कोरोनाभाइरस महामारी खतरनाक चरणमा : विश्व स्वास्थ्य संगठनको चेतावनी……

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरसको महामारी बढ्दै गइरहेको र संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको चेतावनी दिएका छन् । उनका अनुसार, यतिखेर संसारमा कोरोनाभाइरसको महामारी फैलिदै गइरहेको छ । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेका छन्, जुन एकै दिनमा त्यत्तिका संख्यामा संक्रमित फेला परेको पहिलो हो । जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनक...

आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड उपलब्ध गराउने……

सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरूलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको हो । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप क्वारेन्टिन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड—१९ कोषबाट ३५ करोड रुपैयाँ स्थानीय...

गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए……

गण्डकी प्रदेशका विभिन्न सात जिल्लाका थप ५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ती मध्ये एकजना १९ महिने बालिका पनि छिन। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार सबैभन्दा बढी तनहुँमा २५ जनामा संक्रमण देखिएको छ। त्यस्तै नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २, म्याग्दी र स्याङ्जामा १-१ जनामा संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार सन्क्रमितमध्ये तनहुँको ऋषिङ्ग गाउँपालिकाका २१ जना, ब्यास र ...

कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित……

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्र...

चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गऱ्यो : रिपोर्ट……

चीनले गिरफ्तार गरेका १० जना भारतीय सैनिकलाई रिहा गरेको छ । सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो। रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेको भारतीय पत्रिका द हिन्दूले भारतीय सेनालाई उद्धृत गर्दै लेखेको छ । मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार स...

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय……

सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको ...

शुक्रबार ४२६ जना नयाँ संक्रमित थपिए……

शुक्रबार चार सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ट...

भारत–चीन तनावले व्यापार सम्बन्ध जोखिममा……

गत सोमबार २० जना भारतीय सैनिक जवानहरुको ज्यान जाने गरी लद्दाखमा भएको भीडन्तका दौरानमा आफ्ना कुनै पनि सैनिकहरु चीनको कब्जामा नरहेको भारतीय सेनाले जनाएको छ । भारतको एनडीटीभी नेटवर्कले प्रशारण गरेको एक रिपोर्टमा सो कुराको जानकारी दिइएको छ । चिनियाँ सैनिकसँगको सो झपडमा परी ७६ जना भारतीय सैनिकहरु घाइते बनेको तथा अहिले उनीहरुको अवस्था सामान्य रहेको एनडीटीभीले जनाएको छ । घाइतेमध्ये ५६ जना आउने हप्तामा आफ...

भारत सामान्य अवस्थामा फर्किंदै छ : मोदी……

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारत फेरि सामान्य अवस्थामा फर्किइरहेको बताएका छन् । लकडाउन खुकुलो पारिएसँगै व्यापारिक, औद्योगिक तथा कृषिसम्बन्धी गतिविधि सुचारु हुँदै जानुका साथै विभिन्न वस्तु तथा सेवाको उपभोग तथा माग बढेको उनको भनाइ छ । लकडाउनको अवधिमा भारतभर उत्पादन, बिक्री, माग र उपभोग घटेकोमा अहिले पूर्ववत् अवस्थामा फर्कन थालेको मोदीले जनाए ।  व्यावसायिक क...

अंगीकृत नागरिकताबारे बिबाद : बालुवाटारमा २ घण्टासम्म ओलीले सुने काँग्रेसका कुरा……

सरकार पक्ष र प्रमुख प्रतिपक्षबीच नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)का विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अग्रसरतामा बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच नागरिकता विधेयक र एमसीसीका विषयमा छलफल भएको हो । करिब दुई घण्टा चल...

बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण……

बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन । ‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्...

चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन……

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ । नयाँ पुस्तकका डोनाल्ड ट्रम्पले यसै वर्ष नोभेम्बरमा हुने चुनावमा विजयी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग खोजेको उल्लेख छ । बोल्टनका अनुसार अमेरिकी किसानहरुले उत्पादन गरेका कृषीजन्य वस्तु किनेर चीनले आफुलाई चुनावमा सहय...