अहिलेसम्म साढे ३ लाखको मृत्यु………

०१ चैत २०७४,     सिरिया– सिरियामा जारी रहेको गृहयुद्ध आज आठौ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो । तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमा पछि गृहयुद्धमा परिणित सो युद्ध अझै जारी छ ।  आन्दोलनकारीहरुले सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच युद्ध जारी छ । यसका अतिरिक्त त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज समेत जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको छ ।  सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएका पछिल्ला प्रयास पनि सफल हुन सकेका छैनन । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले राजधानी दमास्कसको पूर्वी भू–भागमा पर्ने गुटामा व्यापक आक्रमण गरिरहेको छ । जारी सो द्वन्द्वमा परी अाठ वर्षे अवधिमा तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौ नागरिक घरबारबिहीन भएका छन् । लाखौंले शरणार्थी जीवन विताइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार