काठमाडौँ — एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनाैं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छाडेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएर संसद्मा प्रस्तुत गरिँदै गर्दा बानेश्वर सडकमा भने कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्...
समाचार
प्रतिनिधिसभामा एमसीसी टेबल हुँदै…..
काठमाडौं, प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी र...
एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठकआज बस्दै…..
काठमाडौं, अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ए...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो…..
काठमाडौं, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढ...
अमेरिकाले नेपालसँग धम्की कुटनीति सुरू गरेको छ, हामी प्रतिरोध गर्छौं…..
बेइजिङ — चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा 'धम्की कुटनीति' सुरू गरेको छ। यसको ...
आज पनि सत्ता गठबन्धनको बैठक बस्दै…..
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि...
प्रधानमन्त्री देउवा सहयोग माग्दै बालकोटमा…..
काठमाडौँ — एमसीसी सम्झौता अनुमोदनमा सहकार्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ हात अघि बढाएका छन् । बालुवाटारमा भएका चरणबद्ध छलफलबीच पनि सत्ता साझेदारसँग सहमति हुन नसकेपछि देउवा बिहीबार राति बालकोट पुगेका थिए । यसअघिका भेटवार्तामा एमसीसी सम्झौता अनुमोदनमा सहयोग माग्दै आएका प्रधानमन्त्रीले यसपालि भने आवश्यक परे सरकारमै सहकार्यका लागि समेत अनुरोध ग...
बेलायतमा दाजु गुरुङको ‘लाई–सी’ सार्वजनिक
१४ फेब्रुअरी, बेलायत– ‘लाई–सी’ चिनियाँहरुले नयाँ वर्षमा आफू भन्दा सानालाई उन्नति प्रगति, सफलता र शुभकामना सहित रातो खाम भित्र केहि रुपैयाँ राखेर दिईने प्रचलन आज नेपाली समुदायमा खुबै मौलाएको छ । बिबाह, भात खुलाई, जन्म दिवस, न्वारान आदि हरेक कार्यक्रममा यसको बहुत चलन बढेको छ । यो प्रचलनलाई एउटा मुख्य बिषय बस्तु बनाएर कथाकार दाजु गुरुङले आफ्नो दोश्रो कृतिको रूपमा बजारमा ल्याउनु भएको ‘लाई–सी’ ले हङकङक...
एमसीसीले सत्ता गठनबन्धनका पाँच दल पाँचतिर…..
काठमाडौं, एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा परेका छन् । १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवि बिग्रनसक्ने, दातृ निकायबाट प्राप्त हुँदै आएको...
एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा…..
काठमाडौं, सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित ...
एमसीसीको विरोध गर्दै गठबन्धनका नेता श्रेष्ठ सडकमा…..
काठमाडौँ — सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । नेमकिपासहित गठबन्धन दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी सम्बद्ध कार्यकर्ताहरुले गरेको प्रदर्शनमा सहभागी हुन उनी सडकमा पुगेका हुन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द...
एमसीसीको विरोधमा आज नेपाल बन्द…..
काठमाडौं, एमसीसीको विरोधमा विभिन्न दल र मोर्चाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्...






