भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन

भारतीय अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयाघात भएर ५४ बर्षीय श्रीदेवीको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ मा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षकै उमेरमा तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । बलिउडमा महिला सुपरस्टारको रुपमा चर्चित उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि...

हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन

१४ जनवरी, हङकङ – नेपाली चलचित्र, गीत संगित र कलाकारहरुको राम्रो बजार रहेको हङकङमा एकै दिन दयाहाङ राई अभिनित २ वटा चलचित्रहरु “तान्द्रो” र “मिस्टर झोले” प्रदर्शन भयो । दयाहाङ राई, बुद्धि तामाङ, रामबाबु गुरुङ, सरस्वती चौधरी लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको १० वर्षे जनयुद्धको घटनाको कथामा आधारित चलचित्र “तान्द्रो” लाई नेपाल आदिवासी जनजाति महासंघ हङकङले कोष अभिवृद्धिका लागि च्यारिटी शो प्रद...

विष्णुकुमारको ‘यो जीवन’ सार्वजनिक

काठमाडौं, १० मंसिर । नेपाली सांगीतिक क्षेत्रका अर्को एक इँटा थपिएको छ । गीतकार विष्णुकुमार इङ्नामले आधुनिक गीतहरुको डीभिडी संग्रह 'यो जीवन' ल्याएका छन् । उक्त एल्बमको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुृलपति तथा कवि बैरागी काइँलाले विष्णुकुमारको 'यो जीवन' सार्वजनिक गरेका थिए । 'यो जीवन' सार्वजनिक गर्दै कवि काँलाले भने, 'गीतकार विष्णुकु...

हङकङमा हस्त लिबाङ ले “रेस” चलचित्र प्रदर्शन गर्ने

गत बर्ष "खुर्पा" चलचित्रको सफल प्रदर्शन बाट हौसिएका हस्त लिबाङले आगामी नया बर्षको छेक पारेर हङकङमा "रेस" चलचित्र प्रदर्शन गर्ने तयारी हुँदै गरेको कुरा गत सनिबार जोर्डन स्थित पुरानो भारतिय भुपु क्लबमा पत्रकारहरुलाई बोलाएर जानकारी गराउदै पोस्टर सार्बजनिक गरिएको छ।यो उनको ब्याक टु ब्याक प्रदर्शन हो। माता पाथीभरा फिल्मस प्रा लि को ब्यानरमा बनेको यो कथानक चलचित्र तयारीको अन्तिम अवस्थामा पुगेको उनले...

फिल्म साउथएसियाको मोबाइल एप

फिल्म साउथएसिया २०१७ वृत्तचित्र महोत्सवलार्इ मध्यनजर गर्दै मोबाइल एप आएको छ । दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र महोत्सबको एघारौ संस्करण कार्तिक १६ गते बिहिबारदेखि काठमाडौमा शुरु हुदैछ । एपबाट महोत्सवका देखाइने सबै वृत्तचित्रका जानकारी, देखाइने मिति र समयका साथसाथै मोबाइलको क्यालेण्डरमा आफूलाई हेर्न मन लागेका वृत्तचित्रलाई राखेर अलार्म समेत राख्न सकिने छ । साथसाथै फेसबुक वा ट्विटरबाट साइन इन ...

चम्किरहने जून सार्वजानिक

गीतकार भानु सुनुवारको 'चम्कि रहने जूनको’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजानिक भएको छ । सन्ध्या म्युजिकले सार्वजानिक गरेको उक्त गीतमा आवाज नवोदित गायक नविन सुनुवारले रहेको छ । रोजगारीका लागि कतारमा रहेका गायक सुनुवारको स्वर रहेको चम्कि रहने जूनमा संगीत तथा संगीत संयोजन पुष्कर सुनुवार हुन । किरण लाकौल, चन्दा दाहालको अभिनय रहेको भिडियोलाई सुनिल मगरले निर्देशन गरेकाछन् । यस गीतको अडियो भिडियोलाई स...

