आज नेपालले बंगलादेशसँग खेल्दै…..

काठमाडौं -     भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हरायो । बंगलादेशले भुटान...

निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल…..

काठमाडौं -     बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं नि्र्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ । हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लाग...

महिला फुटबलमा फेरि निराशा, गुम्यो अवसर…..

काठमाडौं -      निकै नजिक, तर अझै टाढा । नेपाली महिला फुटबलमा यस्तो अवसर आउने जाने धेरै भइसक्यो । एक पटक महिला फुटबलमा नेपाली समर्थक फेरि निराश बनेका छन् । महत्वपूर्ण तथा निर्णायक खेलमा जित नजिक पुगेर पनि नेपालले सफलता हात पार्न सकेन । नेपाली महिला फुटबलकै भविष्य जोडिएको खेलमा उज्वेकिस्तानसँग उत्कृष्ट पुनरागमन गर्नका बाबजुत पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल महिला एसिया कपमा छनोट हुन असफल भएको छ...

नेपाल भर्सेस् उज्वेकिस्तान भविष्य निर्धारण गर्ने खेल आज…..

काठमाडौं -     ‘यो टिमले यतिका वर्षसम्म खेलिसक्यो । मैले भन्दै आएको छु, अहिलेको जस्तो टिम बन्न समय लाग्छ । अर्को ५-६ वर्ष लाग्छ । नेपाली फुटबलमा केही गर्छ भने यही टिमले गर्छ । यो टिमले रिजल्ट दिन सक्छ भन्ने सबैले देखेको छ । आशा पनि छ’ नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोटको यात्रा सुरु गर्नुअघि पूर्व कप्तान अनु लामाले यसो भनेकी थिइन् । हाम्रो लागि अहिले गोल्डे...

प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित…..

काठमाडौं -     सावित्रा भण्डारीको कप्तानी डेब्युमा ह्याट्रिक अनि १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित । नयाँ प्रतिद्वन्दी लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्दै उज्वेकिस्तानमा नेपालले एएफसी महिला एसियन कप छनोटमा आइतबार विजयी सुरुवात गरेको छ । छनोटको समूह एफको पहिलो खेलमा सानदार जितसहित १००औं अन्तर्राष्ट्रिय खेललाई पनि ऐतिहासिक बनाएको छ । यसै खेलबाट गोलमेसिन सावित्राले नेपालका लागि क...

नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी…..

काठमाडौं -      आरिफ शेखले ७८ रनको शानदार पारी खेलेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो । नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । आरिफले ९९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७८ रन बनाए । यो उनको करियरकै उच्च स्कोर हो । स्लो सुरुवात गरेका आरिफले केही समय संयमित भएर खेल्दै रन...

९ महिनापछि नेपाली फुटबलले पायो स्थायी प्रशिक्षक…..

काठमाडौं -       नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एक महिनाअघि नै म्याट रोस नेपाल आएका बेला उनी नै मुख्य प्रशिक्षक बन्ने चर्चा चलेपनि एन्फाले एक महिनापछि मात्रै आधिकारिक रुपमा उनलाई सार्वजनिक गरेको हो । यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन...

फिनिसिङमा चुक्दा नेपालको कठिन जित…..

काठमाडौं -     अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले किर्गिस्तानलाई हराउने तर कठिन हुने बताएका थिए । सोमबार दशरथ रंगशालमा नेपाल र कीर्गिस्तानको खेल पनि त्यस्तै रह्यो । ६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग ...

नेपालले पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्दै…..

काठमाडौं -     काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक खे...

विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै…..

काठमाडौं -    आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् । नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो...

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप आजदेखि, नेपालले बंगलादेशसँग खेल्दै…..

काठमाडौं -   आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ । यस विश्‍वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो न...

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने…..

काठमाडौं -    सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो । यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम...