सुर्खेत - बुधबार कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरुले अर्थमन्त्री विनोदकुमार शाहले करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लगाए । अर्थमन्त्री शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत पत्तै नदिई चुनावी खर्च उठाउने नियतले गाउँमा बजेट पठाएको भन्दै कांग्रेस सांसदले सदनमा त्यसबारे जानकारी गराउन माग गरे । यद्यपि शाहले संसदमा यसबारे जवाफ भने दिएका छैनन् । मन्त्री शाहले गत फागुन १६ गते २३ ...
समाचार
यादव र राउतको शक्ति परीक्षण…..
काठमाडौँ — गत मंसिरमा भएको चुनावमा पराजित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अब बारा–२ मा हुने उपनिर्वाचनका लागि मैदानमा छन् । यो क्षेत्रबाट यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । तर, अध्यक्ष यादवले चुनाव जितेर पार्टीको संसदीय दलको नेतासमेत बनेका रामसहाय प्रसादलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमार्फत आफ्ना लागि संसद् छिर्ने बाटो बनाएका हुन् । तर, यसपटक बाराको उपनिर्वा...
चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने…..
काठमाडौँ — सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ...
उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता आज…..
काठमाडौँ - आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दाम...
दाउपेचमै बिते प्रधानमन्त्रीको १०० दिन…..
काठमाडौँ — पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि पुष्पकमल दाहालले दोहोर्याउँदै आएका छन्, ‘यस पटक देशले सम्झने गरी काम गर्छु । काम धेरै गर्छु, भाषण कम ।’ तर यस्तै भाषण गर्न उनले हरेक दिन दुई–तीनवटा सार्वजनिक कार्यक्रम भ्याउँछन् । यसैगरी बिते महत्त्वपूर्ण सय दिन, उपलब्धिका नाममा मन्त्रिपरिषद् पनि पूर्ण भएको छैन । संसद्को तेस्रो शक्ति हुँदा पनि सत्ता समीकरणको अंकगणितका कारण दाहाल प्रधानमन्...
सुनमायाले जितिन ‘गोल्डेन १०० हङकङ ३० किमि’ ट्रेल रेस
१ अप्रिल २०२३ हङकङ । अप्रिल १ आईतबार सम्पन्न भएको ‘२०२३ गोल्डेन १०० हङकङ ३० किलोमिटर‘ ट्रेल रेसमा सुनुमाया बुढा बिजयी भएकी छिन् । हङकङ समय बिहान ९ बजे शुरू भएर १२ बजेर ९ मिनेट ५६ सेकेन्ड हुँदा ३ घण्टा ९ मिनेट ५६ सेकेण्डमा उनले तोकिएको दुरि पार गरेकि थिईन । ईन्टर नेशनल ट्रेल रनिङ एसोसियसनद्वारा आयोजित उक्त ट्रेल रेस प्रतियोगिता हङकङको हक ताउ बाट शुरू भएर हक ताउमा नै समाप्त भएको थियो । प्रतियोगित...
अधिकार कटौतीमा पछि हटे सत्तारूढ सांसद…..
काठमाडौँ — प्रतिनिधिसभा नियमावली पारित गर्ने सम्बन्धमा सभामुख र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका पदाधिकारीबीच समझदारी जुटेको छ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीबीच शनिबार भएको छलफलले सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक निरन्तर राख्ने समझदारी गरेको हो । कार्यव्यवस्...
रञ्जिता सिंहदरबार, रेशम जेलमा…..
काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरीको रिहाइ विना रञ्जिता सरकारमा सहभागी भएकी हुन् । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी डिल्लीबजार कारागारमा छन् । नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेर सिंहदर...
२०७९ सालको एसईई आजदेखि सुरु…..
काठमाडौं - २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ...
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदै…..
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्मा हेरफेर गर्दै छन् । पुस ११ मा शपथ लिएसँगै उनले माघ ३, १४ र २३, फागुन १४ र १६ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सहयोगीहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाबाहेक ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । कांग्रेस ८, एस र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १–१ मन्त्रालय लिएर सरकार...
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम…..
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दलको बैठकमा १० पेज लामो सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका छन् । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकतालाई सत्ता समीकरणमा भएको फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले सरकार...
नेता ‘कोशी’ पारित गर्ने, कार्यकर्ता सडक तताउने, दलहरूकै दोहोरो भूमिका…..
विराटनगर - फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’को रूपमा पारित भयो । प्रदेशसभामा रहेका ९३ जना सांसदमध्ये कोशीको पक्षमा ८२ जनाले समर्थन गर्दा विपक्षमा ४ मत मात्रै पर्यो । अनुपस्थित ६ जना रहे । त्यसपछि लिम्बुवान र किराँत राज्यका पक्षका पहिचानवादी संघसंगठनहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् । तर, आन्दोलन गर्नेहरू अधिकांश कोशी नाम पारित गर्ने दलका नेता तथा कार्यकर्ताहरू नै छन् ।...















