०६ असार २०७५, काजान – अन्तिम समयमा प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि रूस विश्वकपमा स्पेनिस टोलीमा त्यसको प्रभाव पर्ने सर्वत्र अनुमान थियो। तर पहिलो खेलमा शुक्रबार पोर्चुगलविरुद्ध स्वाभाविक प्रदर्शन गर्दै स्पेनले टिममा त्यसको नकारात्मक असर नपरेको प्रमाणित गरेको थियो । उत्कृष्ट प्रदर्शनका बावजुद पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग ३–३ को बराबरीमा रोकिएको स्पेनले अघिल्लो...
खेलकुद
बदलाको लक्ष्यमा जापान……..
०५ असार २०७५, सरांस – कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो। ४ वर्षअघि क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको कोलम्बियाका लागि स्ट्राइकर राडामेल फाल्काओ पूर्ण रूपमा फिट हुँदै टोलीमा फर्कनु सुखद पक्ष हो । कोलम्बिया ब्राजिल विश्वकपमा देखाएको उत्कृष...
इङ्ल्याण्डको कप्तान ह्यारी केन नायक……..
०५ असार २०७५, रूस – कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ। भोल्गोग्राड एरिना रंगशालामा सोमबार राति सम्पन्न तेस्रो खेलमा ११ औं मिनेटमा गोल गर्दै केनले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर पहिलो हाफकै ३५ औं मिनेटमा ट्युनिसियाका फिर्जनी सासीले पेनाल्टीमार्फद गोल गर्दै खेल बराबरीमा ल्याएक...
जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको
असार ३, २०७५ मस्को । विश्वकप फुटबलको चौँथो दिन आइतबार ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् । यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । र, पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन । उता, साबिक विजेता जर्मनीले विश्वकप १९ पटक खेलेको छ । यो प्रतियोगिता...
आठ वर्षपछि फर्किए विश्वकपमा सर्बिया…………
०३ असार २०७५, मस्को – विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्बिया र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ५ः४५ पछि समारा रंगशालामा सुरु हुनेछ। सबियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो। युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले विजेताको हैसियतमा रूसको टिकट पक्का गरेको हो। सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्ज...
टेटेको वास्तविक परीक्षण,स्विट्जरल्यान्ड………….
०३ असार २०७५, रोस्तोभ – घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ। प्रशिक्षक टेटेले स्ट्राइकर नेइमारको प्रदर्शनमा मात्र निर्भर टोलीलाई यसबीचमा धेरै परिस्कृत गरिसकेका छन् । जसले दक्षिण अमेरिकी छनोटमा गरेको प्रदर्शनले पनि प्रमाणित गर्छ । ब्राजिल विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा बस्...
रोनाल्डोको ह्याट्रिकसँगै बराबरी……….
असार २, २०७५ काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ । खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल गर्दै रोनाल्डोले खेल ३–३ को बराबरीमा ल्याएका हुन् । यसअघि स्पेनविरुद्ध एक पनि गोल गर्न नसकेका रोनाल्डोले योसँगै पोर्चुगलका लागि छैटौँ र आफ्नोको करियरको ५१ औँ ह्याट्रिक पनि पुरा गरे । उनी स्पेनव...
आयोजक राष्ट्र रूसकाे विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध
२१ औं फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। हिजो रातीबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। रूसको जितमा डेनिस चेरिसेवले २ तथा युरी गाजिन्स्की, आर्तेम डीजुबा र अलेक्सेन्डर गोलोभिनले गोल गरे। जितसँगै आयोजक राष्ट्र रूस महत्वपूर्ण ३ अंक जोडन सफल भएको छ। समूह...
साउदी अरेबियामाथि ५–० को शानदार जीत……….
असार ०१, २०७५ काठमाडौँ । विश्वकप फुटबलको पहिलो खेलअघिसम्म फिफा बरियतालाई आधार मान्ने हो भने रसिया प्रतियोगिताकै सबैभन्दा कमजोर टोली रहेको थियो । यसअघिका आधा दर्जन खेलभन्दा बढी जीतविहीन रहेको थियो । जसले गर्दा टोली निरन्तर आलोचनाका कारण दबाबमा थियो । तर, आयोजक राष्ट्रले तथ्याङ्क विपरित विश्वकपको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को शानदार जीत निकालेको छ । रसियाले खेलको १२ औँ मिनेटमा नै अग्रता लिए...
सुरू भयो तेस्रो आदिबासी जनजाति कप फुटबल प्रतियोगिता-२०७५
ललितपुर 'एकताले नै सपना साकार हुन्छ' भन्ने मुल नाराका साथ तेस्रो आदिबासी जनजाति कप फुटबल प्रतियोगिता २०७५ हिजो सनिबार सात दोबाटो स्थित खेलमैदानमा सुरू भएको छ । उर्जा मन्त्री माननिय वर्षामान पुनले प्रतियोगिताको समुदघाटन गरेका छन् । खेलको उद्घाटन गर्दै मन्त्री पुनले व्यक्तिगत जीवन, समाज र देशका लागि खेल आवश्यक रहने बताए साथै खेलले भातृत्व, सहिष्णुता र स्वच्छ युवाशक्ति हुने समेत बताए । मन्त्री ...
रियलले रच्यो इतिहास
जेठ १३, २०७५ किएभ । गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो । खेलको शुरुवात अघिस...
सन्दिपलाई भव्य स्वागत ………..
जेठ ९, २०७५ काठमाडौं । आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई माथि उठाउन मेहनत गर्नुपर्ने बताएका छन् । आईपीएल खलेर नेपाल फर्किएका सन्दीपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालसँग सम्भावना धेरै भएको तर त्यसका लागि महेनत पनि बढी नै गर्नुपर्ने बताएका हुन् । विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलि...
















