एकदिवसीय विश्वकपका लागि नेपाल छनोट…..

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्था...

यूएईमाथि सानदार जितसँगै नेपाल यू–१९ विश्वकपमा…..

काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रे...

फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि…..

काठमाडौं- फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।  सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोल...

विश्वकप फुटबलको फाइनल खेल आज…..

काठमाडौं, जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८:४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थि...

विश्वकप २०२२ मा अर्जेन्टिनी जितका मोडहरू…..

दोहा — फुटबलमा धेरै कथा मैदानबाहिरै कोरिन्छन्, बिट मार्ने काम मैदानभित्रको प्रतिस्पधाले गर्छ । विश्वकप २०२२ मा शुक्रबार अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको कथा अलि फरक रह्यो । भिन्न भयो । अर्जेन्टिनाले २–० को अग्रता लिएर पनि इन्ज्युरी समयको केही सेकेन्ड सम्हािलन नसक्दा सेमिफाइन्ल पुग्न पेनाल्टी सुटआउट नै पर्खिनुपर्‍यो । गोल, अग्रता र बराबरीको रोमाञ्च त थियो नै । टचलाइनमा प्रशिक्षकको तनाव, बे...

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश…..

काठमाडौं -    अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए । मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्ट...

विश्वकपमा आजबाट नकआउट चरणका खेलहरू हुने…..

काठमाडौं -    विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता ब...

विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज…..

काठमाडौं-     विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घानाले उरुग्वेको सामना गर्नेछ । आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । यस समूहबाट पोर...

अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित २–०…..

काठमाडौं -     विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो । लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए । खेलको ८७ औं मिनेटमा फर्नान्डे...

फिफा विश्वकप फुटबलमा फ्रान्सको विजयी सुरुवात…..

एजेन्सी-   ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । खेलमा लिएको सुरुवाती अग्रता जोगाउ...

विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात…..

कतार-     विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे । भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए । खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गो...

फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि सुरु…..

काठमाडौं-     फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुन...