पूर्वी लद्दाखमा भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङलाई आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्। भारतीय पत्रिका दैनिक भास्करको दाबीअनुसार एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्। सी मंगलबार गआङडोङ प्रान्तस्थित सैन्य आधार क्षेत्रको भ्रमणमा गएका थिए। छाओझ...
अन्तर्राष्ट्रिय
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ माहिनायताकै धेरै……
बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत केही दिनको तुलनामा दोब्बर संख्याले वृद्धि भएको छ । गएको २४ घन्टामा थप एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत चार महिना यताकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या संख्या ४३ हजार १८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप १७ हजार २ स...
अमेरिकी राष्ट्रपतिबाट अब सर्दैन कोरोना……
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरूलाई कोरोना भाइरस (कोभिड–१९) सर्ने खतरा नरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्न चिकित्सक डा. सिन कोन्लीले ट्रम्पको स्वास्थ्य अवस्थाबारे आइतबार औपचारिक जानकारी दिएका हुन् । यद्यपि, उनले ट्रम्पमा कोभिड–१९ नेगेटिभ देखिएकोबारे केही उल्लेख गरेनन् । कोन्लीले राष्ट्रपतिको शरीरमा अब ‘भाइरसको संख्या बढेको कुनै प्रमाण नभेटिएको’ बता...
चीनद्वारा ताइवानको विषयमा भारतीय मिडियालाई ‘चेतावनी’……
चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए । नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई...
दक्षिण एसियामा प्रभावकारी देखिएन अनलाइन शिक्षा……
कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका कारण विद्यालयहरू बन्द छन् । संयुक्त राष्ट्रसंघका अनुसार यस क्षेत्रका करिब ६० लाख विद्यार्थी हाल विद्यालय जानबाट वञ्चित छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै दक्षिण एसियाका अधिकांश देशमा मार्च तथा अप्रिल महिनाबाट लकडाउन सुरु गरिएको थियो । उक्त समय यस क्षेत्रका अधिकांश व...
जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जवानको मृत्यु……
जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ । आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन ...
चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्यो संयुक्त तयारी……
चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ । यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरि...
चीनसँग विवाद भइरहेका बेला भारतले गर्याे शक्तिशाली क्षेप्यास्त्र परीक्षण……
चीनसँगको सीमा लद्दाखबारे विवाद बढिरहेका बेला भारतले भारतले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। भारतले शनिबार ओडिसाको बालासोरमा ‘सौर्य’ नामको ब्यालिस्टिक मिसाइलको नयाँ संस्करण सफलतापूर्वक परीक्षण गरेको हो। रक्षा मन्त्रालयका स्रोत उधृत गर्दै समाचार एजेन्सी पिटिआईले लेखेको छ– यो नयाँ मिसाइलले झन्डै हजार किलोमिटर टाढा आक्रमण गर्न सक्छ। भारतले यो क्षेप्यास्त्र परीक्षण यस्तो समयमा गरेको छ कि चीनसँग सीमा...
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण……
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् । बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानक...
चीनले भन्यो, ‘लद्दाखमा भारतको गैरकानूनी कब्जा’, भारतको कडा प्रतिक्रिया……
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले उनको देशले भारतद्वारा स्थापित गरिएको कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई मान्यता नदिने बताएको छ । भारतले चीनको दाबी खारेज गरेको छ । भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भने, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं । भारतले कहिले पनि एकतर्फी कारवाही अनुसार सन् १९५९ मा बनाएको एलएस...
कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु……
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ। कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ...
कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ……
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ । कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे । माइक र्यानका अनुसार अहिलेको ...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 50
- Next Page »














