चारवटै प्रस्ताव सभाबाट अस्वीकृत…………

जनकपुर – प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो। नामाकरण र स्थायी राजधानी तोक्न दलहरुबीच सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवको संयोकत्वमा गठित नामाकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समितिले मतदान प्रक्रियामा जान फागुन २९ गतेको प्रदेशसभा बैठकमा प्रस्...

कोरोना त्रास : सुनसान हुन थाले जमघटस्थल……….

काठमाडौं – चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ। विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ। अहिलेसम्म विश्वका करिब १ सय ६२ देशमा कोरोना संक्रमण फैलिसकेको छ। यस भाइरसको संक्रमणबाट ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ७ सय सय जना यो भाइरसबाट संक्रमित भएका छन्। डब्लुएचओले नेपाललाई उच्च जोखिमको सूचीमा राखेर सावधानी अपनाउन आग...

१० लाख ८ हजार मास्कसहित पाँच पक्राउ…………

काठमाडौं – चीनबाट मास्क आपूर्ति हुन छाडेको छ। त्यसकारण एक महिनायता नेपालमा मास्कको खडेरी नै परेको छ। विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसको जोखिमबाट जोगिन मास्क लगाउन सुझाएसँगै त्यसको खोजी गर्नेको संख्या ह्वात्तै बढेको छ। बजारमा माग बढेसँगै व्यापारीले त्यसलाई कमाउने अवसरका रूपमा उपयोग गर्दा केही समयदेखि मास्क सजिलै पाउन छाडेको छ। बल्लबल्ल भेटिए पनि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्। यस्तो अवस्थाम...

‘काेराेना विरुद्ध मिलेर लडाैं”……

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार आयोजित भिडियो कन्फरेन्सबाट कोरोनाविरुद्ध मिलेर लड्न सार्कस्तरीय आपतकालीन कोष पनि स्थापना गरिएको छ। मोदीले कोष स्थापनाको प्रस्ताव गर्...

आइओसी प्रतिनिधिको दादागिरी……………

वीरगन्ज - भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी गर्ने ट्यांकरले इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्रतिनिधिले अवैध रूपमा मागेको रकम दिन नमान्दा शनिबार दिनभर इन्धन आपूर्ति ठप्प भयोे। रकम नदिएका कारण आइओसीका प्रतिनिधिले जाँचपास रोकिदिएपछि ६९ वटा ट्यांकर दिनभर आइसिपी (इन्टरग्रेटेड चेक पोस्ट) को भारतीय हातामै रोकिए। यो घटनासँगै इन्धन बोक्ने नेपाली ट्यांकरबाट आइओसीका प्रतिनिधिले बर्सेनि करोडौं रुपैय...

प्राधिकरणको अधिकारीलाई कारबाही गर्न सिफारिस……..

काठमाडौं – डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन नगरेर गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानबिन गरी उक्त कार्यमा संलग्न पदाधिकारी तथा कर्मचारीमाथि कारबाही अघि बढाउन समेत उपसमितिले सुझाएको छ।...

आइटीका ठेक्कामा पौडेल बन्धुकाे चलखेल……….

काठमाडौं – सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल। बिकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुन्। निजामति सेवामा करार सेवामा कार्यरत यी दुवै पौडेल बन्धु आइटी सम्बन्धी वस्तु तथा सेवा खरिदमा पछिल्लो ...

प्रहरीको लत्ताकपडा गुणस्तरहीन……….

काठमाडौं – नेपाल प्रहरीमा मौलाएको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको छ। ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर सामानको गुणस्तरमा पर्न गएको हो। यस वर्ष मात्र होइन विगतदेखि नै प्रहरी प्रधान कार्यालयले खरिद गर्ने लत्ताकपडामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। यस वर्ष पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ...

अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो……….

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो। अन्तर्राष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटे...

सरकारी जग्गा नेकपा नेतालाई ठेक्का………

दाङ – घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खाली जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ। सो जग्गामा मेला, महोत्सवलगायत विभिन्न कार्यक्रम हुन्थे। कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ। अब घोराही बजार क्...

प्रधानमन्त्रीलाई सामान्य हुन ६ महिना लाग्छ…………

काठमाडौं – दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएका छन्। गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने पनि चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाक...

कतारमा नेपालीलाई रोक………..

काठमाडौं – श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ। कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतार सरकारले नेपाली कामदारलाई प्रतिबन्ध लगाएको सूचना त्यहाँस्थित नेपाली दूताबासमार्फत...