काठमाडौं- फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुन...
समाचार
आइतबार बिहान ७ बजेदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान सुरु…..
काठमाडौँ — मुलुक हाँक्ने प्रतिनिधि छनोट गर्ने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । देशभर १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्रमा मतदान भइरहेको छ भने १४१ स्थानमा अस्थायी मतदानस्थल तोकिएको छ । पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र ...
चुनाव प्रचार भोलि बिहीबार मध्यरातसम्म मात्रै पाउने…..
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई...
डलरको तुलनामा बलियो बन्दै नेपाली मुद्रा…..
काठमाडौँ — केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । यस अवधिमा अमेरिकी डलरको विनिमय दर घटिरहेकाले नेपाली मुद्रा बलियो बनेको हो । यही कात्तिक ३ मा नेपाली रुपैयाँसँग एक अमेरिकी डलरको विनिमय दर १३३.१४ रुपैयाँ थियो । यो हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो अमेरिकी डलर कमजोर बन्दै गएको हो । गएको एक वर्षमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ५ पटकसम्म ब्याजदर...
दुःख देख्न्या को छन् र भोट दिनु ?…..
बझाङ — खप्तडछान्ना गाउँपालिका–३, मेल्तडीका बमबहादुर दमाई भारत जानका लागि बाटो खर्च खोज्दै छन् । ९ जनाको परिवारसहित भारत पस्ने तयारी गरेका उनले सबैका लागि पुग्ने गाडीभाडा र खाने–बस्ने खर्च जुटाइसकेका छैनन् । स्थानीय र छिमेकी गाउँका आफन्तबाट बाटो खर्चका लागि ऋणको आश्वासन पाएका छन् । ‘सबै परिवारलाई भारतसम्म पुग्न ५० देखि ६० हजार खर्च लाग्छ, ऋण पाउनेबित्तिकै बाटो लाग्छौं,’ उनले भने । एक वर्षदेखि छिमेक...
मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक…..
काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन...
रिता फोम्बो ठुली को निङ्वासुम म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, कार्तिक २५ गते । तेह्रथुममा जन्मेर लन्डनमा कर्मथलाे बनाउँदै आइरहेकी रिता फोम्बो सांस्कृतिककर्मि हुन् । रिता फाेम्बाे ठूली उपनामले परिचित रिताले बिगत केहि वर्षदेखि लिम्बू भाषा संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले लोप हुदै गरेको लिम्बु पालामल...
विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा…..
भक्तपुर - वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ । यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का ...
खरिद प्रस्तावमै मुख्यमन्त्री कार्यालयको हस्तक्षेप…..
काठमाडौँ — वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय र प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच विवाद हुँदा सार्वजनिक सवारीसाधनमा नगदरहित भाडा भुक्तानी प्रणालीको डिभाइस खरिदसम्बन्धी प्रस्ताव ६ महिनादेखि रोकिएको छ । खरिद प्रक्रिया रोकिएपछि प्रस्ताव पेस गर्नेबारे प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच विवाद चुलिएको हो । सरकारी लगानीबिनै सुरुमा ८० क...
गएराति सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो…..
डोटी- डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ...
विशेष अदालतले प्रमाण बेवास्ता गरेको अख्तियारको निष्कर्ष…..
काठमाडौँ — विशेष अदालतका बहुसंख्यक फैसला प्रतिवादीको पक्षमा आउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ । अनुसन्धानबाट पुष्टि भएका तथ्य प्रमाण तथा सर्वोच्च अदालतबाटै स्थापित नजिरविपरीत विशेष अदालतले भ्रष्टाचारजन्य मुद्दामा प्रतिवादीको पक्षमा फैसला गरेको भन्दै अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो । अरू बेला अख्तियारले प्रतिवादीको पक्षमा...
आज साँझ चन्द्रग्रहण लाग्ने…..
काठमाडौं - आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ...
















