सरकार भन्छ : कोरोना संक्रमण फैलावटको अवस्था नियन्त्रणमै छ………..

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो। मन्त्रालयले हालसम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको र एकजनाको उपचार भई घर फर्किसकेको र बाँकी २ जना विरामी टेकु अस्पतालमा आइसोलेसनम...

सरकार उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत…………..

काठमाडौं- सरकारले कोरोना भाईरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रीत भएर काम गरिरहेको स्पष्ट पारेको छ। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले विहिबार संचारकर्मीसंग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका हुन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ...

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस…………….

लहान - प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्। सघन जनसंख्या र खुल्ला नाकाका कारण यो प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले नमुना परीक्षणको बन्दोबस्त प्रदेशमै मिलाउन उनीहरुको सुझाव छ। परीक्षणको दायरा नबढाए एक्कासि थेग्नै नसकिने अवस्था निम्तिन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन्। प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर...

फेरी एक जनामा देखियो कोरोना…………..

काठमाडौं- काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ। राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्। फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उन...

प्रदेशलाई पिपिई सेट तथा मास्क पठाइयो………….

काठमाडौं- केन्द्र सरकारले ६ वटा प्रदेशमा ५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री (पिपिई) तथा ३० हजारको दरले मास्क पठाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा सोमबार पिपिई सेट तथा मास्क पठाइएको हो। गण्डकी प्रदेशमा पनि ५० वटा पिपिई सेट र ३० हजार मास्क पठाउने तयारी भएको विभागले जनाएको छ। पिपिई सेट कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्व...

नियतवश रोग फैलाए १० वर्ष जेल……………

काठमाडौं - नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिवाना हुने व्यवस्था छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अर्थात् कुनै पनि सरुवा रोग जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित जरिवाना हुने...

कोरोनाविरुद्धको लडाईमा नेपालसँग हामी साथ छौं : चीन……….

काठमाडौं- कोरोना भाइरसलाई परास्त गर्ने दिशामा अघि बढेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो। चीनले कोरोनाविरुद्धको लडाइका लागि सकेसम्मका चिकित्सा सामाग्री मिलाउने समेत जनाएको छ। चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै आफुहरु साथमै रहेको बताएकी छन्।...

लकडाउन प्रभाव : सुनसान सडक……………

काठमाडौं- सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गरेको छ। आजबाट लकडाउन गरिएको हो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको छ। लकडाउन पछि राजधानी काठमाडौंका सडक सुनसान देखिए। विहान गुडेका सवारीलाई पनि प्रहरीले सम्वन्धित स्थानमै फर्काएको छ। मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न...

देशभर ‘लकडाउन’ सरकारको आदेश नमान्‍नेमाथि कारवाही हुने……….

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस(कोविड–१९)को सम्भावित संक्रमणबाट बच्न सरकारले भोलि(मंगलबार)देखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले म‌ंगलबार बिहान ६ बजेदेखि एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो। यस्त...

फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना देखियो………

काठमाडौं- फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएका एक जनामा कोरोना देखिएको छ। स्वास्थ्य मन्त्रालयले आकस्मिकरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना देखिएको बताए। १९ वर्षिय ति युवतीको नाम गोप्य राखिएको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमित ति युवतिको अवस्था समान्य...

कोरोनाबारे पूर्वतयारी झिनो

काठमाडौं – सरकारी अधिकारीहरूले कोरोनाको पूर्वतयारी बलियो भएको बताए पनि व्यावहारिक पक्ष भने झिनो र कमजोर देखिएको छ। कतिपय विशेषज्ञ र डाक्टरहरूले नै सरकारले पूर्वतयारीमा संयमता नअपनाएको भन्दै आलोचना गरिरहेको बेला सरकारको तयारी झन् कमजोर देखिन थालेको हो। हालसम्म तीन ठाउँमा कोरोना संक्रमितको उपचार गर्न सकिने योजनामात्रै सरकारको छ। टेकु, पाटन र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमितलाई...

कालोबजारी गर्नेलाई तीन लाख जरिवानासहित ५ वर्ष जेल………

काठमाडौं- बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ। कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवानासहित ५ वर्ष जेल सजाय हुने बताएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए। उनले भने, 'बजारमा ...