मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः……..

१५ चैत २०७४,   बेइजिङ– नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ ।चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘स्वतन्त्र वैदेशिक नीति प्रति नेपालको प्रतिबद्धतालाई हामी सराहना गर्दछौ । छिमेकीहरुसँग नेपालको बढ्दो मित्रतापूर्ण र सकारात्मक सम्बन्धलाई पनि हामी सहयोग गर्दछौं।  चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता काङले थपे ‘चीन, नेपाल र भारत एक अर्कामा महत्वपूर्ण छिमेकी हुन् । सुमधुर अन्तरसंवाद स्थापित गरि साझा विकास हासिल गर्न तीनवटै मुलुकले सँगै काम गर्नसक्छन् भन्ने हामीलाई विश्वास छ । मंगलवार काठमाडौस्थित विदेशी नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले स्वतन्त्र विदेश नीति र सन्तुलित सम्बन्ध कायम गर्ने बताएका थिए । आइएएनयस समाचार एजेन्सीका अनुसार ओली बेइजिङ समर्थक भएकाले नयाँ दिल्लीलाई टाउको दुखाईको विषय बनेको छ । काश्मिरको विवादित भूमि हुँदै जाने चीनको बेल्ट एण्ड रोड परियोजनालाई भारतले अस्वीकार गरेको छ । तर नेपालले यो परियोजना स्वीकृत गरिसकेकाले नेपालको हिमचिम चीनतर्फ बढेको भारतीय बुझाइ छ । पछिल्ला वर्षमा नेपालको पूर्वाधार निर्माण र द्विपक्षीय सहायतामा चीनको सहयोग बढेको छ । टाइम्स अफ इण्डियाले भने ओलीलाई चीन समर्थक नेता भएको टिप्पणी गर्दै ओलीले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप स्वीकार्य नभएको बताउँदै आएको उल्लेख गरेको छ । आफ्नो अघिल्लो सरकार गिराउन भारतको भूमिका रहेको भन्दै ओली भारतसँग रुष्ट रहेको दृष्टान्त पनि टाइम्स अफ इण्डियाले दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार