क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ४ विकेटले विजय…..

काठमाडौँ — अनिल शाहको कीर्तिमानी अर्धशतक, कप्तान रोहित पौडेल र देव खनालको शतकीय साझेदारीमा नेपालले शनिबार क्यानडाविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटको विजय हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखला २–० को अविजित अग्रतासाथ जितेको छ । अनिलले १९ बलमै अर्धशतक तथा रोहित र देवले तेस्रो विकेटमा १ सय ५० रनको साझेदारी गरेपछि नेपालले २ सय ८६ रनको लक्ष्य ४५.१ ओभरभित्र २ सय ८७ रन बन...

क्रिकेट टोलीलाई क्यानले ५० लाख पुरस्कारले सम्मानित गर्ने…..

काठमाडौँ — आईसीसी ट्वान्टी-२० विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रूपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहनस्वरूप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्...

विश्वकप प्रारम्भिक चरण छनोट, लाओसविरुद्ध नेपाल…..

काठमाडौँ — ‘मैले चाहेअनुसारको टिम बनेको छ । मैले धेरै बोल्नु हुन्न । टिमले मैदानमा खेलेर देखाउनेछ । फुटबलमा यत्तिको सुन्नमा पनि मज्जा आउने हुन्छ । धेरै आत्मविश्वासी भएन र ? सायद हो नै । यो भनाइ हो, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको । विश्वकप प्रारम्भिक छनोटको पहिलो लेगमा नेपालले बिहीबार दशरथ रंगशालामा लाओसको सामना गर्न लागेको हो । फेरि एकपल्ट विश्वकप छनोटको मा...

१९औं एसियाली खेलकुद आजदेखि, नेपालले २९ खेलमा भाग लिँदै…..

हाङचउ — एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनिय...

महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई…..

काठमाडौँ — इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गर...

अब नेपालले सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने…..

काठमाडौँ — क्रिकेटका नेपाली फ्यानको उत्सुकता बढाउँदै दुई दिन चल्यो– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल । नेपालले सोमबारै विपक्षी यूएईको ९ विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो । र, मंगलबार ७ विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ । ३१ ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियनमात्र बनेन, सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्...

‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’

प्रसंग र अनुभूति.... ‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’ २१ मार्च २०२३ आईतबार नेपालका चर्चित अल्ट्रा धाविक सुनमाया बुढासँग संयोगबस भेट हुन पुग्यो। यो अवसर चाही खेलप्रेमी जुडो र इकेदो मास्टर नविन सुनुवारले जुटाएका थिएँ । सुनमाया ५० कि.मि. दुरिको द नर्थ फेस अल्ट्रा ट्रेल रनमा भाग लिन हङकङ आएकी थिईन । २०२३ मार्च ११ तारिक शनिवार सम्पन्न उक्...

सुनमायाले जितिन ‘गोल्डेन १०० हङकङ ३० किमि’ ट्रेल रेस

१ अप्रिल २०२३ हङकङ । अप्रिल १ आईतबार सम्पन्न भएको ‘२०२३ गोल्डेन १०० हङकङ ३० किलोमिटर‘ ट्रेल रेसमा सुनुमाया बुढा बिजयी भएकी छिन् । हङकङ समय बिहान ९ बजे शुरू भएर १२ बजेर ९ मिनेट ५६ सेकेन्ड हुँदा ३ घण्टा ९ मिनेट ५६ सेकेण्डमा उनले तोकिएको दुरि पार गरेकि थिईन । ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित उक्त ट्रेल रेस प्रतियोगिता हङकङको हक ताउ बाट शुरू भएर हक ताउमा नै समाप्त भएको थियो । प्रतियोगित...

गोल्डेन १०० हङकङ अल्ट्रा ट्रेल रेसमा सुनमाया बुढा सहभागि हुने…

२९ मार्च २०२३ हङकङ, द नर्थफेस एडभान्चर टिममा अनुबन्ध भएकी सुनमाया बुढाले गत मार्च ११ मा हङकङमा सम्पन्न भएको ५० किलोमिटर दुरिको द नर्थ फेस अल्ट्रा ट्रेल रन प्रतियोगितामा नयाँ किर्तिमानि सहित विजय प्राप्त गरि सकेकी छिन । अगामी अप्रिल ३१ मा हुन गईरहेको कोरिया नोर्थ फेस ट्रेल रेसमा भाग लिन प्रतिक्षामा रहेकी सुनुमायाले अप्रिल १ मा हुनगईरहेको ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित ‘२०२३ गोल्डेन...

एकदिवसीय विश्वकपका लागि नेपाल छनोट…..

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्था...

यूएईमाथि सानदार जितसँगै नेपाल यू–१९ विश्वकपमा…..

काठमाडौँ — क्रिकेटमा उमेर समूहको सफलता । बिहीबार एसिया विजेता बनेसँगै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यस पटकको यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हो । अन्य चार राष्ट्रको छनोट प्रतियोगितापछि मात्र यू–१९ विश्वकप खेल्ने १६ राष्ट्रको टुंगो लाग्नेछ । टेस्ट मान्यताप्राप्त राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रे...

फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि…..

काठमाडौं- फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।  सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो । लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोल...