एक त्यान्द्रो आशा

भुपेन्द्र चेम्जोङमुक्कुम हङकङ

 

ए मानव !

तलाई धिक्कार छ

तेरो घमण्डलाई धिक्कार छ

यो सुन्दर धर्तिलाई पटक पटक

धम्की दिरहेका थियौ

सयौ चोटि नष्ट गर्न सक्छु भन्थ्यौ

हिरोशिमा, नागासाकी,इराक ,सिरिया

धुलो पारेकै हो

उन्मादले मातिएर मानवता लिलामी गर्दै रह्यो

अन्तरिक्षमाथि बिजयको घोषणा गर्दै

मङ्गलमा बस्ती बसाल्ने सपना बुन्यौ

महासागर र महादेशभरी जङ्गीबेडाहरु

कथित अत्याधुनिक

अस्त्रहरुले सजाएर

पुराणमा वर्णन गरेको महिषासुरले जस्तै

तीनै लोकको दाबी गर्यौ

तर तिम्रा सारा घमणडहरु

एक पछि अर्को ढ्लिरहेकाछन

धिक्कार छ कथित सर्बश्रेष्ठ मानव !!

 

आज

बिना हतियार आएका

अति सूक्ष्म सिपाहिहरुका

दस्ता”कोरोना बटालियन”

आज तिम्रा ती कथित

सुपरपावरमाथि धावा बोल्दैछ

बिजय हासिल

गरिरहेकोछ

तिमी हारिरहेकाछौ हरेक प्रहरमा

खोइ तिम्रा एपोचेहरु?

खोइ तिम्रा मिसाईल डिफेन्स प्रणालि ?

कता छन अन्तरमहादेशिय क्षेप्यास्त्रहरु ?

अणु,परमाणु अनि क्लस्टर बमहरु

किन निसानी लाउदैनौ ती

सुक्ष्म दुष्मनहरुमा?

छातिमै बोकेर

भागी रहेकाछौ,

गुहार गरिरहेका छौ

आफ्नै छातिभित्रको

सत्रु पछार्न नसकेर

भागिरहेकाछौ सहरबाट

वस्तितिर

परदेशबाट घरदेशतिर

मैदानबाट भिरतिर

सुगमबाट दुर्गमतिर

ब्रम्हाण्ड किन्ने

धाक लाउथ्यौ पैसाले

खोइ तिम्रा बिश्वबैक ?

खोईतिम्रा फेडरल रिजर्भ बेन्क ?

खोइ डलर, युरो, पाउण्ड, युयान, यान र सुनका ढिक्का ?

जाबो सूक्ष्म शत्रु मार्ने

गोलि किन्न सक्यो तिम्रो पैसाले ?

आज युरोपका गल्लिगल्लिमा

युरो फालिएको छ

डलर छरिएकाछन

न त पैसाको भोजन गर्न मिल्छ

न त पैसाले भोजन किन्न सक्छ

बन्दछन सुपरमार्केट

बन्दछन फूड मार्केट

बन्दछ आपूर्ति

बन्दछ मानवता पनि

मान्छे मान्छे देखि त्रसित छ

मान्छे मान्छेदेखी आतङ्कित छ

मान्छे मान्छेदेखी साशङकित छ

श्रीमानदेखी श्रीमती त्रसित छ

छोरादेखी बाउ सशङ्कित छ

मानवता हराएको यो क्षणमा

न मृत्युको हुन्छ सन्स्कार

न त बिरामिको उपचार

मुद्राले हारेर आत्मासमर्पण गरिसकेपछि

घमण्ड हारेर कुना थन्किसक्यो

सभ्यता पछारिएर बेहोस भैसक्यो

मानवता सिकिस्त घाईते भएकोछ

अब केवल हार्न बाँकि छ

एक त्यान्द्रो आशा ।

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका लागि प्राप्त कविता।

संयोज: मगेन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार