मन्त्री स्थापितलाई हटाउने तयारीमा मुख्यमन्त्री…………

मकवानपुर– प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने कुराले राजनीतिमा तरंग ल्याएको छ। मुख्यमन्त्रीकै दौडमा रहेर अन्ततः प्रदेश मन्त्री भएका स्थापित त्यसबाट समेत बर्खास्तमा पर्ने लगभग निश्चित भएको छ। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री डोरमणि पौडेलले ओली निकटका स्थापितलाई पदमुक्त गर्न लागेका हुन्। स्थापितलाई हटाएरै छाड्ने दृढता...

१६ लाखको रिचार्ज कार्ड चोरी गर्ने पक्राउ

काठमाडौ नेपाल टेलिकमको १६ लाख रुपैयाँ बढीको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति माडी गाउँपालिका १ रोल्पाका २१ वर्षीय दलबहादुर पुन हुन । असोज २३ गते घोराहीस्थित शुभलक्ष्मी ट्रेडर्सले बसबाट चितवन पठाउन थालेको नेपाल टेलिकमको रिचार्ज कार्ड बीच बाटोमै चोरी भएको थियो । चोरी भएको २१ दिनपछि मंगलबार दलबहादुर पुनलाई थबाङ गाउँपालिका २ रोल्पाबाट ५...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, डिस्चार्जको तयारी……….

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएकाले डिस्चार्जका लागि परामर्श भइरहेको अस्पतालले जनाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र डिस्चार्जबारे परामर्श भइरहेको बता...

विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं……….

१५ कार्तिक २०७५, काठमाडौं - नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धार...

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर………..

१५ कार्तिक २०७५, काठमाडौं - स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ। सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर करिव ७० अर्ब पुग्ने देखिएको हो। आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म व्याजसमेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठल...

ऊखु किसानलाई रकम नदिने सुगर मिल्सका सञ्चालक राकेश अग्रवाल पक्राउ

काठमाडौ ऊखु किसानलाई बक्यौता रकम भुक्तान नगरेका व्यवसायी राकेश अग्रवाल पक्राउमा परेका छन् । आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज र सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रालिका सञ्चालक रहेका अग्रवालले उखु किसानलाई करीब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ऊखु किस...

बहिनीको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना………

ओखलढुंगा – बहिनीको सम्झनामा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी डमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय ङिमा शेर्पाले आफ्नी स्वर्गीय बहिनी डाली शेर्पाको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । ओखलढुंगा नौ डाँडा संस्था स्थापना गरी शेर्पाले डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र निर्माण गरेका हुन्। पाँच वर्षअघि बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राव भएर उनकी ४२ वर्षीया बहिनी ड...

सुन फलाउँदै ‘ट्रफल च्याउ’ यो जातको च्याउ मूल्यवान् हुन्छ……..

रोल्पा – थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने। रोकामगरका अनुसार सात वर्षअघि थवाङको एक हेक्टर जग्गामा रोपिएका चार सय ३५ मध्ये अहिले दुई सय बिरुवा हुर्किरहेका छन् । यी बिरुवा बेल...

पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले गरे बजार अनुगमन

सदरमुकाम फिदिममा व्यवसायीले कालो बजारी गर्ने गरेको पाइएको छ ।हिजो मंगलबार अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बजार अनुगमन गरेकाहुन। अनुगमन गर्ने क्रममा इलेक्ट्रोनिक्स र गिफ्ट पसलहरुमा बढी कालोबजारी हुने गरेको पाइएको तुम्रोकले बताए । त्यस्ता अधिकांश पसलहरुमा अन्डर बिलिङको समस्या पाइएको छ’ उनले भने बिलमा थोरै मूल्य देखिएको तर बिक्री गर्दा ५/६ गुणा बढी मूल्यमा...

सी.एस.टी.एन.डान्स कम्पिटिशनको उपाधी सिजस्मी गुरुङलाई

२८ अक्टुबर, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा आयोजित नेपाली बालबालीकाहरु बीचको खुल्ला डान्स कम्पिटिशनको प्रथम उपाधी सिजस्मी गुरुङले हात पारिन । २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतिष्पर्धामा कस्मिना गुरुङले दृतिय, आयुष्मा राईले तृतिय र प्रतिक्षा गुरुङले वेष्ट स्टेज पर्फमरको ट्रफी हाता पारे ।...

डी.ए.बी. द्धारा दशैको शुभकामना आदनप्रदान कार्यक्रम

२८ अक्टुबर, हङकङ– हङकङको सबै भन्दा ठूलो राजनीतिक पार्टी डोमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट (डी.ए.बी) ले नेपाली समुदायको लागि दशैको अवशरमा दिवा भोज सहितको भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गर्यो । हङकङमा रहेका नेपाली समुदायका अग्रज, बुद्धिजिवी तथा विभिन्न संघ संस्थाहरुमा आवद्ध समाजसेवीहरुलाई विशेष निमन्त्रणा गरेर आयोजना गरिएको उक्त कार्यक्रममा डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, एलेक्स प...

७८ औं साहित्य श्रृंखलामा सुनिइन नेपालकी कवि कल्पना काफ्ले

२८ अक्टुबर, हङकङ–  कवि कल्पना काफ्लेसंगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७८ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । नेपाल वायुसेवा निगमको जागिरकै शिलशिलामा केही दिनका लागि नेपालबाट हङकङ आइपुगेकी कवि काफ्लेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै एक–आपसमा परिचयात्...