दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा कांग्रेस नेता शशांक…..

नवलपरासी — पूर्वी नवलपरासीमा दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता डा. शशांक कोइराला र एमालेका केन्द्रीय नेता कृष्ण पौडेलबीच यसपल्ट कसिलो प्रतिस्पर्धा देखिएको छ । २०४८ पछिका सबै संसदीय निर्वाचनमा लगातार कांग्रेसको बर्चश्व रहेको पूर्वी नवलपरासीमा यसपल्ट फेरि कांग्रेस विजयी भयो भने कांग्रेसको दोहोरो ह्याट्रिक हुने छ । लगातार चौंथो पटकका लागि कांग्रेस नेता कोइराला उम्मेदवार छन् । ०४८ पछि...

चार मुलुकका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आउँदै…..

काठमाडौँ — आमनिर्वाचन अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउनेछन् । श्रीलंका र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउनेछन् । उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउन ...

देउवा र ओलीबीच आरोप –प्रत्यारोप…..

डडेलधुरा-    सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रब...

शेखर कोइराला बने कमरेड…..

मोरङ-     मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगरको ४ नम्बर वडाको पिपलचोकमा आयोजित चुनावी अभियानका क्रममा कांग्रेस नेता डा.शेखर कोइरालालाई माओवादी कार्यकर्ताले ‘कमरेड’ भनेर सम्बोधन गरेका छन् । डा. कोइरालालाई ‘कमरेड’ भनिएपछि केहीबेर कार्यक्रममै हाँसोको फोहोरा छुटेको थियो । कार्यक्रममा सम्बोधनका लागि कोइरालालाई निम्त्याउनुपर्ने थियो । माओवादीका स्थानीय नेता नवराज विष्टले प्रदेश सांसदका उम्मेदवार जी...

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार…..

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ। पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन् । अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट...

दलका घोषणापत्रमा हावादारी आश्वासन…..

काठमाडौं-   राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा रोजगारीको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ल्याएका घोषणापत्रमा अन्य विषयका अतिरिक्त रोजगारी सिर्जनाका एजेण्डा पनि समेटिएका छन् । दलहरुको घोषणापत्रमा आगामी ५ वर्षभित्र स्वदेशमै रोजगारीको अवस्था सिर्जना गरेर वैदेशिक रोजगारीमा ज...

दक्षिण कोरियाली राजधानी सोलमा शनिबार राति भएको भागदौडमा १५३ को मृत्यु…..

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो । झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रम...

आज छठपर्वको अन्तिम दिन…..

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थी...

नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने…..

काठमाडौं-    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् भएको उल्लेख गर्दै यस संवत्‌काे पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट...

समानुपातिक बन्दसूचीबाट आयोगले नाम हटाइँदै…..

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो । दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने...

नेपालमा होली वाइनका नाममा बदनाम…..

काठमाडौं-     जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन युनिफिकेशन चर्चमाथिको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेका छन् । यसअघि आफ्ना पार्टीका सांसदहरूलाई सो समूहबाट बाहिरिन निर्देशन दिइएको भए पनि आम असन्तुष्टि कम नभए पछि जाँचको आदेश दिइएको हो । गत जुलाई ८ मा जापानको इतिहासमा सबैभन्दा लामो शासन गरेका शिन्जो आबेको हत्यामा चर्चको संलग्नता रहेको खुलेपछि चर्च अनुसन्धानको केन्द्रमा छ । अनुसन्धानदाताका अ...

एमालेमा निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव…..

काठमाडौं-      नेकपा एमालेमा ओली समूह ‘ए’, माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहेका १० भाइ ‘बी’ र पूर्व माओवादी समूहलाई ‘सी’ ग्रेड राखेर वर्गीकरण गरिएको हाल एमालेमै रहेका एक पूर्वमाओवादी नेताले जनाएका छन् । आसन्न निर्वाचनमा उम्मेदवारी छनोटमा भेदभाव भएको तर्कसहित उनको भनाइ छ, ‘उम्मेदवारको योग्यता, क्षमता र लोकप्रियतामा ध्यान दिइएन । वर्गीकरणका आधारमा टिकट दिइयो । जसरी राणा शासन राणाहरुकै वर्गीकरण ...