बुझाउन नपर्ने भएको छ। साथै बैक खाता नहुनेहरुलाई चेक मार्फत भुक्तान गरिने जानकारी गराएको छ। झन्जटिलो प्रक्रिया भनी निबेदक, जिल्ला पार्षद तथा...
धरान १७ हाइक २०१९ द्धारा अल्ट्रा रनर सिर्जना राईलाई आर्थिक सहयोग
२० जनवरी, हङकङ– धरान १७ समाज हङकङले ‘धरान १७ हाइक २०१९’ मार्फत अल्ट्र रनर सिर्जना राईलाई सम्मान गर्दै नगद हङकङ डलर ५ हजार ६ डलर आर्थिक सहयोग प्रदान गर्यो । ‘हाइक फर हेल्थ’ नाराका साथ चुनमुन स्थित गोल्ड कोष्टबाट शुरु भई म्याक्लोस ट्रेल सेक्सन १० अन्तर्गत करिब ४ घण्टा अवधीको दुरीमा गरिएको प्रथम पारिवारीक हाकिङमा ५०–६० का हाराहारीमा धरान १७ वडाबासीका साथै गोर्खा ट्रेलब्लेजरमा सहभागी हुन नेपालबाट आएक...
अल्ट्रा रनर सिर्जना राई संखुवासभा समाज हङकङद्धारा सम्मानित
१८ जनवरी, हङकङ– संखुवासभा जिल्लाबासी उदयीमान अल्ट्रा रनर सिर्जना राईलाई संखुवासभा समाज हङकङद्धारा आर्थिक सहयोग संगै सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित उक्त सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष टोपबहादुर याक्खाले गरेका थिए भने समाजका सल्लाहकार एवं ज्येष्ठ नागरिक लालबहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । गोर्खा ट्रेलब्लेज...
भद्रकला एकल साँझमा राजेशले नचाँए सोनिकाले हसाईन
१३ जनवरी, हङकङ– बिरामीद्धय नितेस लिम्बु र सविता मिजारको उपचार सहयोगार्थ आयोजित ‘भद्रकला एकल साँझ–२०१९’ मा राजेश पायल राईले दर्शकहरुलाई नचाए भने डान्सर सोनिका रोकायाले नृत्य संगै दर्शकहरुलाई हसाउँनु हसाए । युवा पुस्ताका चर्चित संगीतकार तथा गायक बादल लिम्बुले ‘माया तिमी बिना...’, ‘ए माया सुनन...’ लगायत आधा दर्जन आङबुहाङद्धारा रचित गीतहरु गाएका थिए भने नायिका मरिस्का पोख्रेल सुन्दर नृत्य प्रस्तुत गर...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 28
- Next Page »













