थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा २३२ थप जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १ सय १४, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा मा ७ जना, कोशी अस्प...

नेकपामा शक्ति संघर्षको बटमलाइन : जेठ २ मा फर्किने कि मंसिर ४ मा ?……

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ ।ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै दाहाललाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँ...

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी……

उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन् । पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए । संसारभरी कोरोनाभाइरस फैलन सुरु भएलगत्तै ६ महिना अघि नै उत्तर कोरियाले आफ्ना सीमा सील गरेका थिए र हज्जारौंलाई आइसोलेशनमा पठाएका थिए । उत्तर कोरियाले आफ्नो देशमा एकजना पन...

भारतीय प्रधानमन्त्री मोदी लद्दाख पुगे……

भारतीय प्रधानमन्त्री शुक्रबार बिहान केन्द्रशासित प्रदेश लद्दाखको लेह पुगेका छन् । जुन १५ गते भारत–चीन सीमामा भएको झडपपछिको अवस्थाको समीक्षा गर्नका लागि मोदी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १५ जुनमा चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । मोदीको लेह भ्रमणबारे जानकारी दिँदै भारतको सरकारी सञ्चारमाध्यम प्रसार भारतीले ट्वीट गरेको छ, ‘प्रधानमन्त्री मोदी अहिले निमु ...

ओली-दाहालको छलफल सकियो……

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । पार्टीमा देखिएको संकट समाधानका लाागि भन्दै नेकपाले जारी स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफल जुटेका हुन् । नेकपा स्थायी कमिटी बैठकमा ओली...

सलहका झुन्ड सुदूरपश्चिममा……

सलहका झुन्ड सुदूरपश्चिम प्रदेश पुगेको छ । सलह कैलालीको लम्कीचुहा, घोडाघोडी नगरपालिका र कञ्चनपुरको बेलौरी क्षेत्रमा पुगेको छ । सलहले किसानको बालीमा त्यति क्षति नगरे पनि किसान भने त्रसित भएका छन् । ‘ससानो झुन्डमा आएका सलह अब ठूलो बथानमा नआउलान् भन्न सकिँदैन,’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले भने, ‘सलह पुगेको सूचना पाउनेबित्तिकै किसान चिन्तित बनेका...

कोरोना अपडेटः थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो……

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै गण्डकी प्रदेशमा...

अमेरिका र बेलायत एकसाथ आइलागेपछि चीनले दियो चेतावनी !……

हङ्कङमा राष्ट्रिय सुरक्षा नीति लागू गर्ने चीनको कदमको बेलायत लगायतका मुलुकहरुले चर्को विरोध गरेका छन् । बेलायतले हङ्कङमा रहेका ३० लाख नागरिकलाई आफ्नो मुलुकमा बसोबासका लागि प्रस्ताव गरेको छ भने अमेरिकी प्रतिनिधिसभामा बैंकहरुमाथि प्रतिबन्धसहितको हङ्कङ स्वायत्तता ऐन ल्याइएको छ । प्रतिनिधिसभामा सर्वसम्मतिले पारित प्रस्तावमा भनिएको छ– ‘चिनियाँ अधिकारीसँग कारोबार गर्ने कुनै पनि बैंकलाई जरिवाना गरिनेछ ।’...

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती……

संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमा भन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेख...

३० लाख हङकङवासीलाई नागरिकता दिने बेलायतको प्रस्ताव……

५ वर्षपछि उनीहरुले आवासीय अनुमतिपत्रका लागि आवेदन तथा त्यसको १२ महिनापछि ब्रिटिस नागरिकताका लागि आवेदन गर्न पाउने बेलायतको विदेश मन्त्रालयले बुधबार जनाएको हो । चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने घोषणा गरेलगत्तै बेलायतले आफ्नो पुरानो उपनिवेशका ३० लाख बासिन्दालाई बेलायतमा बसोबास, काम गर्न र अन्तत: नागरिकताका निम्ति आवदेनको अधिकार दिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्...

पोखरामा सरकारविरुद्ध युवाको रिले अनसन……

सरकारले कोरोन संक्रमण रोकथामका लागि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै राजधानीमा युवाहरुको अनसन चलिरहँदा त्यसकै समर्थनमा पोखरामा पनि युवाहरुले रिले अनसन थालेका छन्। सातजना युवायुवतीले पोखराको मुस्ताङचोकमा विहीबार बिहानदेखि रिले अनसन थालेका हुन्। युवाहरुले पहिलो दिन सातघण्टे रिले अनसन थालेका छन्। स्वतः स्फूर्त भेला भएर आफुहरुले सरकारलाई झक्झकाउने गरि रिले अनसन थालेको युवाहरुले बताएका छन्। राजधान...

कोरोनाबाट ४९ दिने शिशुको मृत्यु……

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो। मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनकाे ...