आफ्नो बनाउन नसकेको बेनामी प्रेमी

लेखिका – जूनू राना

१२ बर्षमा त खोला पनि फर्कन्छ भन्ने भनाई म मा ठ्याक्कै लागू भयो।अर्थात उ सङ्ग १२ पछि आकास्मात भेट!
उ फार्मेसी चलाउथ्यो । उमेरमा हामी दुबै एकै छिमलका थियौं कि .! माछा चारो खोज्न हिड्ने खेवा जस्तै उस कै फार्मेसी अगाडिको बाटोहुदै सधैं हिड्नुपर्ने मलाई । उसले भने सधैं केही सोध्ला वा भन्ला जसै गरी एक निमेष हेरिरहन्थ्यो। उसले कहिलेबाट त्यसरी हेर्ने गर्थ्यो त्यो त मलाई हेक्कै रहे। तर उसको फार्मेसीको बाटो हिडुन्जेल भने मिलेसम्म हेर्न छुटाउदैन्थ्यो। आखाको भाषाले सम्बाद गरे पनि न मैले उसको नाम सोधें न उसले नै मेरो नाम सोध्यो ।
हिजो आफ्नै सुरमा त्यही बाँटो हुँदै हात हात भरी सपिङ ब्यागमा तरकारी लिएर कोठा फर्किदै थिए
धेरै बर्ष बितिसकेको थियो त्यो ठाउँ बाट अर्को ठाउँ बाँस सरेको । सरेपछी भने उ संग आँखा जुध्ने मौका मिलेन । भेट नभएपछी के आँखा जुधोस पनि कसरी …तर आज अचानक पछाडीबाट कुनै अपरिचितले बोलाएको जस्तो लाग्यो ।
ज्यानलाई एक सय असी डिग्री घुमाएर फर्काए।आँखा त्यही बोलाउने ब्यक्तीमा पुगेर अडियो।लौ एकछिन त ठम्याउन सकिन। तथापि अनुहार त कहि कतै चिनेचिने जस्तो, देखे जस्तोलाग्यो। बिस्मृतीको गर्तमा हराईसकेको त्यो मान्छेको हुलिया मानसपटलमा डिटेक्ट हुन थाल्यो। हाँस्दा आँखा पुरै बन्द हुने । ओह …तिनै आँखा जुधाउने तिनै चिनिया केटो थियो । सजिलै चिन्नु पनि कसरी त,…मोरोको तालु खुइलिएर दुईमाना चामलको टिकाले पनि नभ्याउने चौडा भएछ, सिनित्तै। अनि थोरै मोटाएछ उ। उसले कुरा बढाउदै भन्यो, “ओह, तिमी पो … तिमि त कस्तो मोटाएछौ? चिन्नै नसक्ने गरि । तिमी कति फिट थियौ, अनि मैले देखेको नेपाली केटीहरु मध्ये मलाई तिमी सबभन्दा सुन्दरी लाग्थ्यो। खासमा तिमिलाई खुब मन पराउथें तिमिलाई । तिमी त उज्यालो बत्ती जस्तै हसिली थियौ नि।” उनले भए भरको मनको बह बिसायो ! मलाई चाहि मोटायौं भन्ने सुन्दासुन्दा कान पाकेको बेलामा यसले पनि यहि भन्ने भन्दै मनमनै मुर्मुरिए।

फूल र जवानीको आयु छोटो हुन्छ। मलाई पनि ओठे जवाफ त फ्याटै आएको थियो। तिम्रो पनि त पहिले कपालमा कति धेरै रौं थियो अहिले त रित्तै भएछ नि भन्ने जवाफ दिउ कि जस्तो लागेको थियो…. तर घाटीमै अड्कियो। किन किन यसरी जवाफ दिन मनले मानेन । उ जस्तो जे सुकै भएपनी नराम्रो नजर र अभद्र ब्याबहार कहिल्यै गरे जस्तो लागेन। हामी एक छिन मौन रह्यौ।

अनि अन्य नेपालीलाई हेला गर्दै छि-छि दुरदुर गर्ने चिनाहरु मध्ये उ भने हामी संग राम्रोसँग बोल्थ्यो । यताउता जादा देख्दा मुसुक्क हाँस्थ्यो । आखिर मन पराउन देश र भाषाले छेक्दैन भन्ने कुराको उ एउटा उदाहरण पनी त हो । मैले मौनता तोड्दै भने “अनि तिमिलाई थाहा छ …मलाई तिम्रो हाँसो खुबै मन पर्थ्यो।” मैले यति भन्न सकें ! अनि दुबै लामो हाँसो हास्यौं !
त्यतिबेला सम्म ट्राफिक पुलिसको कान दुखाउने एककोहोरो साइरनको आवाजको बेबास्ता गर्दै दुबै हाँस्यौं । ल त म गएँ है , बाई!बाई!!… यति भन्दै हामी आ आफ्नो बाटो लाग्यौ!

मनमनै कल्पीए!!
अब फेरि अर्को दशबर्ष पछि को कुन हालमा पुगिने हो … लौ, यसपटक पनि उसको नाम सोध्न भुलेछु…

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार