यस्ता छन् फिफा विश्वकपको सेमिफाइनल पुगेका चार महारथी…..

काठमाडौं -      ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित निकाल्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१...

विश्वकपको सेमिफाइनलमा फ्रान्स भर्सेस स्पेन, इंग्ल्यान्ड भर्सेस अर्जेन्टिना…..

काठमाडौं -       फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् । इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विज...

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा…..

काठमाडौं -    स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्‍याए । ८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा निय...

एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनलमा…..

काठमाडौं -      कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार विहान भएको पहिलो क्वाटरफाइनलमा एमबाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरेपनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विजेता तथा साविक उपवि...

पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश…..

काठमाडौं -      एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो । नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ ...

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश….

काठमाडौं -      पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो । खेल...

ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे क्वाटरफाइनलमा प्रवेश…..

काठमाडौं -       एर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो प...

मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश…..

काठमाडौं -       सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको अ...

केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा…..

काठमाडौं -      साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।  मियामी स्टेडियममा भएकाे खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो । २९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता ...

पोर्चुगल र स्पेन अन्तिम १६ मा भिड्ने…..

काठमाडौं -     दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् । शुक्रबार विहान भएको खेलमा क्रोएसियामाथि २-१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकि स्पेनसँग भिडन्त पक्का गरेको हो । पोर्चुगलले एक गोलले पछि परेको स्थिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो । यस्तै सुपर सब गोन्कालो रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल ...

जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश…..

काठमाडौं -       चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भ...

बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश…..

काठमाडौं -      बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । जापा...