सडकमा ग्राभेल खसाल्ने कामलाई रोक्न गएका नगर प्रहरी कुटिए……

शहरी विकास मन्त्रालयबाट आएको बजेटबाट गुपचुप तरिकाले भैरहेको सिमरा–मलाही सडकमा ग्राभेल खसाल्ने कामको बारेमा बुझ्न गएको महागढीमाई नगरपालिकाका नगर प्रहरीलाई बुधबार कुटपिट गरिएको छ। कुटपिटबाट नगर प्रहरी नमिता कुशवाह लगायत घाईले भएका छन्। धारिलो हतियारबाट प्रहार गरिएको कुशवाहाको टाउकोमा चारवटा टाँका लागेको कलैया अस्पतालले जनाएको छ। ‘नगरप्रहरीको टाउकोमा गहिरो चोट लागेको छ,’ कलैया अस्पतालका डाक्टर रबी रो...

कोरोना अपडेट : थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो……

बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा...

पतञ्‍जलिले बनाएको ‘कोरोनाविरुद्धको’ औषधिको प्रचारप्रसारमा रोक……

भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ । भारतको आयुष मन्त्रालयले पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो । भारतीय कम्पनी पतञ्जलिले...

एसइइको नतिजा प्रकाशन कार्यविधि जारी……

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइइ कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति...

रुससँग चाँडो हतियार माग्दै भारत……

चार दशकयताकै सबैभन्दा ठूलो भिडन्त निम्तिएर चीनसँगको सम्बन्ध बिग्रिएका बेला भारतले रुसलाई मिसाईल डिफेन्स प्रणाली र फाइटर जेटको आपूर्ति तीव्र गर्न दबाब दिइरहेको छ । गलवान उपत्यकामा गत साता भिडन्तमा २० भारतीय सैनिक र चिनियाँ सैनिक (संख्या नखुलेको) मारिएपछि चीन र भारतका विदेश मन्त्रीहरुबीच वार्ता हुँदैछ, वार्ताअघि नै भारतले रुससमक्ष अत्याधुनिक हतियार आपूर्तिको माग राखेको हो । रुसी विदेशमन्त्री सर्जेइ ...

कोरियामा पाकिस्तानी र बंगलादेशी ईपीएस कामदारलाई प्रतिबन्ध……

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया आएका बंगलादेश र पाकिस्तानका अधिकांश नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएपछि प्रतिबन्ध लगाइएको छ । शनिबार र आइतबार दुवै देशबाट आएको ३१ जनालाई भाइरसको संक्रमण पुष्टि भएको थियो । दक्षिण कोरिया सरकारका अनुसार दुवै देशका नागरिकलाई मंगलबारदेखि दक्षिण कोरिया आउन प्रतिबन्ध लगाइएको हो । कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ती देशहर...

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो……

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ७६ जना कोरोना मुक्त भएका छन्। कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका ...

संसारभरी कोरोना संक्रिमतको संख्या ९० लाख नाघ्याे……

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजि...

डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै डब्लुएचओले दियो चेतावनी……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् । उनले भने– ‘विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस ...

उत्तर कोरियाले सैन्य गतिविधि निषेधित क्षेत्रमा ‘लाउडस्पिकर’ जोडेर हल्ला फैलाउन थाल्यो……

उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । ‘उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ’ दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ स्टाफका एक अधिक...

सरकारकै बेवास्ताका कारण निजी विद्यालयले शुल्क माग्न थाले……

संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्यालयहरुले शुल्कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो ।...

कोरोना संक्रमणबाट एकैदिन ३ सय ७० जना निको भए……

सोमबार एकैदिन ३ सय ७० जना कोरोना संक्रमणबाट निको भएका छन् । निको भएका उनीहरु देशभरिका बिभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुनेमा ३२ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् । सोमबार निको भएकासहित निको हुनेको संख्या २ हजार १ सय ४२ जना पुगेका छन् । ती मध्येमा १ सय ६१ महिला र १९ सय ६१ पुरुष छन् । एकैपटक धेरै जना डिस्चार्ज भएको पहिलो पटक रहेको यस अघिका तथ्यांकले औल्याएका छन् । निको हुनेहरुमा द...