चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन…..

काठमाडौं-       चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीसीपी) का शीर्ष नेताहरू आइतबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने २० औँ राष्ट्रिय सम्मेलनको लागि ग्रेट हल अफ पिपुल्समा भेला भएका छन् । सम्मेलनमा कैयौँ गोप्य बैठकपछि शक्तिशाली पदहरू र समितिको नेतृत्व र सदस्यहरु फेरबदल हुनेछन् । यही भेलाले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्ने बताइएको छ । भेलामै आगामी पाँच वर्ष पार्टीले लिने दिशाबार...

चुनावी संघारमा नौ थरी व्यापारका लाइसेन्स…..

काठमाडौँ — निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि धितोपत्र बजार, वस्तु बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनीलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागेको विषयमा निर्वाचन आयोगले सरकारलाई स्पष्टीकरण सोधेको छ । आयोगले शनिबार पत्र लेखेर अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई तीन दिनभित्र जवाफ पठाउन भनेको हो । निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार उपभोक्ता हित ...

निलम्बन फुकुवासँगै पाकिस्तानी फुटबल टोली नेपाल आउने…..

काठमाडौँ — पाकिस्तानी फुटबल टोली मैत्रीपूर्ण खेलका लागि एक महिनापछि नेपाल आउने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पकिस्तानी टोलीमाथि गरेको निलम्बन फुकुवा गरेसँगै उक्त टोली मध्य नोभेम्बरमा नेपाल आउने भएको हो । यसका लागि उक्त टोलीले पाकिस्तानको लाहोरमा ६ हप्ताको तालिम गरेको छ । पाकिस्तान फुटबल महासंघले बिहीबार यसबारे जानकारी दिएको हो । पाकिस्तानी टोली मध्य नोभेम्बरमा नेपालसँग प्रतिस्पर्ध...

उम्मेदवारी फिर्ता लिने आज दिउँसो १ बजेसम्म…..

काठमाडौं-     आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम...

युक्रेनमा रुसको भीषण आक्रमण…..

काठमाडौं -   सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ । युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेव...

मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता…..

मुगु, कालीकोट, हुम्ला — अविरल वर्षासँगै खसेको पहिरोमा परी मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ भने २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा पनि घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् । कालीकोटमा बेपत्ता भएका २३ मध्ये ४ जनाको शव फेला परेको छ । पाँच दिनदेखिको भीषण वर्षाका कारण गाउँमाथिबाट ठूलो पहिरो आउँदा सालि...

जसपाको नीति दुई डुङ्गामा खुट्टा, सत्ताको स्वाद…..

काठमाडौं-     झण्डै डेढ वर्षदेखि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्न पुगेसँगै दुई डुङ्गामा खुट्टा हाल्न पुगेको टिप्पणी हुन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै कांग्रेस माओवादीसँग मिलेर सत्ता गठबन्धनमा सामेल जसपा अन्ततः मङ्सिरको निर्वाचनका क्रममा भने उनै ओली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि जसपामाथि यस...

हिमाली क्षेत्रमा ७ सय पर्यटक र गाइड अलपत्र…..

काठमाडौँ — भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा अलपत्र परेका छन् ।  ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाका अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र पर...

निर्वाचनका लागि उम्मेदवारी दर्ता आज…..

काठमाडौं-    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए प...

थापा सूर्य चिह्नबाट लड्दै, भुसाल स्वतन्त्र…..

रूपन्देही‚ अछाम — प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने तयारीमा छन् । यसअघि भुसाल निर्वाचित क्षेत्र रूपन्देही ३ पनि एमालेले राप्रपाका लागि छाडेको छ, जहाँबाट पञ्चायतकालमा समेत मन्त्र...

सत्ता गठबन्धनमा यसरी सिट बाँडफाँट…..

काठमाडौं -    सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सिट बाँडफाँटको हिसाब फेरिएको छ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने देखिएको हो । सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि पहिले भएको सिट बाँडफाँटमा हेरफेर हुने भएको छ । यसअघि कांग्रेसले ८६, माओवाद...

बाढीको उच्च जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह…..

काठमाडौँ — केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी-पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो । शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैल...