र्इन्टरनेसनल क्योकिसीनकार्इ करातेको उपाधि रितु घरानलार्इ

काठमाडौ ललितपुर लेलेकी रितु घरानले र्इन्टरनेसनल क्योकिसीनकार्इ करातेको उपाधि हात पारेकी छिन् । गोदावरी नगरपालिका ११ बज्रबाराही चाँपागाउमा र्इन्टरनेसनल क्योकिसीनकार्इ कराते एसोसिएसन ललितपुर क्षेत्र नं. १ द्धारा पहिलो पटक आयोजित २ दिने कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १३ जिल्लाबाट ८७ खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिता ५ विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्ध...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१८ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ३६ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट साम सेई पु स्थित पेइ हो स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा आइतबार क्लासका ५ जना ब्लाक बेल्ट सेकेण्ड डान, ११ जना ब्लाक बेल्ट फष्ट डान सहित २६१ जना कलर बेल्टका खेलाडीहरु सहभागी । सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण...

नेपालले पहिलो पटक एकदिवसीय मान्यता

काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत हिजाे भएकाे खेलमा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ, सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यताबाट बन्चित भएको छ । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने ...

बल र ब्याट दुवैमा दीपेन्द्र चम्किएपछि नेपाल ६ विकेटले विजयी………

चैत १, २०७४    काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । नेपालले २३ ओभरमा पपुवा न्युगिनीले प्रस्तुत गरेको लक्ष्य भेट्यायो ।  दीपेन्द्रले खेलमा चार विकेट लिनका साथै नेपालको टोली संकटमा रहेको बेला ५० रनको योगदान दिए ।  ऐरीले ५८ बलमा अर्धशतक बनाए । उनलाई आरिफ शेख र कप्तान पारस खड्काले रा...

हङकङलाई हराउनै पर्ने दबावमा नेपाल………..

२८ फागुन, काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । लगातार तीन खेल हारेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ ।  नेपालले यो खेल जितेमा ओडीआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्नैपर्ने हुन्...

नेपालले अफगानिस्तानको सामना गर्दै……..

२६ फागुन २०७४,    काठमाडौं – जिम्बाब्वेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटको तेस्रो खेलमा शनिबार (आज) नेपालले अफगानिस्तानको सामना गर्दैछ। बुलाबायोको एथ्लेटिक क्लबको मैदानमा १ः१५ बाट सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।  अघिल्ला २ खेलमा हार ब्यहोरेको नेपाललाई अफगानिस्तानविरुद्ध प्रतियोगिताको तेस्रो खेल खेल्दा सुपर सिक्सको प्रारम्भिक लक्ष्य हासिल गर्ने झिनो आशा कायम राख्न प...

जिम्वाबेविरुद्ध नेपाल………..

२० फागुन, काठमाडौं । आगामी केही दिन नेपाली क्रिकेटका लागि अत्याधिक महत्वपूर्ण हुनेछन् । राम्रो खेले वान डे स्टाटस पाउनेदेखि विश्वकप खेल्नेसम्मका सम्भावना छन्, अन्यथा अर्को एउटा सुवर्ण अवसर खेर जानेछ । नेपालले विश्वकप छनोट चार वर्षअघि पनि खेलेको हो । त्यसैले यहाँ पुग्नु नै नयाँ इतिहास होइन । तर, सुपर सिक्समा पुगेर नयाँ इतिहास रच्ने अवसर छ । तर, यसका लागि नेपालले आफ्नो उच्चतम क्षमतामा प्रदर्शन गर्नै...

विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स………..

११ फागुन, काठमाडौं ।  विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ । दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ । प्रशिक्षक जगत टमाटाले विश्वकप...

नेपाली क्रिकेट टोलीलाई जनही ४ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई ३ लाख दिने भएको छ। क्रिकेट टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा ...

डिभिजन टूको उपाधि यूएईलाई, नेपाल ७ रनले पराजित

काठमाडौं वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधि यूएईले जितेको छ । हिजो भएको डिभिजन टूको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्द यूएईले उपाधि उचालेको हो । डिभिजन टूको फाइनल गुमाएसँगै नेपालले क्रिकेट अहिलेसम्मै माथिल्लो उपाधि जित्ने अवसर पनि गुमाएको छ । नेपालले २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ७० रनमात्रै जोड्नसक्यो । यद्यपि प्रतियोगितामा नेपालले बनाएको यो नै...

इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै…….

२६ माघ, काठमाडौं ।  २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिव...

नामिबिया १३८ मै अलआउट, सन्दिपले लिए ४ विकेट

२५  माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो । उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको...