चीनको काराओके क्लबमा आगलागी………..

बैशाख ११, २०७५   बेइजिङ । दक्षिण चीनको एक काराओके टिभी लाउन्जमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको छ । चीनको ग्वाङडोङ प्रान्तस्जित क्वीङयुवान सहरमा रहेको उक्त लाउन्जमा भंगलबार आगलागी भएको हो । क्वीङयुवान प्रहरीको आधिकारिक वेवो अकाउन्टमा तीन तले भवनमा मध्यरात आगलागी भएको थियो । प्रहरीले आगलागी कसैले नियतवस लगाएको आशंका गरेको बताउँदै यसमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । घटनामा ५ जना गम्भिर घाइते रहेका छन् । घटना लगत्तै प्रहरी र अग्निनियन्त्रक त्यहाँ पुगेका थिए । तर, त्यतिबेरसम्म आगो निकै फैलिसकेको थियो । न्युयार्क टाइम्सले सीसीटिभीलाई उद्धृत गर्दै घटना अघि एक व्यक्तिको उक्त लाउन्जमा झगडा परेको र उनले काराओके क्लबको ढोकामा बाइक तेर्साएर ढोकामा आगो लगाएको उल्लेख गरेको छ । यता, चाइना न्युज सर्भिसले ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार