हङकङमा बिदेशी घरेलु कामदार लाई कोरोना भाईरस सङ्क्रमण

  - बगैचा सम्वाददाता

हङकङमा पहिलो पटक बिदेशी घरेलु कामदार लाई कोरोना भाईरस सङ्क्रमण भएको छ। प्राप्त समाचार अनुसार एक फिलिपिन्स महिला घरेलु कामदारलाई कोरोनाभाइरस संक्रमण भएको हो।३२ बर्षिय उक्त कामदारलाई चाइ वान स्थित पामेला युड नेदरसोल अस्पताल उपचार भै रहेको छ। तिनको ६७ बर्षिय महिला गत फेब्रुअरी १३ मा उक्त भाईरस सङ्क्रम्ण भएको थियो।
उक्त महिला कामदारलाई शुरुको परिक्षणमा नेगेटिभ आए पनि तीन दिन पश्चात पोजेटिब भएको स्रोतले बताएको छ।उक्त घटना पश्चात फिलिपिन्सका महावाणिज्यदूत रेली तेजाडाले बिरामीको अवस्था बुझ्न तत्काल एक टिम पठाएको बताइन्।तीन भनिन “फिलिपिन्स सरकारले आफ्नो नागरिकलाई सबै आवश्यक सहयोग पुर्‍याउन कुनै कसर बाकी राख्ने छैन”।
उक्त घटना सङ्गै हङकङमा भाईरस सङ्क्रमितहरु को सङ्ख्या ६१ पुगेको छ भने एक जनाको मृत्यु भै सकेको छ।
हङकङमा पहिलो पटक बिदेशी घरेलु कामदार लाई झन्डै ४ लाख घरेलु कामदारहरु कार्यरत छ। जसमध्ये फिलिपिन्सहरुको बाहुल्यता रहेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार