साहित्य श्रृंखलाको ‘साहित्यिक पदयात्रा–२’ आमा रकमा

  टोपबहादुर याक्खा

२५ सेप्टेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङकै एकदमै सुन्दर एवं ऐतिहासिक स्थान आमा रक भ्रमण संगै साहित्यिक एवं सांगितक कार्यक्रमको साथमा सम्पन्न गर्यो ।
मंकिहिलबाट आमा रक सम्म पैदल यात्रा गरी आमा रकको भ्रमण गरेसंगै केही तल रहेको चौतारीमा आयोजना गरिएको साहित्यिक तथा सांगितिक कार्यक्रमको अध्यक्षतामा श्रृंखलाका संयोजक रमण गुरुङले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगर रहेका थिए ।
श्रृंखलाका संरक्षक कवि, कथाकार एवं अग्रज साहित्यकार दाजु गुरुङद्धारा आमा रक बारेको किंवदन्ति संगै स्वागत मन्तव्य राखे संगै उपस्थित कवि तथा साहित्यकारहरु नरजित राई, नारायण भण्डारी, डोम राना, जुनु राना मगर, रोशन याक्सो, अरुणा शर्मा, बिना राई इङनाम, डी.बी. पालुङवा, सुनिता गिरी, पूर्णिमा शाह, कमल पौड्याल, मोती चाम्लिङ, सुनिस्का याक्खा, टी.बी याक्खा लगायतले आमा रक विशेष तथा अन्य सृजनाहरु वाचन गरेर सुनाएका थिए भने गायीका विनु लामाले गीत गाएर मनोरञ्जन दिलाएकी थिइन ।
श्रृंखलाका सल्लाहकार टी.बी. याक्खाद्धारा संचालन गरिएको उक्त कार्यक्रममा समाजसेवी हर्क राना र लोकप्रिय फेसबुक पेज हङकङ नेप्लिज मोवाइल फोटोग्राफीका संस्थापक एड्मिन निकेश गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने अग्रज साहित्यकार तथा बौद्धिक व्यक्तित्व भूपेन्द्र चेम्जोङ र श्रृंखलाका संरक्षक एवं साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राईद्धारा कार्यक्रमबारे चर्चा गरेका थिए ।
कार्यक्रमको अन्त्यमा शुभकामना मन्त्यव्य राख्ने क्रममा प्रमुख अतिथि महावाणिज्यदुत उदयबहादुर राना मगरले हङकङ जस्तो व्यस्त शहरमा रहेर पनि नेपाली भाषा तथा साहित्यको सेवामा लागि पर्नु आफैमा एउटा महान कार्य रहेको भन्दै यहाका साहित्यकारहरुको एकता र साहित्य श्रंखलाको सक्रियता तथा योगदानलाई खुलेर प्रशंसा गरेका थिए । मन्त्यव्यकै क्रममा कार्यक्रममा अध्यक्ष तथा श्रृंखलाका संयोजक रमण गरुङद्धारा आफ्नो सृजना वाचन संगै कार्यक्रमलाई सफल बनाउन उपस्थित भइदिनु भएकोमा महावाणिज्यदुत उदयबहादुर राना मगर, विभिन्न संघ संस्थाका पदाधिकारी लगायत साहित्यकार तथा पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।
औपचारिक कार्यक्रमको समापन संगै नाचगान गरेर मनोरञ्जन समेत गरिएको कार्यक्रममा श्रृंखलाको लोगो अंकित टी–सर्ट र लन्चको समेत व्यावस्था रहेका थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार