तीन प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए शपथ…..

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सिफारिसमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा निशा...

गोंगबु-उपद्र गम्भीर र डरलाग्दो, सुरक्षाको प्रश्न…..

काठमाडौँ — यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएका उपद्रव तथा लुटपाटको घटना आफैंमा गम्भीर र डरलाग्दो छ । सामाजिक सञ्जालमा भाइरल भएका यसका दृश्यहरू ‘नेपालकै हुन् र’ जस्ता लाग्नेछन् । प्रायः द्वन्द्वग्रस्त र कानुन तथा सुव्यवस्था कमजोर भएका मुलुकमा देखिने यस्ता घटना काठमाडौंमा निकट विगतमा सितिमिति भएकै थिएनन् । इराक घटनाको निहुँमा २०६१ भदौ १६ मा ...

यातायात मजदुरको आन्दोलन, आज सार्वजनिक यातायात ठप्प…..

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड भएको छ । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले आज साँझ काठमाडौँको नयाँ बसपार्कमा सञ्चालित लोत्से मलमा तोडफोड गरेका छन् । सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एन्ड ड्रपको व्यवस्था गर्न...

जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदा…..

काठमाडौँ। सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बै...

आज आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द…..

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिदादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । स्वास्थ्यजस्तो संवेदनशील क...

विशिष्टको सवारीसमा जनतालाई सास्ती, नागरिकलाई रैती नै ठान्ने…..

काठमाडौँ — राष्ट्रपतिको सवारी व्यवस्थित गर्ने नाममा सरकारले सधैं सडक अवरोध गर्दै आएको छ, जबकि कुनै पनि ‘विशिष्ट’ को सुरक्षाका लागि आवागमन ठप्प बनाउने कानुन र कार्यविधि छैन । व्यस्त सडक घण्टौंसम्म खाली गराउँदा विद्यालयका बालबालिका, बिरामी, कर्मचारी र सर्वसाधारणले सधैं सास्ती खेप्नुपरेको छ । सहज सवारी चलाउन पटक–पटक जनस्तरबाटै माग हुने गरे पनि सुरक्षा निकायले भने बेवास्ता गर्दै आएका छन् । राष्ट्रपति ...

सुदूरपश्चिमको सरकार ढल्यो, काठमाडौंसम्म परकम्प…..

धनगढी, काठमाडौं — संघीय संरचना स्थापित भएको पहिलो कार्यकालमा पूरै ५ वर्ष एउटै सरकार चलेको सुदूरपश्चिम प्रदेशमा यस पटक एक महिनामै सरकार परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन नसकी राजीनामा दिएपछि बिहीबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् । यसले संघीय गठबन्धन पनि तलमाथि हुने सम्भावना बढाएको छ । प्रदेशसभाको निर्णायक शक्ति नागरिक उन्मुक...

टर्कीमा भूकम्पमा परी एघार हजारभन्दा बढी मृत्यु…..

एजेन्सी । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । य...

माओवादीमा पुरानै कार्यविभाजन ब्युँतियो…..

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो ।माओवादी केन्द्रका नेता गणेश साहले पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको पुष्टि गरे । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ । अर्का एक नेताले प्रदेश...

लोकतन्त्र नै खतरामा पर्छ…..

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए ।  नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा...

देशको संघीय स्वरूपलाई बलियो बनाउने प्रशासनिक संघीयताको बेहाल…..

काठमाडौं । देशका तीनै तहमा चुनाव भएर संघीयता व्यवहारतः कार्यान्वयनमा गएको पाँच वर्ष नाघिसक्यो । यसबीचमा सबै तहमा दोस्रो कार्यकालका लागि निर्वाचनहरू सम्पन्न भई सरकारहरू बनिसके । स्थानीय तहहरूमा नयाँ जनप्रतिनिधिहरू चुनिएको त आठ महिनाभन्दा बढी भइसक्यो । तैपनि देशको संघीय स्वरूपलाई बलियो बनाउन यथेष्ट भूमिका हुने प्रशासनिक संघीयताको भने बेहाल छ । पालिकाहरूमा निरन्तर प्रमुख प्रशासकीय अधिकृतहरू भेटिएमा स...

चितवन-२ मा उपनिर्वाचन चैतपछि मात्रै…..

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः नि...