यस वर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ

यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान २०७३ बरिष्ठ गीतकार राजेन्द्र थापाले प्रदान गरिने भएको छ । गीतकार सङ्घ नेपालले बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान २०७३ मार्फत सम्मान गर्ने निर्णय गरेको छ साथै सङ्घले यस वर्ष देखि नयाँ विधामा समेत स्रष्टा र सर्जकलार्इ सम्मान गर्ने भएको छ । सङ्घले यहि भदौ १३ गते उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा ५औँ राष्ट्रिय स्रष्टा सम्मा...

सर्वोत्कृष्ट युगल गायन सुगम संगीतको अवार्ड भिषण र सुनिताको पोल्टामा

"परिश्रम र प्रतीक्षा गर्न सिक", यो भनाई भीषण मुकारुङको जिवनमा ठ्याक्कै मेल खाएको छ।उनि टिनएज छदै साङ्गितिक सागरमा हाम फाल्न भोजपुरबाट राजधानी छिरेका थिए। करिब बाह्र पन्ध्र बर्षको संघर्ष पश्चात उनले सफलताको किनारा भेट्टाएका छन। अर्थात साङ्गितिक क्षेत्रका एक उपल्लो पुरस्कारको बाजि मारेका छन।भिषणले यो बाजी नवोदिद गायिका सुनिता थेगिम सङ्ग मारेका हुन। गत आइतबार राजधानी काठ्मान्डौको जमलस्थित राष्ट्रि...

हङकङकि नौ बर्षिय बालिकाले रियालिटी सो मा सबैलाई चकित पारे

लोकपृय अमेरिकी रियालिटी सो "अमेरिकाज गट ट्यालेन्ट" को बाह्रौ सिजन अन्तर्गत हिजो बुधबार सम्पन्न एपिसोडमा हङकङकि नौ बर्षिय गायिका सलिन ट्यामको प्रभावशाली प्रदर्शनले निर्णायक मन्डल र उपस्थित सबै दर्शकहरुको वाहिवाही बटुलिन। तर त्यति मात्र हैन गेस्ट जज नायिका ल्याभरिन कोक्सलाई यति प्रभावित बनाईनकि जसले गोल्डेन बजरको बटन दवाउन बाध्य भईन। एक सिजनमा एक जजले एक पटक मात्र प्रयोग गर्न पाउने दुर्लभ गोल्डेन बज...

साउने सक्राति र संगीतको घुलन बगैंचामा

गत शनिबार यानी जुलाई १५ तरिक बि.सं. २०७४ असार ३१ गते साउने सक्राति लुतो फाल्ने सॉझको ठिक अघिल्लो सॉझ । त्यो दिनको अघिल्लो दिन मात्रै बगैंचा रेष्टुरेण्टका महा प्रबन्धक हरिचन्द्र राई र म बिच साउने सक्राति मान्ने बिषयमा छलफल भएको थियो । सक्राति त आईतबार परेको थियो तर हामी शनिबार नै मानौं भन्ने टुंगोमा पुग्यौं । ततपश्चात बगैंचा रेष्टुरेण्ट सक्रातिको बिशेष तयारीमा जुटेको थियो । महा प्रबन्धकले सक्रातिला...

शाहरुख र अक्षयका कारण सिपोराको ‘भूईामान्छे’ २ साता पछि

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र 'भूईँमान्छे'को प्रर्दशन मिति २ साता पछि सरेको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको 'भूईँमान्छे'ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो । शाहरुख खान अभिनित चलचित्र 'जब ह्यारी मिट सेजल' ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि 'भूईँमान्छे'को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकी...

नेपाली कथानक चलचित्र ‘Darjeeling Mail’ हङकङमा प्रदर्शन हुने

दार्जिलिङका प्रख्यात हास्यकलाकारहरूले अभिनय गरेको नेपाली कथानक चलचित्र 'Darjeeling Mail यहि अगामी २७ नोभेम्बर, आईतबार दिन २:३० बजे युनलोङ स्थिति थिएटर हलमा प्रदर्शन गरिने भएको छ । दार्जिलिङबाट हङकङमा बसोबास गरिरेहेका नेपालीहरूको संस्था 'United Gorkha Community of India-Hong Kong' को कोष अभिबृद्धी गर्ने उद्देश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको कुरा संस्थाका प्रमुख प्रमोद लिम्बूले बताउनु भएको छ ...