‘दाह्रि जुङ्गा आउनु पनि पाप हो’

नेचुरल्ली दीपक

अर्ध नारेश्वर हुँ
मेरी प्रिय
तिमी पनि हौ
तिम्रो आधा स्वरुप
तिम्रो पिता
तिमीभित्र लुप्त छन्
र मभित्र पनि मेरी आमा
दृश्य- अदृश्य
अदृश्य- दृश्य
छिन्
हो, यसैले हामी एक भएका छौ
म तिमीमा मेरी आमा खोजिरहुँला
तिमी ममा आफ्नो पिता पाईरहनु
अनि
हाम्रा सन्ताहरुमा
हाम्रो अस्तित्त्व
लुप्त- अदृश्य
अदृश्य- लुप्त
हामीले पाईरहनेछौ
किनकी जीवन
सह- अस्तित्त्वको
निरन्तरता
अनि यही आधा-आधाको
सङ्गम नै हाम्रो
प्रित
हो
त्यसैले
त्यागिदेऊ तिजको व्रत
त्यागिदेऊ सेतो वस्त्र
त्यागिदेऊ मेरो आधा नाम लेख्न
त्यागिदेऊ सिन्दूर-पोते
र त्यागिदेऊ छाउगोठ
किनकी जीवनको अस्तित्त्व
प्रिया ।।
तिम्रो ऋतु-धर्म
पाप हैन
नत्र भने ।।।
पुरुषको , दाह्रि-जुङ्गा आउनु पनि
पाप
हो ।।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार