प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधिको उपाधि,आजै साँझ स्वदेश फर्कने

काठमाडौ तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको उत्तराखण्ड पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डाक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरेको हो । इन्दिरा गान्धी मानस्थलबाट विशेष विमानमा उत्त...

क्यालिफोर्नियामा डा. गणेश योन्जन र अमृत योन्जन सम्मानित

दुई अभियन्ता डा गणेश योन्जन र अमृत योन्जनलाई अमेरिकामा सम्मानित गरे । तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले हालै एक कार्यक्रम आयोजना गरी योन्जनद्वयलाई सम्मान गरेको हो । जापानका लागि नेपालको पुर्व राजदूत डाक्टर गणेश योन्जन जनजाति आन्दोलनका अभियन्ता हुन् भने अमृत योन्जनलाई तामाङ भाषाविदका रुपमा अभियन्ता मानिन्छ । गत जनवरी १३ र १४ मा न्यूयोर्कमा सम्पन्न पहिलो उत्तर अमेरिकी तामाङ सम्मेलनमा भाग ल...

६९ औं साहित्य श्रृंखलामा “सपनाको क्षितिज” माथि चर्चा, “माइत जाने बाटो” बाट श्रृंखलालाई सहयोग

हङकङ– हङकङबासी कवि पूर्णिमा शाहको गतसाल प्रकाशित दोस्रो कविता संग्रह “सपनाको क्षितिज” माथि गहन समीक्षा तथा सृजना वाचन गर्दै जोर्डन स्थित नयाँ पेजको कार्यालयमा ६९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त श्रृंखलाको पहिलो चरणमा उपस्थित कवि तथा साहित्यकारहरु आदिवासी लेखक तथा त्रिकोण कविताका प्रवर्तक भुपेन्द्र च...

हङकङका ४ किरातले येले संवत ५०७८ एकसाथ मनाए

किरात येले संवत ५०७८ को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो । नयाँ येले संवत ५०७८ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साकेला शिली, लिम्बुले केलाङ, सुनुवारले ष्याँदर शिली...

हङकङमा किरात सुनुवार नक येले थोचे ५०७८ सम्पन्न

१४ जनवरि सुनुवार समाज हङकङले सदा झै यो साल पनि नक येले थोचे ५०७८ साथै 'समिबु पिदार' तथा भेटघाट कार्यक्रम श्याँदर पार्कमा आयोजना गरेको थियो । समाजको अघ्यक्ष एल बि सुनुवारको अध्यक्षतामा किराँत संस्कृत विद अतित मुखियाद्वारा बिधिपूर्बक कन्दमूल फलफूल प्रकृतिलाई चडाएर आदर पिदार गरि एकआपसमा नयाँ सालले सबैमा खुसि र सुख समृद्धिको शुभकामना आदानप्रदान गरि चेलीबेटीलाई टीका लगाई दक्षिणा र आशिर्वाद दिई ख...

धरान १७ समाजको ७ औं भेटघाटसंगै देउसी भैलो सम्पन्न

२५ नोभेम्बर, हङकङ– धरान १७ समाज हङकङद्धारा समाजको ७ औं भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमसंगै देउसीभैलो कार्यक्रम जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा सम्पन्न गर्यो । समाजका अध्यक्ष मधु कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बृटिश गोर्खा भू.पू.सैनिक संघ हङकङका उपाध्यक्ष खडग राई रहेका थिए । त्यस्तै गरी अन्य अतिथिहरुमा धरान हङकङ मञ्चका अध्यक्ष विष्ण...

नेपाली धावकहरुलाई हङकङमा सम्मान

गत सनिवार साझ जोर्डन स्थित कङ्गन रेस्टुरेन्टमा नेपाली अल्ट्रा ट्रैल रेसका धावकहरुलाई हङकङका नेपालीहरुले एक सम्मान कार्यक्रम गर्यो। अक्सफाम हङकङले आयोजना गरेको १०० किलोमिटरको ट्रैलरेसमा बिजय प्राप्त गरेको भोलि पल्ट उक्त सम्मान कार्यक्रम गरिएको हो। सम्मानित हुने धावकहरुको टोलि टिम नेपालमा समीर तामाङ, पुर्ण तामाङ, तिर्थ तामाङ, बेद सुनुवार र उत्तम खत्री रहेका थिए। उक्त कार्यक्रम हङकङ निबासी अल्ट्रा धा...

पानीबारे अध्ययन गर्न उर्जामन्त्रीको टोली अस्ट्रेलियामा

१० सेप्टेम्बर, एडीलेड । नेपालका उर्जामन्त्री महेन्द्रबहादुर शाही केही सांसदहरू र सरकारी कर्मचारीको टोलीसहित आइतबार अस्ट्रेलिया आइपुगेका छन् । टोलीमा एमाले अनुशासन कमिटीका नेता अमृत बोहोरासमेत छन् । आइतबार बिहान दक्षिण अस्ट्रेलियाको एडीलेड आइपुगेका मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, नेपालको व्यबस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल, सदस्यहरु अमृत बोहोरा, ताराम...

क्यानडाका नेपालीद्वारा धुर्मुस-सुन्तलीलाई १० लाखसहित सम्मान

काठमाडौं । समाजसेवामा समेत सक्रिय कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई क्यानाडावासी नेपालीले १० लाख नगदसहित सम्मान गरेका छन् । क्यानाडाको क्यालगेरीमा डाँफे स्पोर्ट्स क्लव र क्यालगोरीका यूवाहरुले निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै सम्मान गरेका हुन् । तराईमा आएको बाढीले पिडित बनेका जनताका लागि एकीकृत नमूना बस्ती निर्माणका लागि सहयोग जुटाउने सिलसिलामा धुर्मुस...

एनआरएनए यूकेको अध्यक्षमा फगामी विजयी

१० सेप्टेम्बर,बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायत (यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावमा फगामीले १२९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षका उनका प्रतिस्पर्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरे । यस्तै आईसीसी सदस्यमा शान्ति थापा कुँवरले १८०७ मत,जयप्रकाश गुरुङ १२४१ मत र कुमारी गुरुङले ११६१...

न्यूयोर्ककी बैंकरको ‘ढुकढुकीमा सुन्दरीजल’ सार्वजनिक

११ सेप्सेम्बर, न्यूयोर्क । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लक्ष्मी श्रेष्ठ पहिलो कविता संग्रहका साथ आइतबार न्यूयोर्कमा प्रस्तुत भएकी छन् । जन्मस्थान काठमाडौंको सुन्दरीजलमा केन्द्रित रहेर लेखिएको कविता संग्रह ‘ढुकढुकीमा सुन्दरीजल’ लिएर ४३ वर्षे श्रेष्ठ न्यूयोर्कमा झुल्किएकी हुन् । उनको उक्त कविता संग्रह एक समारोहबीच लोकार्पण गरिएको छ । सुरुदेखि नै साहित्यमा रुचि राख्ने ४३ वर्षे श्...

अनेसास कतारको छैटौ अधिबेशन सम्पन्न

२ सेप्टेम्बर दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेशन तथा १५२ औँ मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औँ शृङखला एकै साथ सम्पन्न भएको छ । ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको टप र्फम रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राईको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थ...