मेलम्चीको आधारभूत डिजाइनमै त्रुटि…..

मेलम्ची, सिन्धुपाल्चोक — लक्ष्यअनुसार काम भएको भए मेलम्ची खानेपानी आयोजना ०६३/६४ मा पूरा भइसक्थ्यो । तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजना अधुरो छ । बरु काठमाडौंमा पानी वितरण हुनासाथ उद्घाटनको शृंखला रोकिएको छैन । पछिल्लो पटक गत माघ १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर पाँचौं पटक उद्घाटन गरेका छन् । पछि राष्ट्रिय गौरवका आयोजनामा समेटिएको मेलम्ची ०५५/५६ मा सुरु भएको हो । काठमाडौं उपत्यकाको विद्यमान खानेपानी समस्या समाधान गर्न चरणबद्ध दैनिक ५१ करोड लिटर पानी उपलब्ध गराउने लक्ष्य राखिएको थियो । अहिले सामान्य मर्मतको भरमा मेलम्चीको पानी काठमाडौं ल्याइएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची मुहानको गेग्रान हटाएर २६ किमि सुरुङमार्फत सुन्दरीजलमा पानी ल्याएर पाँच महिनापछि पुनः वितरण थालिएको हो । मूल खोलालाई दुईतिर विभाजन गरेर २ सय ६० मिटर सुरुङबाट मूल सुरुङमा पानी पठाइएको छ । मुहान क्षेत्रमा निर्माण गरिएका अधिकांश संरचना बाढीले पुरिएका छन् । कतै भवन पल्टेका छन् त कतै पुरिएका । मन्त्री र प्रमुख जिल्ला अधिकारीले काठमाडौंतर्फ पानी पठाउन उद्घाटनका क्रममा थिचेका स्विच बाढीले पुरेको छ । मुहान वरपर ठूला ढुंगा थुप्रिएका छन् । आडैमा रहेको पाखो आधाउधी झरिसकेको छ । ठूलो पानी परे पहिरो खसेर मुहान पुर्ने खतरा उस्तै छ । यही बेला बाढी आइहाले सुरुङको मुख पुरिने खतरा त छँदै छ, त्यहाँसम्म पुग्ने सडकसमेत बग्नेछ । मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परामर्शदाताले गरेको अध्ययनअनुसार मुहानको हेडवर्क्स अहिले भइरहेको स्थानमा उपयुक्त छैन । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्री दीर्घकालीन प्रस्तावअनुसार मुहान सार्ने हो भने निर्माण गर्न ४/५ वर्ष लाग्न सक्ने बताउँछन् । ‘अहिले अस्थायी रूपमा पानी ल्याइरहेको एडीबीको अल्पकालीन योजनाअन्तर्गत हो,’ मेलम्ची विकास समितिका पूर्वकार्यकारी निर्देशकसमेत रहेका उनले भने, ‘एडीबीको सिफारिसअनुसार सर्कथलीमा मुहान सारेर इन्टेक नबनाउन्जेल पानी यसरी नै अस्थायी रूपमा वितरण गर्नुको विकल्प छैन । त्यति समय पानी यसरी नै वर्षको ७/८ महिना वितरण गर्ने हो । सर्कथली अहिलेको मुहानबाट डेढ किलोमिटर माथि पर्छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा (ह्योल्मो) ले पनि एडीबीको अध्ययनअनुसार सर्कथली उपयुक्त स्थान रहेको बताए । ‘अहिलेको मुहान सुरक्षित छैन, सर्कथली फराकिलो र सुरक्षित पनि छ । एडीबीले दिएको प्रस्तावलाई खानेपानी मन्त्रालयले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानलाई अध्ययनका लागि दिइएको मन्त्रालयका सहसचिव खत्रीले बताए । ‘अहिलेसम्म अध्ययन गरेर यसबारे प्रतिक्रिया आइसकेको छैन,’ उनले भने, ‘हिमपहिरोबाट क्षति नहोस् भन्नका लागि छलफल गरिरहेका छौं ।’ एडीबीले इन्टेक र पुनः पहिरो आउने सम्भावनाका बारेमा अध्ययन गरेको थियो । बाँकी प‘अहिले पहिरो नियन्त्रण गर्ने सम्भावना देखिएको छैन, एडीबीले पहिरो कसरी आयो र अब के गर्न सकिन्छ भन्ने अध्ययनको रिपोर्ट बनाएको छ,’ उनले भने, ‘आयोजनाको मुहानसम्म जाने सडक बनाउने स्थान नै परिवर्तन गर्नुपर्ने छ ।’ अहिले सवारीसाधन आवतजावत गरिरहे पनि यसरी सधैं सम्भव नभएको उनले बताए । ‘यांग्री र लार्केलाई पनि यही अवधिमा ल्याउने योजना बनाउनुपर्छ, बाढीले क्षति गरेको हेडवर्क्स निर्माण गर्न एडीबीलाई ५/६ अर्ब अनुदान सहयोग दिनका लागि खानेपानी मन्त्रालयको सहयोगमा अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ,’ खत्रीले भने, ‘एडीबीले दिने ऋणभित्रैबाट अनुदान पनि दिन आग्रह गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले भने तत्काल स्थायी संरचना बनाउने योजना नरहेको बताए । ‘हामीले काठमाडौंवासीलाई अहिलेकै अवस्थामा बाह्रै महिना पानी खुवाउन सक्दैनौं,’ उनले भने, ‘सडक बनाउन आयोजनासँग बजेट छैन, बाढीपहिरोबाट जोगाउन वर्षात्मा सुरुङ बन्द गर्नुपर्छ ।’ एडीबीको रिपोर्टलाई सरकारले फाइनल गरेमा इन्टेक मुहान सर्कथलीमा सार्नुपर्ने उनले बताए । ‘त्यसका लागि आवश्यक रकम व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अहिले बाढीले भत्काएको प्रवेश मार्ग बनाउने पैसा छैन, चालु वर्षका लागि दुई खण्डमा १० करोड विनियोजन गरे पनि सडक विभागको प्राथमिकतामा नपरेकाले अहिलेसम्म काम हुन सकेको छैन । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार