सोल्टीनिज्यू ‘ए..सोमिप्मुे’ हङकङमा प्रिमियर प्रदर्शनी हुने

१६ बैसाख काठमाडौ, ठेठ पुर्वेलि लिम्बु भाखाको लघु चलचित्र ए.. सोमिप्मे .. हङकङमा मजदुर दिवस मे १ तारिखमा प्रदर्शनको तयारीमा छ । सो प्रिमियर प्रदर्शनीका लागि चलचित्रकी नायिका तथा अधिवक्ता प्रविन पन्धाक हङकङ पुगिसकेकी छिन् ।

मिक्लाजँ फिल्म्स प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा लिम्बु समुदायमा प्रचलित चोरी विवाह, मागी,जारी र भागी विवाहरुमध्ये भागी विवाहको जीवन्त रुप उक्त चलचित्रमा देख्न सकिनेछ । प्रदेशमा रहेका लिम्वु दाजु भाई दिदीवहिनिहरुसंग पुरानो गाउँको घटनाहरु सम्झना गराउने चलचित्रको पहिलो प्रदर्शनी संगै वसेर हेर्न हंकंसम्म गएको नायिका प्रविणले वताइन् ।

हङकङमा कर्मथलो भएका टिका माखिमको कथा, निर्माण र संयोजन लोकेन साँवाको निर्देशनमा कलाकारहरु टिका माखिम, प्रविन पन्धाक,जसमाया चेम्जोङ, धनविर साँवा, देशु सुहाङ,राम मादेन, सुक तुम्रोक,घनेन्द्र नेम्बाङ, शबनम माक्खिम, अशेष थोप्रा,चन्द्र काङबाङ र सन्योक को अभिनय रहेको छ ।

यासेली योङहाङ को सब्द संगीत, टिका माक्खिम र मनु नेम्बाङ को स्वर रहेको उक्त गितलाई छायाङकन मा क्यामेरा अर्जुन तिवारी, सम्पादन निसान घिमिरे को रहेको छ ।

चलचित्र लाई प्रदर्शनक पान्थर मञ्च हङकङले गरेकाहुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार