मलेसियामाथि विजयसहित नेपाल फाइनलतर्फ…..

काठमाडौँ — आसिफ शेखले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा बुधबार मलेसियामाथि ६ विकेटको सहज विजय हात पारेको छ । नेपालले १ सय १५ रनको लक्ष्य ६.२ ओभर अगाडि नै पुरा गर्‍यो । आसिफले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको दोस्रो अर्धशतक हो । गत वर्ष नेदरल्यान्ड्सविरुद्धको खेलबाट डेब्यु ...

आज यूएईमाथि जित हात पारेमा नेपाल ट्वान्टी–२० विश्वकपमा पुग्नेछ…..

काठमाडौँ — नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ । नौ वर्षअघि हङकङविरुद्ध यूएईमा भएको खेलले नेपाललाई ट्वान्टी–२० विश्वकप...

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा शीतकालीन ओलम्पिक खेलकुद खुला भएको घोषणा

४ फेब्रुअरी २०२२ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार राति बेइजिङको नेशनल स्टेडियममा २४औँ शीतकालीन ओलम्पिक खेलकुद उद्घाटनको घोषणा गर्नु भयो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले पनि उद्घाटन समारोहमा बोल्दै विश्वभरका मानिसहरूलाई धन्यवाद दिनुभयो जसले विश्वव्यापी महामारी जारी रहेको बेला "कर्तव्य भन्दा बाहिर" गएको बताए। बाचले कसरी ओलम्पिकले "महकांक्षा, साहस र बल" लाई हाइलाइट गर...

मौरिससमाथि नेपालले १-० को जित, गोलभन्दा कार्डको वर्षा…..

काठमाडौं, तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो ।  १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । नवीन गुरुङले प्रहार गरे...

भारतमाथि पाकिस्तानको शानदार जीत…..

काठमाडौं, टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का...

नेपाललाई हराउन कठिन छ : भारत…..

काठमाडौँ, भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाललाई हराउन कठिन भएको बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलअघि आयोजिन प्रेस कन्फरेन्समा उनले नेपाल कडा प्रतिस्पर्धी भएकाले फाइनल खेल सहज नहुने बताएका हुन्। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश शुक्रबारको प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए। 'फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ। के...

एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरियो नेपाल…..

काठमाडौं, बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो ...

पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल…..

काठमाडौं, नेपालले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा पपुवान्यसगिनीमाथि दुई विकेटको संघर्षपूर्ण जीत हासिल गरेको छ । पुपुवान्युगिनीले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । पपुवा न्युगिनीले अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई...

ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा…..

काठमाडौं, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । ...

आर्सनलमाथि सिटीको गोल वर्षा…..

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० को शानदार जीत हासिल गरेको छ । यो सिजन जीतविहीन रहेको आर्सनलको यो लगातार तेस्रो हार हो । शनिबार भएको खेलमा आर्सनल खेलको सातौँ मिनेटमा नै पछि परेको थियो । ग्याब्रियल जिसुसको पासमा इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । १२ मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० ...

नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने…..

काठमाडौं, एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने…..

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरम...