पोर्चुगल र स्पेन अन्तिम १६ मा भिड्ने…..

काठमाडौं -     दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् । शुक्रबार विहान भएको खेलमा क्रोएसियामाथि २-१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकि स्पेनसँग भिडन्त पक्का गरेको हो । पोर्चुगलले एक गोलले पछि परेको स्थिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो । यस्तै सुपर सब गोन्कालो रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल ...

जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश…..

काठमाडौं -       चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भ...

बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश…..

काठमाडौं -      बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । जापा...

घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी…..

काठमाडौं -       फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो । पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो...

विश्वकपमा मेसीको कीर्तिमान नै कीर्तिमान…..

काठमाडौं -     लियोनल मेसी र फिफा विश्वकपको कीर्तिमान पर्याय ने बनेको छ । मेसीले विश्वकपमा जति खेल खेल्दै जान्छन् उति नै कीर्तिमान बन्दै जान्छ । मेसी कीर्तिमान तोड्नै नयाँ-नयाँ कीर्तिमान लेखाउँदै अघि बढेका छन् । यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पर्खिरहेको छ । फिफा विश्वकपको ९६ वर्षे इतिहासमा मेसीले विश्वकपमा सर्वाधिक खेल्ने खेल्ने सर्वाधिक गोल गर्ने देखि विभिन्न खालको...

गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक…..

काठमाडौं -       गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार बचाउ गरे । अमेरिकाको मेज...

विश्वकपमा क्यानडाको ऐतिहासिक जित…..

काठमाडौं -      सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त...

फिफा विश्वकप पहिलो खेलमा इंग्ल्यान्डको शानदार जित…..

काठमाडौं -      कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक-एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ । डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दै इंग्ल्यान्डले जित हात पारेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिल...

२–० गोलले मेक्सिकोको विजयी सुरुवात…..

काठमाडौं -      फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक-एक गोल गरे । दुई गोल भएको खेलमा ब्र...

अमेरिकामा विश्वकपको पहिलो खेल प्रभावित हुनसक्ने…..

काठमाडौं -      फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि आयोजक राष्ट्र अमेरिकाका लागि चिन्ताजनक खबर आएको छ । लस एन्जलसस्थित विश्वकपका खेल हुने स्टेडियमका करिब २ हजार आतिथ्य (हस्पिटालिटी) क्षेत्रका कामदारले हड्तालमा जाने पक्षमा मतदान गरेका छन् । ५.५ अर्ब डलर लागतमा बनेको सोफी स्टेडियममा विश्वकपका आठ खेल आयोजना हुनेछन् । फिफाको नियमअनुसार प्रतियोगिताका क्रममा यसलाई ‘लस एन्जलस स्टेडियम’ नामले चिनिनेछ ।...

ओमानलाई हराउँदै नेपाल फाइनलमा…..

काठमाडौं -     सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्‍यो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रन...

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा…..

काठमाडौं -      नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् । रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू पुगेका थिए । ‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र र...