पाइलैपिच्छेका जोखिमले २४ घण्टामा चारजनाको ज्यान गयो……….

११ कार्तिक २०७५, काठमाडौं - खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो। सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ। पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ। असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो। बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै...

द्रूतमार्ग डिपिआरको काम शुरु……….

०९ कार्तिक २०७५ काठमाडौं – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन सुरु गरेको छ। नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस...

तीन महिना बित्यो अनुसन्धान उपलब्धि शून्य………..

०९ कार्तिक २०७५, कंचनपुर– निर्मला पन्तको हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धी शून्य रहेको छ। प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितीको छानबिन प्रतिबेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन। अहिले सम्म ठोस तथ्य र नयाँ कुनै क्लु पाइएको छैन’, कंचनपुर प्रहरी कार्यालयक...

नेकपा अध्यक्ष दाहाल भारत प्रस्थान……….

०९ कार्तिक २०७५, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकुमल दाहाल आज भारत प्रस्थान गरेका छन्। दाहाल इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विहान ९ः४५ मा भारततर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए। दाहाल ‘इन्डिया आइडिया कन्क्लेभ’ मा सहभागी हुने छन्। दाहाल शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए। उनका साथमा स्वकीय सचिव जोखबह...

सडकले जोडिँदै नेपाल–सिक्किम………

०८ कार्तिक २०७५, पाँचथर - नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ। पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट न...

मुस्ताङमा एकैदिन चार हजार पर्यटक……….

०८ कार्तिक २०७५, पोखरा - प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ। यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ। मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला ...

नागरिकलाई सास्ती, पहुँचवालालाई मस्ती………..

०७ कार्तिक २०७५, जुम्ला - क्यानडा जानको लागि अन्तरवार्ता दिन काठमाडौं जान लागेका चन्दननाथ– ३ का नन्द तिमल्सेना हवाई टिकटकै लागि जुम्ला विमानस्थलमा चार दिनसम्म बसे। गाउँबाट जुम्ला विमानस्थल आएको पहिलो दिन टिकट पाउने आशमा दिनभर विमानस्थल ढुके । तर टिकट पाउन सकेनन्। टिकट त पाएनन् नै निजी विमान कम्पनीका कर्मचारीले उनलाई राम्रो व्यवहारसमेत गरेनन् । ‘टिकट पाउने आशामै यहाँ बसेको चार दिन भइसक्यो। जहाजको ...

सवारी चापले बेनी–जोमसोम सडक ठप्प ………..

मुस्ताङ भ्रमणमा जाने पर्यटकका सवारी संख्या अत्याधिक बढेपछि स्तरोन्नति भैरहेको बेनी–जोमसोम सडकमा घन्टौं ट्राफिक जाम हुने गरेको छ । अक्करे भीरको साँघुरा र पहिरोग्रस्त सडक पनि स्तरोन्नति गर्न भित्ता काट्ने र डिल तर्फ वाल उठाई फिलिङ गर्ने काम भैरहेकामा क्षमता भन्दा बढी सवारी साधन भित्रिए पछि दोहोरो सवारी पास हुन नसक्दा घण्टौं जाम हुने गरेको हो । मुस्ताङ जाने र तत्काल फर्कने भएकोले सडकमा दोहोरो सवारी ज...

विकास खर्च महिनाको दुई प्रतिशत…………

०७ कार्तिक २०७५, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका सबै अधिकारीले मुलुकको विकास आफ्नो पहिलो प्राथमिकता भने पनि पुँजीगत खर्चको अवस्थामा आशातित सुधार आउन सकेको छैन। पछिल्ला तीन वर्षको तथ्यांकसँग चालु आवको खर्चको अवस्थालाई हेर्दा केही सुधार देखिएको छ। तर, सर्वसाधारणको आशा र सरकारी अधिकारीहरुको ‘विकास पहिलो प्राथमिकता’ भन्ने नारा जसरी पुँजीगत खर्च हुन सकेको छैन। सरकारमा बस्ने अधिकारी...

विश्वका १० घुम्न लायक सहरमा काठमाडौं……..

काठमाडौं- विश्वका १० घुम्नलायक सहरमाको सूचीमा काठमाडौं पनि परेको छ। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।  तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ। हर्न निधषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ। उनसले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको स...

फेर्रियो शासन तर प्रवृत्ति पुरानै

काठमाडौं यतिबेला पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली र राष्ट्रपति विद्यादेवी भण्डारीलको चौर्थफि आलोचना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा आएपछि भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ। नेपालमा राजतन्त्र रहँदासम्म यस...

संघीय सरकारले अप्ठेरो पारे सहन्नौं………..

०६ कार्तिक २०७५, जनकपुरधाम – संघीय सरकारको आग्रहलाई उपेक्षा गर्दै प्रदेश २ को प्रदेशसभाले पारित गरेको प्रदेश प्रहरी सेवासम्बन्धी ऐन तीन महिनाभित्र कार्यान्वयनमा आउने दाबी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दाबी गरेका छन् । उनले संघीय सरकारले प्रदेश सरकारलाई अप्ठेरोमा पानै खोजे चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्। मन्त्री यादवले संघीय प्रहरी ऐन ल्याएर प्रदेश सरकारलाई आफ्नै ...