आर्सनलमाथि सिटीको गोल वर्षा…..

साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० को शानदार जीत हासिल गरेको छ । यो सिजन जीतविहीन रहेको आर्सनलको यो लगातार तेस्रो हार हो । शनिबार भएको खेलमा आर्सनल खेलको सातौँ मिनेटमा नै पछि परेको थियो । ग्याब्रियल जिसुसको पासमा इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । १२ मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० ...

नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने…..

काठमाडौं, एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज असोज ५ गते खेल्ने छ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुने छ ।...

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने…..

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरम...

पेनाल्टी सुटआउटमा भिल्लरियल पराजित…..

काठमाडौं, भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जितेको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुने गर्छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जितेका थिए । ९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको हो । चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, ७३ मिनेटमा जेर...

फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना छ…..

काठमाडौं, भर्खरै मात्र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका लियोनल मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग जित्ने सपना रहेको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् । मेरो लक्ष्य र मेरो सपना थप एकपटक च्याम्पियन्स लिग जित्ने हो । मलाई लाग्छ, हामीसँग यस्तो गर्नसक्ने टोली छ,’ पिएसजीले मेस्सीलाई सार्वजनिक गर्नका लागि आयोज...

नेपालकी छोरी बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध…..

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का ला...

ग्रीष्मकालीन ओलम्पिक आइतबार सम्पन्न हुँदै…..

काठमाडौँ, कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन् । लामो इतिहास बोकेको खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो आयोजना ओलम्पिक हुँदा पनि स्वाभाविक रूपमा सोही प्रक्रिया हुने गर्छ। तर, १ सय २५ वर्षे ओलम्पिक इतिहास यस पटक भने फरक रह्यो। ३२औं संस्करणको छ। खेलका प्रतिस...

नेइमारभन्दा ५० लाख बढी तलब…..

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।  फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार ...

टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा…..

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर...

मेस्सीले क्लब छाड्ने बार्सिलोनाको घोषणा…..

काठमाडौं, लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो । फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौ...

पारस खड्काको निर्णय अप्रत्यासित…..

काठमाडौं, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका ल...

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशि…..

काठमाडौँ, सहिद स्मारक ए डिभिजन लिगको पुरस्कार राशि बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख ...