सुनुवार समाज हङकङको अध्यक्षमा श्याम कर्ण सुनुवार

१ जुलाई, हङकङ– श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गर्दै सुनुवार समाज हङकङको ५ औं अधिवेशन जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न भयो । समाजका अध्यक्ष एल.बि. मुखियाको अध्यक्षतामा सम्पन्न पहिलो चरणको बन्दसत्र कार्यक्रमको अन्त्यमा समाजका सल्लाहकार अतीत मुखियाको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्धारा निर्बिरोध निर्वाचित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा श्य...

हङकङमा गैह्र आवाशिय नेपाली महिला फोरमको गठन

गैह्र आवाशिय नेपाली संघ हङकङले महिला संयोजक अनु राईको संयोजकत्वमा महिला फोरम गठन गरेको छ। सोमबार साझ संघकै कार्यलयमा गरिएको फोरममा ९ सल्लाहकारहरु र २२ जना सदस्यहरु चयन गरिएको हो। संघका अध्यक्ष टीका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले हङकङमा रहि विभिन्न सस्था र पेशामा संलग्न महिलाहरु समेटेर फोरम गठन गरिएको छ। जसमा सल्लाहकारहरुमा चन्द्रका राई, पबिता राई, असली लिम्बु, युगमाया राना, सरस्वती घिस...

हङकङबासीको आफ्नै कथा हो “बाउण्डलेस लभ”

“तिमीलाई हङकङ पुर्यायो आई.डी. कार्डैले, मलाई एक्लो बनायो तिम्रो आई.डी.ले...” एकताका खुबै चर्चित सत्यकला राईको यो गीत नगुनगुनाउँने सायदै होलान । हुन पनि हङकङ आई.डी.ले सबै परिवारहरुलाई जोड्ने काम मात्रै नगरेर कतिलाई बिछोड बनाएको घटनाहरु पनि नभएका होइनन् । हङकङ आई.डी.को कारणले गर्दा घर परिवारका सदस्य र प्रेमी प्रेमिकाहरु नेपाल र हङकङमा रहँदा एकले अर्कालाई बिर्सदै जानु, मन मुटाब हुनु र बिछोड हुनु त स...

टेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ हङकङमा “यारी” प्रदर्शन

२४ जुन, हङकङ– किरात राई जातीको मिथकमा आधारित चलचित्र “यारी” अर्थात “जोखना” हङकङमा सफल प्रदर्शन भयो । तेम्के तुवाचुङ प्रतिष्ठानको कोष अभिवृद्धि सहयोगार्थ प्रदर्शन गरिएको उक्त चलचित्र बारे हङकङका दर्शकहरुबाट राम्रो प्रतिकृया पाएको समेत चलचित्रका प्रस्तोता दक्ष कुमार राईले बताए । राई स्वयमले समेत उक्त चलचित्रमा अभिनय गरेका छन् । विकास र आधुनिकता नाममा केही व्यक्ति विशेषहरुको दम्भ र श्वार्थमा पहाडका...

बगैचाका स्टाफ स्व.जुलीको छोरीलाई बगैचाद्धारा आर्थिक सहयोग

२४ जुन, हङकङ – क्यान्सरबाट मृत्यु भएकी बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा कार्यरत स्व.जुलीको छोरी काजोललाई बगैचा लिमिटेड हङकङद्धारा १८ हजार १ सय ३७ डलर आर्थिक सहयोग प्रदान गर्यो । हिजो आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित एक कार्यक्रम माझ बगैचा लिमिटेडका निवर्तमान अध्यक्ष नरेश सुनुवार, बगैचा रेष्टुरेण्टकी मेनेजर तिर्थ राई लगायत बगैचाका सेयर होल्डरहरुको उपस्थ...

क्यान्सर रोगी रन्जना सुनुवारलाई हङकङबाट सहयोग

२० जुन, हङकङ – रामेछाप जिल्ला, उमाकुण्ड गाँउपालिका भुजि लेखखर्ग, रामेछाप निवासी यम बहादुर सुनुवारका १९ वर्षिय छोरी आन्द्राको क्यान्सर पीडित रञ्जना सुनुवारको उपचार सहयोगार्थ सुनुवार समाज हङकङको पहलमा संकलित २ लाख १७ हजार ७ सय ३० रुपैया –हङकङ डलर १५,५५१) क्यान्सर रोगी रञ्जनालाई हस्तान्तरण गरियो । क्यान्सर रोगी रञ्जनाको परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको हुंदा सुनुवार समाज हङकङको पहलमा ...

लिम्बु गीत पनुनुमा तरेमेनको हङकङबाट वर्ल्ड प्रिमियर (भिडियो सहित)

३ जुन, हङकङ– सिङ्गापुर प्रहरीमा कार्यरत स्रष्टाद्वय गीतकार तथा संगीतकार हाङ्पाल आङ्बुहाङको शब्द र गायक तथा संगीतकार सेमिहाङ सिङगकको संगीतमा चर्चित गायक ब्रबिम शेर्मा र गायिका सुनिता थेगिमको स्वरमा सजिएको लिम्बु गीत पनुनुमा तरेमेन...को म्युजिक भिडियो युट्युब मार्फत हङकङबाट वर्ल्ड प्रिमियर गरियो । जोर्डन स्थित चुम्लुङ हिममा उपस्थित हङकङबासी पत्रकार, गीत संगितकार, साहित्यकार एवं समाजसेवीहरु माझ किरा...

हङकङमा मनाइयो २५६२ औं बुद्ध जयन्ती

२७ मे, हङकङ– विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हङकङमा २५६२ औं बुद्ध जयन्ती मनाइयो । याउ तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रमका लागि नेपालबाट सूर्योदय बुद्ध बिहारका प्रमुख एवं नेपाल धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धका अभियन्ता भन्ते नारायण बहादुर आले तथा “बुद्ध वाज वर्न इन नेपाल” का अभियन्ता एवं चर्चित पप गायक धिरज राई आएका थिए । थाउजेण्ड बिग बुद्ध निर्माण समितिका अध्यक्ष प्रदिप थापाको ...

७३ औं साहित्य श्रृंखलामा चित्रकार भ्यान गकको जीवनी

२७ मे, हङकङ– चर्चित होल्याण्डी चित्रकार भ्यान गकको जीवनी संगै श्रृंखलाको ७ औं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७३ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । हङकङ नेपाली महासंघको वार्षिकीमा साहित्य विधामा सम्मानित तथा यस वर्षको पारिजात पुरस्कार समेत हात पार्न सफल श्रृंखलाकी सह–संयोजक सुनिता गिरीलाई स...

टेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ हङकङमा “यारी” प्रदर्शन हुदैं

२० मे, हङकङ– तेम्के तुवाचुङ प्रतिष्ठानको सहयोगार्थ किरात राईहरुको मिथकमा आधारित नेपाली चलचित्र “यारी” हङकङमा प्रदर्शन हुने भएको छ । आयोजक संस्थाले याउ मा तेई स्थित हिन्सको कार्यालयमा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २४ जुन २०१८, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा “यारी” प्रदर्शन हुनेछ । बीरबहादुर (युवराज) राईको कथा र निर्देशनका साथै छाँयाङ्कन समेत रहेको उक्त चलचित्रमा ज्योती राई, प...

हङकङमा २५ टिल सुन चोरीको अन्तरकथा

उमेरले ५ दशक कटिसकेका बलबहादुर गुरुङ (नाम परिवर्तन) ४५ लाख रुपैयाँ भन्दा बढीको सुन चोरीको घटनाले दुःखी त त्यसै थिए त्यो भन्दा पनि सुन कसरी चोरी भयो ? भन्ने प्रश्नै प्रश्नको भीडमा हराई रहेका रहेछन् । “हामी बुढा बुढी २ लाई बोल्नु भाषा आउँदैन, छोराले प्रहरी केस त गरेको छ, खै के हो के हो” उनले दुखेसो पोखे । कसै भाषा जान्ने बुझ्ने नेपाली दाजु भाइ वा समाजले चोरी केसको फलोअप गर्न छोरा बुहारीलाई सहयोग...

हङकङमा साकेला उभौलीको रौनाक

६ मे, हङकङ – किरातहरुको महान राष्ट्रिय चाड उभौलीको अवसरमा किरात राई यायोक्खा हङकङद्धारा चुला र प्रकृती पूजाका साथै धुमधामका साथ शिली नाँचेर साकेला उभौली मनायो । ३० अप्रिलका दिन यायोक्खाको सुप्तुलुङ खिम (सामुहिक चुला घर¬) मा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको साकेला उभौली चाड ६ मे आइतबारका दिन यलम्बर डाँडाँ (ताइ मो शान कन्ट्रि पार्क) मा विशाल जनसहभागिताका बीच औपचारिक कार्यक्रम तथा साकेला ...