१४ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा आइतबार किरात याक्खा छुम्मा हङकङद्धारा डोकेनी लाक (डोकनी नाँच) सहित “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०२१” सम्पन्न गर्यो ।
स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेनी लाक अर्थात डोकनी नाँच मुख्य आकर्षणको रुपमा रहेको थियो ।
जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित छोटो औपचारिक कार्यक्रममा याक्खा छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान, प्रमुख अतिथि छुम्माका सल्लाहकार एवं ज्येष्ठ नागरिक जित नारायण याक्खाका साथै विशेष अतिथिका रुपमा रहेका छुम्माकै सल्लाहकार किसन देवान, महेनद्र विक्रम देवान लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
छुम्माका उपाध्यक्ष लिला देवानको श्वागत मन्तब्यसंगै सचिव टोपबहादुर याक्खाद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमको समापन पश्चात देउसीभैलो संगै उत्कृष्ट याक्खा भेषभूषा तथा नृत्यलाई प्रशंसा पत्र सहित नगद पुरस्कारद्धारा पुस्कृत समेत गरिएको थियो ।
चार किरातहरु मध्ये सबै भन्दा कान्छो संस्थाको रुपमा २०१३ मा स्थापित किरात याक्खा छुम्मा हङकङले साह्रो गाह्रो पर्दा हङकङबासी याक्खा परिवारमा सरसहयोग गर्नुका साथै धरान १६, जोर सखुवास्थित याक्खा भवन निर्माण र संखुवासभा, धर्मदेवी न.पा. ४, याक्खाचोकमा निर्माणाधिन डोकेनी शालिक निर्माणको लागि ठूलो रकम सहयोग गर्नुका साथै देश विदेशमा रहेर विभिन्न क्षेत्र मार्फत याक्खा जातीलाई चिनाउँन विशेष योगदान दिने व्यक्तिलाई नगद रु.२०,१०० तथा ताम्रपत्र सहित ‘किरात याक्खा वर्ष सम्मान’ द्धारा सम्मान गर्दै आइरहेको छ ।