आदिवासी झङ्कारमा विभिन्न जातिय झाँकी प्रदर्शन

४ नोभेम्बर, हङकङ– विभिन्न जातिय झाँकीहरुसंगै काउली बुढी (सन्ध्या बुढा) र फुलन्देको बाउ (मौषम लिम्बु) को प्रस्तुतीका साथ आदिवासी झङ्कार सम्पन्न भयो । नेपाल आदिवासी जनजाती महासंघ हङकङद्धारा याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा संघमा आवद्ध किरात याक्थुम चुम्लुङले केलाङ, किरात राई यायोक्खाले साकेला शिली, किरात याक्खा छुम्माले डोकेनी लाक, सुनुवार समाजले ष्याँदर शिली, नेवार समाजद्धारा लाखे...

सी.एस.टी.एन.डान्स कम्पिटिशनको उपाधी सिजस्मी गुरुङलाई

२८ अक्टुबर, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा आयोजित नेपाली बालबालीकाहरु बीचको खुल्ला डान्स कम्पिटिशनको प्रथम उपाधी सिजस्मी गुरुङले हात पारिन । २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतिष्पर्धामा कस्मिना गुरुङले दृतिय, आयुष्मा राईले तृतिय र प्रतिक्षा गुरुङले वेष्ट स्टेज पर्फमरको ट्रफी हाता पारे ।...

डी.ए.बी. द्धारा दशैको शुभकामना आदनप्रदान कार्यक्रम

२८ अक्टुबर, हङकङ– हङकङको सबै भन्दा ठूलो राजनीतिक पार्टी डोमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट (डी.ए.बी) ले नेपाली समुदायको लागि दशैको अवशरमा दिवा भोज सहितको भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गर्यो । हङकङमा रहेका नेपाली समुदायका अग्रज, बुद्धिजिवी तथा विभिन्न संघ संस्थाहरुमा आवद्ध समाजसेवीहरुलाई विशेष निमन्त्रणा गरेर आयोजना गरिएको उक्त कार्यक्रममा डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, एलेक्स प...

७८ औं साहित्य श्रृंखलामा सुनिइन नेपालकी कवि कल्पना काफ्ले

२८ अक्टुबर, हङकङ–  कवि कल्पना काफ्लेसंगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७८ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । नेपाल वायुसेवा निगमको जागिरकै शिलशिलामा केही दिनका लागि नेपालबाट हङकङ आइपुगेकी कवि काफ्लेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै एक–आपसमा परिचयात्...

हङकङ नेपाली महासंघको अध्यक्षमा टंक राना

अक्टुबर ७, हङकङ– टंक रानाको अध्यक्षतामा ५ सदस्सीय कार्य समिति चयन गर्दै हङकङ नेपाली महासंघको १० औं महाधिवेशनद्धारा सम्पन्न भयो । याउ मा तेई कम्युनिटी हलमा सम्पन्न उक्त अधिवेशनद्धारा अध्यक्षमा टंक राना, उपाध्यक्षमा लोक आङबुहाङ, महासचिवमा नविन सुहाङ, सचिवमा भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन भएका हुन । महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न प्रथम चरणको खुल्लासत्र कार्यक्...

किरात मुन्धुम (सेमाङिजम–साङ) माथि अन्तरक्रिया

९ सेप्टेम्बर, हङकङ– हङकङबासी किरातहरु बीच किरात मुन्धुम, मुक्दुम, मुन्थुम, मुन्दुम (सेमाङिजम–साङ) भित्रको सारतत्व बारे अन्तर विमर्श कार्यक्रम सम्पन्न भयो । साहित्यकार एवं किरात संस्कृतिविध अतित मुखियाको प्रकाशोन्मुख खोजमुलक पुस्तक ‘किरात (सेमाङिजम–साङ)’ मुन्धुममा रहने मुन्धुमी प्रकृया एवं दर्शनमा आधारित रहेर गरिएको उक्त अन्तरक्रियामा सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवार, सल्लाहकारद्धय नर...

बालबालिकाहरुको तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१ सेप्टेम्बर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको थर्ड बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा कलर बेल्टका डेढ दर्जन प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्स...

७६ औं साहित्य श्रृंखलामा स्व.मनुजबाबु मिश्र प्रति शोकसभा

       २६ अगष्ट, हङकङ–  चर्चित चित्रकार तथा साहित्यकार स्व.मनुजबाबु मिश्र प्रति शोकसभा संगै सृजना वाचन तथा समीक्षा गर्दै ७६ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा हङकङबासी चित्रकार तथा साहित्यकार दिपेन्द्र राईद्धारा चित्रित ८ अगष्ट, बुधबार बिहान ८३ वर...

प्रथम कृष्णबहादुर लिंखा मेमोरियल कप–२०१८ को उपाधी एसीई फुटबल क्लबलाई

१९ अगष्ट, हङकङ– प्रथम कृष्णबहादुर लिंखा मेमोरियल कप–२०१८ को उपाधी एसीई फुटबल क्लबले हाता पारेको छ । स्व.कृष्णबहादुर लिंखाको स्मृतिमा पहिलो पटक आयोजित उक्त फुटबल कपका विजेता एसीई फुटबल क्लबले आकर्षक प्रथम ट्रफी तथा मेडलसंगै नगद पुरस्कार हङकङ डलर नौ हजार हाता पार्न सफल भयो । ओपन डिभिजन तर्फ १३ र भेट्रान तर्फ ४ गरी जम्मा १७ वटा नेपाली फुटबल क्लबहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा जोर्डन फु...

हङकङमा बान्तावा राईको नेतृत्वमा चुनिए दुर्गाकान्त

गत आईतवार किलिनचुङ युनलोङ स्थित राईहरुको आस्थाको पबित्र स्थल चुलाघर सुप्तुलुङ खिम मा किराँत राई यायोख्खा अन्तर्गतको भाषिक सस्था बान्तावा यायोक्लाखिम हङकङको तेस्रो अधिबेसनले दुर्गाकान्त राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।       बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचीव, सह-सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमशःधिराज बान्तावा, बिक्रम राई, गजेन्द्र राई, दिपेन्द्र र...

मकाउमा देखाए नेपालीले बहादुरी, मकाउ प्रहरीद्धारा सम्मान

५ अगष्ट, हङकङ– गत आइतबार मकाउमा सेक्युरिटी गार्डको रुपमा कार्यरत रामबहादुर केसीले देखाएको बहादुरीको चौतर्फी तारिफ भएको छ । हरियारधारी लुटेराले गरेको लुटपाटबाट स्थानिय चाइनिज महिलाहरुलाई बचाउँन सफल राम बहादुर केसीको बहादुरीलाई मकाउ प्रहरीले समेत सम्मान गरिसकेको छ । विभिन्न नेपाली मिडियाका साथै स्थानिय चाइनिज तथा अंग्रेजी छापा तथा टी.भी. समाचारहरुले समेत लुटपाटको घटनामा नेपालीले देखाएको बहादुरीको स...

हङकङमा ‘चट्याङ बाँचेको मान्छे’

५ अगष्ट, हङकङ– दार्जिलिङ निवासी कवि तथा गीतकार स्व.नरदेन रुम्बाको बारेमा निर्मित वृत्तचित्र ‘चट्याङ बाँचेको मान्छे’ लोकार्पण कार्यक्रम सम्पन्न भयो । हङकङबासी कवि, साहित्यकार तथा गीत संगीतकारहरुको बाकुलो उपस्थिति बीच जोर्डन स्थित नयाँपेजको कार्यालयमा ‘चट्याङ बाँचेको मान्छे’ वृत्तचित्र लोकार्पण गर्दै प्रदर्शन गरिएको थियो । ‘फूललाई सोधे...’, ‘शुभकामना... ’, ‘बादलुको दरबारमा...’, ‘बाँच्न चाहने मान्छ...