शुक्र राईको शानदार जितले रच्यो नया ईतिहास

  बगैँचा सम्वाददाता

च्याम्पियनसिप ट्रफि थाप्दै शुक्र बहादुर राई

धरानका २१ बर्षिय गल्फर शुक्रबहादुर राईले सिजन २०१८/१९ अन्तर्गतको बर्षकै सर्वाधिक ठूलो मेजर टुर्नामेन्ट “सूर्य नेपाल प्रीमियर गल्फ च्याम्पियनसिप”मा शानदार जित हासिल गरेका छन्। यो जित सङ्गै उनी नेपाली गल्फको ईतिहासमा अमेच्योर तर्फ सर्बाधिक अन्डर गर्ने तथा एकै सिजनमा २ प्रो प्रतियोगिता जित्ने पहिलो खेलाडी खेलाडीको रुपमा नाम लेखाएका छन।

च्याम्पियनसिप ट्रफि थाप्दै शुक्र बहादुर राई

गत सोमबारबाट काठमाडौंको गोकर्ण गल्फ कोर्समा संचालन भएको प्रतियोगिताको फाईनलमा हिजो बिहिवार शुक्रले कुल जोड ११ अन्डर गरि अमेच्योर गल्फको इतिहासमा सर्बाधिक नयाँ कीर्तिमान रचेका हुन्। ४० प्रो र २० अमेच्योर खलाडीहरु सम्मिलित ७२ होलको खेलमा पहिले दिन १८ होलमा उनले उत्साहजनक प्रदर्शन गर्न सकेनन। उनले पहिलो दिन २ ओभर गरेर दोस्रो दिन ६ अन्डर गरि सानदार कट गरे। तेस्रो दिन २ अन्डर तथा बिहिबार फाईनलमा ५ अन्डर गरि कुल ११ अन्डर गरि प्रो प्रतिद्वन्द्वी भुवन नगरकोटी बिरुद्द एक स्ट्रोकले कुल २७७ अंक सहित शानदार जित निकालेका हुन्।
उनका निकतटम प्रतिद्वन्द्वी भुवन नगरकोटी १० अन्डरमा कुल २७८ तथा सुवास तामाङ ५ अन्डर कुल २८३ गरि क्रमशः पहिलो र दोस्रो रनरअप भएका छन्। शुक्रले ४० प्रो तथा १९ अमेच्योर प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै उपाधी आफ्नो पोल्टामा पारेका हुन।

डिस्कभरी गल्फ क्लबमा वाईबी राई सङ्ग फोटो खिचाउदै शुक्र

शुक्रले गत डिसेम्बरमा धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधी समेत हासिल गरि एकै सिजनमा २ प्रो प्रतियोगिता जित्ने पहिलो गल्फरको कीर्तिमान समेत कायम गरेका छन्। यो सिजनको प्रो खेलमा उनको ब्याक टु ब्याक विजय हो।
शुक्रले जितपछि खुशी व्यक्त गर्दै जिवनकै सर्बाधिक खुशिको क्षण भएको बताएका छन।साथै आफु नेपाली गल्फरमा सर्बाधिक भाग्यमानी समेत बताएका छन। तर उनने भने ” खेल प्रतिको समर्पित भावना, कठिन मेहनत, अनुशासन, खेलमा केन्द्रीकित सोचले सफलता सुत्र हो।डोको मा दूध धोएर हैन”।

हङकङका नेपाली गल्फरहरु सङ्ग शुक्र

धरान हङकङ मन्चको निमन्त्रणामा एक हप्ता हङकङ भ्रमणको शिलशिलामा शुक्रले हङकङका नेपाली सफल ब्याबसायी तथा गल्फर वाईबी राईबाट गल्फमा जित हासिल आवश्यक टिप्स र सल्लाह बाट पनि जितको निम्ति सहायक सिद्द भएको बताउदै भने” खास गरेर वाईबी सरले हङकङमा त्यत्रो उपाधी जितेको देख्दा म अत्यान्तै प्रभावित र उत्प्रेरित भएँ’, डिस्कभरी गल्फ क्लबको बिजेता नामावलीमा वहाको नाम गोल्डेन प्लेटमा देख्दा मलाई खुशी र उत्साह मिलेको थियो।उहाँले गल्फ सम्बन्धी आवश्यकिय टिप्सहरु दिनुभो, “वहाको नेभर गिभ अप एटिच्युड मेन्टालिटी” टिप्सले मलाई आत्मविश्वासका साथ कोर्षमा उत्रन मद्दत गर्यो, जसले गर्दा जित निकाल्न समेत सफल भएँ।’

ट्रफीका साथ शुक्र

उनले यो जितको खुशी परिवार, सहयोगी, साथीभाई, अग्रज गुरुहरु, निर्वाणा गल्फ क्लब, नेपाल गल्फ क्लब र अध्यक्ष टासी घले, वाईबी राई लगायत सम्पूर्ण प्रसम्सक, गल्फ प्रेमी र शुभचिन्तकहरु बिच बाँड्न चाहेको बताए।
अमेच्योर गल्फका शीर्ष खेलाडी शुक्रबहादुर राई निकट भविष्यमा व्यवसायिक खेलमा प्रवेश गर्ने तयारीमा छन्।
उनि हङकङ बाट फिरेको पर्सि पल्ट प्रतियोगितामा सामेल भएका थिए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार