डीआईजी रमेश खरेलद्वारा राजीनामा ………..

चैत्र २८, २०७४, काठमाडौं नेपाल प्रहरीको महानिरीक्षक बढुवामा चिक्त नबुझेको भन्दै डीआईजी रमेश खरेलले राजीनामा दिनुभएको छ । सरकारले हिजो आईजीपीमा एकै व्याजका डीआईजी सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत असन्तुटी जनाउँदै खरेलले आज प्रहरी महानिरीक्षकको सचिवालयमा राजीनामा बुझाउनुभएको हो । खरेलको राजिनामा पत्र सचिवालयमा पुगेको प्रहरी प्रवत्ता डीआईजी मनोज नेउपानेले समेत पुष्टी गर्नुभयो । सामाजिक सञ्जालमा खरेलले २९ वर्षको सेवा अवधिबाट अलग्गीने घोषणा गर्दै नवनियुक्त महानिरीक्षक खनाललाई कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । खरेल प्रहरी संगठनभित्र ‘हिरो’ अधिकृतका रुपमा चिनिनुहुन्छ । खरेल २०४५ फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट सेवामा प्रवेश गर्नुभएको हो । आइजिपीका अर्का प्रमुख प्रतिस्पर्धी पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार गर्ने बताउनुभएको छ । प्रहरी प्रमुखका लागि खनाल, खरेल र कार्की प्रतिस्पर्धामा थिए । यसैबीच, प्रहरी प्रधान कार्यालयले साँझ एक कार्यक्रम गरी आईजीपी प्रकाश अर्याललाई बिदाई गर्ने भएको छ । उहाँले आजै मध्यरातीबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश लिँदै हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार