देशभर बाढीपहिरोको वितण्डा : २६ को मृत्यु, ४१ बेपत्ता, २४ जना घाइते……

लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा तीन गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । धेरै परिवार विस्थापित भएका छन् । सडक, बाटोघाटोसमेत अवरुद्ध...

अस्ट्रेलियाद्वारा हङकङसँगको सुपुर्दगी सन्धि खारेज……

अस्ट्रेलियाले हङकङसँगको सुपुर्दगी सन्धि खारेज गर्ने निर्णय गरेको छ । केही दिनअघि चीनले हङकङका लागि ल्याएको राष्ट्रिय सुरक्षा कानुनले हङकङकै आधारभूत मान्यतालाई उल्लंघन गरेको दाबी गर्दै अस्ट्रेलियाले सन्धि खारेज गरेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनका क्रममा सन्धि खारेज गर्ने घोषणा गरेका हुन् । यसका साथै उनले अस्ट्रेलियामा अस्थायी भिसा...

सिन्धुपाल्चोकमा बाढीको बितण्डा……

भोटेकोसी नदीमा बुधबार राति आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ । भारी वर्षासँगै उर्लिएका काभ्रे र एल्मो ठाडो खोलाको भेल मिसिएपछि भोटेकोसीले ३६ वटा घर बगाएको छ । घटनामा २० जना बेपत्ता र ७ जना घाइते छन् ।  भोटेकोसीको बाढीले बाह्रबिसे–५ गातीको जम्बु बजारका १४ र खाग्दलका २० वटा घर बगाएको हो । घरसँगै बगेका जम्बुका १६ जना बेपत्ता छन् । ठाडो बल्कुर्टे ख...

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने अपरेटरहरुको निर्णय……

केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार अपरेटरहरुले यस्तो निर्णय गरेको बताए। भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अनर्गल प्रचार गर्दै...

तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ……

तिब्बतको विषयमा चलिरहेको असहमतीका बीच चीन र अमेरिकाले एक–अर्काको आधिकारीमाथि भिसा प्रतिबन्ध लगाएका छन् । दुई देशबीच थुप्रै मुद्दामा चलिरहेको मतभेदको यो नयाँ विषय हो । अमेरिकामा एकदिन अघि तिब्बतको विषयमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरियो, यसको जवाफमा बुधबार चीनले पनि तिब्बतसँग जोडिएको मुद्दामा गलत व्यवहार गरिरहेका अमेरिकीमाथि भीसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । मंगलबार अमेरिकी विदे...

छोटो दूरीका सार्वजनिक यातायात सुचारु गर्ने सरकारको निर्णय……

सरकारले काठमाडौं उपत्यका र जिल्ला भित्र सार्वजनिक सवारी साधन चलाउने दिने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले उपत्यका तीन जिल्ला र उपत्यका बाहिर सम्बन्धित जिल्ला भित्र मात्र सार्वजनिक सवारी चलाउने निर्णय भएको बताए। ट्याक्सी पनि उपत्यका भित्र र जिल्ला भित्र मात्र चल्न पाउने छन्। ट्याक्सीमा दुई जना मात्र यात्रु राख्न पाइने छ। सार्वजनिक यातायातमा पनि साम...

कोरोना संक्रमितको संख्या किन घटिरहेको छ?……

नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घटिरहेको देखिन्छ । बिहीबार २४ घण्टामा मात्रै १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै हालसम्म संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २०४ संक्रमित थपिएका थिए । केही दिनअघिको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घटिरहेको देखिन्छ । विगत १० दिनको तथ्यांक केलाउँदा असार १९ गते २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै धेरै ७७४ थियो ...

अमेरिकाद्वारा डब्लूएचओबाट बाहिरिने प्रक्रिया सुरु……

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट बाहिरिने औपचारिक कदम चालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएपछि गत मे महिनामा डब्लूएचओबाट बाहिरने घोषणा गरेका थिए । ईयूसहित विभिन्न देशहरुले त्यसो नगर्न आग्रह गरे पनि ट्रम्पले राष्ट्रसंघीय निकाय परित्याग गर्ने र त्यसलाई उपलब्ध गराइने रकम अन्य परोपकारी संस्थालाई दिने बताएका थिए । ट्रम्पले डब्लूएचओबाट अलग हुने उद्...

लकडाउनको उल्लंघन गर्दै ओलीको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्……

हालपनि देशमा लकडाउन जारी छ, मात्र स्वरुप परिवर्तन गरेर खुकुलो बनाइएको मात्रै हो । तर कोरोना संक्रमणको जोखिमलाई बेवास्ता र लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुने क्रम जारी रहेको छ ।स्वतन्त्र युवाहरुको ब्यानरमा प्रदर्शन हुने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यस्ता प्रदर्शन भएको बताइएको छ । केहीदिन अघि मात्रै प्रधानमन्त्रीले आफू निकटका युवा–विद्या...

पश्चिमाहरुको विरोधलाई अटेर गर्दै चीनले हङकङमा आफ्नो पकड बढाउँदै……

चीनले हङकङमा ‘सुरक्षा कानून’ लागू गरेपछि अहिले चीन र अमेरिकालगायत पश्चिमा देशहरुबीच तनाव चर्किँदै गइरहेको छ । यही स्थितिबीच आज चीनले हंगङमा आफ्नो सुरक्षा कार्यालय खोलेको छ । यो कार्यालयको माध्यमबाट हङकङका चीनका गुप्तचरहरुलाई खुलारुपमा काम गर्न तथा नयाँ सुरक्षा कानूनको अनुगमन गर्न बाटो खुलेको छ । अहिले हङकङमा ‘प्रजातन्त्र समर्थक’हरुद्वारा प्रदर्शन गरिँदै आइएको स्थल नजिकको एक होटेलमा सो कार्यालय खोल...

उपत्यकामा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो……

काठमाडौं उपत्यकामा २३ सहित २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गएको २४ घन्टामा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २५५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो विवरणअनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २...

विश्व स्वास्थ्य संगठनले भन्यो, ‘हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भटियो’……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो । डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’ य...