क्युबामा विमान दुर्घटना………

जेठ ५, २०७५  एजेन्सी

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार