किरात बान्तावा यायोक्ला खिम हङकङ बृहत भेला तथा भेटघाट कार्यक्रम सम्पन्न

 

बगैंचा सम्बाददाता हङकङ

३ फेब्रवरी २०१९ आईतबार मंकिहिलमा किरात बान्तावा यायोक्ला खिम हङकङले किराती नयां बर्ष ५०७९ को अवसर पारेर बृहद बान्तावा भेला आयोजना गरि हर्षोल्लाकासाथ शुभकामना आदन प्रदान कार्यक्रम सानदारकासाथ सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष दुर्गाकान्त राईको अध्यक्षता तथा किरात राई यायोक्खा हङकङका उपाध्यक्ष चन्द्रका राईको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पवित्रा राई, किरात राई साम्पाङ जुम्लखाका अध्यक्ष तेज कुमार राई, किरात राई पुमातुप्खा बंखलाका अध्यक्ष पेङगुईन राई, किरात राई थुलुङ सामाका अध्यक्ष रामली थुलुङ राई, किरात राई कोयु किमका प्रतिनिधि नरेन्द्र राई, किरात राई बाहिङ मुलखिमका अध्यक्ष लेखराज राई, किरात राई चाम्लिङ ङामेचिमेका अध्यक्ष कल्पना राई, लगायत संस्थाका सल्लाहकारहरू तिलक वालाहाङ राई, झण्ड कुमार राई, लिला राई र माया राई अतिथिका रूपमा मन्चमा आसिन थिए ।

प्रमुख अतिथि र सभापतिको बाहुलीबाट संयुक्तरूपमा दिप प्रज्वलन गरेर सुरुवात गरिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष धिरज कुमार बान्तावा राईले आयोजकको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । ततपस्चात कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बान्तावाहरूलाई सम्मान गरिएको थियो । सम्मानका क्रममा भाषा, साहित्य, संस्कार र संस्कृतिमा अतुलनीय योगदान दिए बापत निवर्तमान अध्यक्ष तिलक वालाहाङलाई फेटा गुथाएर सम्मानपत्र प्रदान गरिएको थियो भने पहिलो कार्यकालदेखि नाक्छोंको भूमिका निर्वाह गर्नुहुने नाक्छों मैत्र कुमार राईलाई फेटा गुथाएर सम्मान गरिएको थियो । त्यसैगरि खेलकुद क्षेत्रमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुने रजिन बान्तावा राई, बान्तावाको हरेको कार्यक्रमलाई निरन्तर सहयोग गरेबापात मिलन बान्तावा राईलाई सम्मान गरिनुको साथै गत २६ डिसेम्बर २०१८ मा भएको अन्तरभाषिक यायोक्खा ब्याडमिण्टन च्याम्पियनसिप-२ प्रतियोगितामा ‘ए’ समूह डबल्समा प्रथम बिजेता मिलन राई र शुभराज राई र मेन्स डबल ‘बि’ तर्फ दोस्रो स्थान हासिल गर्ने दिपेन राई र सान्तबीर राईलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पछि शुभकामना मन्तब्य दिने क्रम चलेको थियो । मन्तब्यको क्रममा मन्चमा आशिन अतिथिहरूले किरात बान्तावा यायोक्ला खिम हङकङले आयोजना गरेको उक्त कार्यक्रमले पहिचानलाई जगेर्ना गर्नुको साथै एक आपसमा भातृत्व र सद्भाव बढाउने छ भन्दै मुक्तकण्ठले सह्राना गर्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमलाई संस्थाका सहसचिव दिपेन राई सन्चालन गरेका थिए ।

हङकङमा रहेका बान्तावाहरूको साझा संस्था बान्तावा राई यायोक्ला खिम हङकङले आयोजना गरेको यस कार्यक्रममा बिगतको तुलनामा बान्तावाहरूको उल्लेखनीय उपस्थिति रहेको देखिन्थो भने गैर बान्तावा लगायत अन्य जातजातिको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा किराति परिकारहरू- घर तरूल, सीमन तरूल, सादेको अचार, फन्के रोटी, कुखुराको मासु, भात डल्ले खुर्सानी, बिबिक्यू पोलेको मासु लगायत उपस्थित सबैलाई निशुल्क खाना र पेय पदार्थ उपलब्ध गराईएको थियो ।

Photo: Hem Bantawa

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार