६५ करोड सन्दिग्ध कारोबारमा शाह पक्राउ, शर्मालाई के हुन्छ ?…..

काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेका अछामका पृथ्वी शाहमाथि कानुनी कारबाही बल्ल अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार शाहले साथीभाइ, आफ्नो र परिवारका नाममा विभिन्न कम्पनी खडा गरी करिब ६५ करोड रुपैयाँ बराबरको शंकास्पद रकम ओसारपसा...

इन्धनमा अत्यधिक नाफा राख्दा उपभोक्तालाई महँगो…..

काठमाडौँ — ‍नेपाल आयल निगमले हवाई इन्धनमा बिक्रीमा अचाक्ली नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क तिर्नुपरेको छ । निगमले आन्तरिकतर्फ ४८.८१ रुपैयाँ र बाह्यतर्फ ९९.५३ रुपैयाँ नाफा राखेर हवाई इन्धनको कारोबार गरिरहेको छ । यो सरकार आफैंले बनाएको कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको ठाडो उल्लंघन हो । ऐनअनुसार कुनै पनि कारोबार गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख...

सरकारी कार्यालयको सेवा सुधारका लागि एक महिनाको अल्टिमेटम…..

काठमाडौं -     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजा देखिने गरी कार्यसम्पादन नगरे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले चर्को लाइन हुने सरकारी कार्यालयको सेवा सुधारका लागि एक महिनाको अल्टिमेटम समेत दिएका हुन् ।  अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’, सरकारी अस्पतालमा विराम...

दाहाललाई मन्त्रिपरिषद् विस्तारको सकस…..

काठमाडौँ — कार्यभार सम्हालेको एक साता नाघिसक्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । कतिसम्म भने, आफूले शपथ लिएकै दिन बनाएका चार मन्त्रीलाई पनि अझै बिनाविभागीय हैसियतमै राखिरहेका छन्, कुनै मन्त्रालय तोकेका छैनन् । केवल तीन उपप्रधानमन्त्रीलाई अर्थ, भौतिक पूर्वाधार तथा यातायात र गृह गरी एक–एक मन्त्रालयको जिम्मेवारी मात्र दिएका छन् । तीबाहेक डेढ दर्जन मन्त्रालय ...

पोखरेलीहरूको पाँच दशकअघिको सपना पूरा…..

पोखरा — हजारौं सर्वसाधारणको उपस्थितिबीच आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । पाँच दशकअघिको सपना पूरा भएको खुसियालीमा अमरसिंह चौरमा भेला भएका पेसागत संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकीसहित विमानस्थल पुगेका थिए । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरे । बिहान मौसम नखुल्दा काठमाडौंबाट जहाज आ...

यो कार्यकालमा भाषण कम, काम धेरै…..

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकाल यो कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिज्ञा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरेका छन् । नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुध...

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता…..

काठमाडौं-  कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारिहरु फिर्ता भएका हुन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बिहिबार साँझसम्म नेपाल प्रहरी...

पहुँचवालालाई मनपरी खर्च, सर्वसाधारण अस्पतालमै बन्धक…..

काठमाडौँ — कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यान्वयनमा जुटेका छन् तर गृहभित्रै यस्तै बेथिति उपचार खर्चका नाममा भइरहेको छ जहाँ विपन्न सर्वसाधारण उपेक्षित छन्, पहुँचवालाको हालीमुहाली छ ।  मोरङको धनपालथान गाउँपालिका–१, नोचाका शिवकुमार मण्डल गत वर्ष मंसिर ३ मा विराटनगर...

भागबन्डा प्याकेजमै दाहालले सम्हाले कार्यभार…..

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका सत्तारूढ दलहरूले राज्यशक्तिका बाँकी पद ‘प्याकेज’ सहमतिमार्फत बाँडफाँट गर्ने भएका छन् । शपथ लिइसकेका चार मन्त्रीका लागि मन्त्रालय तोकिनै बाँकी छ । मन्त्रिपरिषद्मा कुन दलबाट कति र कुन–कुन मन्त्रालयमा प्रतिनिधित्व रहने भन्नेमा पनि सहमति भइसकेको छैन । राष्ट्रपति र सभामुखमा मोटामोटी समझदारी बने पनि संघ र प्रद...

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् । एमाले उप...

माओवादी दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त…..

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन् । शपथ सोमबार अपराह्न ४ बजे हुँदै छ । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर आइतबारै दाहालले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रतिनिध...

फेरि ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री…..

काठमाडौं-  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आगामी ५ वर्षे कार्यकालमा सरकारको आधा–आधा कार्यकाल नेतृत्व गर्ने भएका छन् । कांग्रेस गठबन्धनले संविधानको धारा ७६ को उपधारा २ अनुसार ठुलो दलको हैसियतले सरकार बनाउने पहल कदमी सफल नभएपछि आइतबार बालकोटमा एमालेसहितको गठबन्धन बनेर नयाँ सहमति भएको हो ।...