एमसीसी अनुमोदनमा ढिलाइको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाइ : अमेरिका……

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ । नेपालस्थित अमेरिकी राजदुतावासले सोमबार एमसीसी सम्झौताबारे वक्तव्य जारी गर्दै अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु रहेको जनाएको हो । वक्तव्यमा दुई देशले एमसीसीमा से...

साउन ७ सम्म लकडाउनको मोडालिटी अहिलेको जस्तै……

सरकारले लकडाउन खुकुलो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेको मोडललाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो। अहिले सार्वजनिक सवारी सधान चलेका छैनन् भने निजी सवारीमा समेत जोर विजोर प्रणाली अपनाइएको छ। अन्तराष्ट्रिय र आन्तरिक हवाई सेवा बन्द छ। यस्तै शैक्षिक संस्थाहरु पनि बन्द छन्। केन्द्रसँग समन्वय गरेर प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रको लक...

पाकिस्तानमा बिहानै बन्दुकधारीको हमला, १० जनाको मृत्यु……

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज भवनमा बन्दुकधारीले आक्रमण गरेका छन् । घटनामा आक्रमणकारीसमेत १० जनाको मृत्यु भएको छ । घटना सोमबार बिहान ७ बजेतिर भएको हो । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनका अनुसार आक्रमणकारीले भवनकाे बाहिर कार ल्याएर राखे र त्यसपछि ग्रिनेड तथा गोली प्रहार गरे । प्रहरीको कारबाहीमा ती चारै आक्रणकारी मारिएकाे उनले बताए । यस्तै आक्रमणकारीको गोली...

चीनको बेइजिङ नजिक हिबेईका चार लाख व्यक्ति लकडाउनमा……

चीनले राजधानी बेइजिङ नजिकैको हिबेई प्रान्तमा कोरोनाका संक्रमित देखिएपछि कडा लकडाउन गरिएको छ । यो लकडाउनका कारण करिब चार लाख व्यक्ति प्रभावित हुनेछन् । यो लकडाउन हिबेई प्रान्तको एनशिनमा लगाइएको छ, जुन राजधानी बेइजिङ नजिक छ । गत वर्षको अन्त्यमा चीनबाटै कोरोना संक्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा संक्रमणको मामिला कम भइरहेको छ । तर संक्रमणको दोस्रो लहरको आशंकाका कारण कोरोनाका केही संक्रमित पनि...

थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि……

सोमबार थप चार सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको हाे । याे संगै कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५८६ रहेका छन् । आज एक सय २१ जना...

अफगानिस्तानमा अमेरिकी सैनिकको हत्या गर्न रुसले दियो पैसा ?……

रुसले तालिबान समर्थित चरमपन्थीलाई अफगानिस्तानमा रहेका अमेरिकी सैनिकलाई मार्नका लागि पैसा दिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नल पत्रिकाले रुसी सैन्य गुप्तचर यूनिटले गत वर्ष यसका लागि पैसा दिएको भन्ने रिपोर्ट प्रकाशित गरेको थियो । यसै युनिटमाथि युरोपमा घातक हमलाको कोसिसको आरोप लागेको थियो । अमेरिकामा रहेको रुसी दूत...

करोडौको संख्यामा रहेको सलहको ठूलो झुन्ड कपिलवस्तुमा……

बालीनाली सखाप पार्ने फट्यांग्रा जातका कीरा सलह कपिलवस्तुमा पनि करोडौ संख्याको झुन्डमा भित्रिएका छन् । भारतको सिद्धार्थनगर जिल्ला हुँदै जिल्ला भित्रिएका हुन । लुम्बिनीदेखि पश्चिम कपिलवस्तुका लवनीदेखि सदरमुकाम तौलिहावा तथा शिवराज नगरपालिकासम्म करोडोै संख्यामा रहेको सलहको झुन्ड दिउँसो चारबजेतिर कपिलवस्तु भित्रिएका हुन । सलह भित्रिएपछि किसानहरु आतंकित भएका छन । शुक्रबार भारतका बिभिन्न स्थानबाट नेपालका...

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्यो : ओली…….

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना नदेख्न समेत चेतावनी दिए। लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको र त्यो खेलमा नेपालका नेताहरु पनि ...

नेपालमा थपिए ४६३ कोरोना संक्रमित, कूल संख्या १२,७७२……

नेपालमा ४ सय ६३ कोरोना संक्रमित थपिएका छन् । आइतबार नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मानिसमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै देशमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १ सय ५ महिला र ३ सय ५८ पुरुष छन्। यस्तै साे अवधिमा थप १...

चिनियाँ अधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध……

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । पोम्पियोका अनुसार ती चिनियाँ अधिकारीले हङकङको स्वतन्त्रतालाई संकुचित पार्न क्रियाशील भएकाले अमेरिकामा प्रतिबन्ध लगाइएको हो । उनका अनुसार अमेरिकी प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्वअधिकारीहरूप्रति लक्षित छ । प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम भ...

अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्नुको विकल्प नरहेको उत्तर कोरियाको चेतावनी……

उत्तर कोरियाले शुक्रबार अमेरिकाविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनबाट देखिएको चुनौतीको प्रतिरोध गर्न यही विकल्पमात्रै बाँकी रहेको उसको दाबी छ । ‘अमेरिकाको आणविक चुनौतीबाट उम्कनका लागि उत्तर कोरिया सरकारले सबै संभव प्रयास अबलम्बन गरेको छ, चाहे वार्तामार्फत होस् वा अन्तर्राष्ट्रिय कानूनअनुसार । तर सबै प्रयास आशारहित रुपमा समाप्त भए,...

पहाडी जिल्ला पाल्पामा सलहको बास……

भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले सलहका विभिन्न झुण्ड पाल्पामा बास बसेको बताए । ‘आज दिउँसोसम्म दोभानमा मात्र सीमित थियो । मदनपोखरा तथा सराई हुँदै हुल टुक्रा टुक्रा भएर आएको हुनुपर्छ । यो ठूलो संख्यामा हुनसक...