विदेशमा २८ नेपालीको मृत्यु…………….

काठमाडौं - महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोबिड–१९) बाट नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको छैन। तर विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली संघले तयार पारेको शनिबार बेलुकीसम्मको तथ्यांकअनुसार विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या २८ पुगेको छ। संघले बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्यान्डमा एकजनाको ज्यान गए...

भ्रष्टाचार गरेको हैन, सरुवा रोगबाट कसरी बच्ने भन्नेबारे बोलेको छु,लेखेको छु…………

काठमाडौं- टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञका रुपमा कार्यरतडा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण पत्र पठाएको छ। स्पष्टीकरण पत्रमा के लेखिएको छ भन्ने भने हेर्न नपाएको डा. पुनले बताए। ‘म शुक्रबार अस्पतालबाट घर हिँडिसकेपछि मात्र अस्पताल प्रशासनले फोन गरेर मन्त्रालयबाट स्पष्टीकरण पत्र आएको जानकारी गरायो। शनिबार अस्पताल प्रशासन बन्द भएकाले पत्र पढ्न ...

जनकपुरमा पैसा फालेर फरार महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो…….

जनकपुरधाम - जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ। शुक्रवार दिउँसो मह...

विदेशमा रहेका श्रमिकलाई उद्धारको पहल गर्न सर्वोच्चको आदेश…………………..

काठमाडौं- सर्वोच्च अदालतले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका श्रमिकलाई उद्धारको पहल गर्न आदेश दिएको छ। अधिवक्ताहरू सोमप्रसाद लुइँटेल, नरेन्द्रप्रकाश खनाल र सुदीप देवकोटाले दायर गरेको रिटमा बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले कुनै पनि मुलुकबाट नेपालीलाई घर फर्कन दिएको छैन। जसले गर्दा वैदेशिक रोजगारीको क्रममा रहेका ठूलो संख्याका नेपाली समस्या...

ओम्नीलाई कालोसूचीमा राख्न ढिलाइ…………..

काठमाडौं - ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन। यसबाट ओम्नीलाई जोगाउन चलखेल सुरु भएको संकेत मिलेको छ। औषधि उपकरण आयातका लागि वाणिज्य विभागबाट स्वीकृति नलिएको ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागल...

राहतमा कुहिएको चामल र आलु, बाच्न दिएको कि मार्न?…………..

लहान - लहान नगरपालिका –२० की ४० वर्षीया शनिचरीदेवी राम श्रमिक हुन्। निरन्तरको लकडाउनका कारण मजदुरी खोसिएपछि उनको परिवारमा गाँसको समस्या छ। मजदुरीबाट जम्मा गरेको रासन सकिएको छ। गाँसको समस्या परेपछि उनले वडा कार्यालयमा राहतका लागि निवेदन दिइन्। नगरपालिकाले वडामार्फत दिने राहतको सूचीमा उनको नाउँ पनि प-यो। बैशाख १ गत्ते नगरपालिकाबाट राहतको पोको पाइन् पनि। घर पुगेर पोको खेलेर हेर्दा चामल ढुसी परेर गनाए...

लकडाउनले खाद्य असुरक्षाको खतरा………………

काठमाडौं - कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको राष्ट्रव्यापी लकडाउन लम्बिँदै जाँदा यसले खाद्यसुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी विश्व खाद्य संगठन (डब्लुएफपी) ले दिएकोछ। ‘गहँुलगायत हिउँदे बालीको कटाइका हुने कठिनाइ, धान र बर्खे बालीको रोपाइँमा पर्ने समस्याले खाद्यवस्तुको मूल्य र उपलब्धतामा प्रभाव पारेर व्यापक खाद्य असुरक्षाको स्थिति उत्पन्न हुन सक्छ’, डब्लुएफपीले कोभिड १९ र खाद्य...

मजदुरको पीडा : छ त केवल भोक……………

बुटवल- विश्वमा कोरोनाको संत्रास छ। देश लकडाउनमा छ। बजार बन्दसँगै मजदुरी गर्नेले पसिना बगाउने ठाउँ पनि छैन। ति मजदुर जसले ठूला ठूला महल बनाए, चिल्ला सडक बनाए अहिले न उनीहरुसँग खाने रासन छ न सरकारले दिने राहतमा पहुँच। छ त केबल भोक छ। जसै भए पनि आफ्नो गाउँ पुग्ने हुटहुटी छ। लम्बिदो लकडाउन पछि घरसम्म पुग्न सडकमा पैदल निस्कनेहरुको संख्या ह्वात्तै बढेको छ। खाने खर्च सकिएपछि बिभिन्न जिल्लाबाट मजदुरहरु पै...

कोरोना नियन्त्रणमा महिला नेतृत्व प्रभावकारी…………..

अभिभा विटेनवर्ग कोक्स, संकटका बेला सही नेतृत्वको खोजीमा हुनुहुन्छ ? आइसल्यान्डदेखि ताइवानसम्म, जर्मनीदेखि न्युजिल्यान्डसम्म, महिलाले मानव समाजका लागि आएको कठिन घडीमा नेतृत्व कति महत्वपर्ण हुन्छ भन्ने दृष्टान्तलाई लिएर विश्वलाई राम्रो सन्देश दिएका छन्। फिनल्यान्ड र डेनमार्कसमेत जोडेर हेर्ने हो भने महिला नेतृत्वले घरमा संकट पर्दा त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने देखाएका छन्। कतिपयले यी साना देश...

र्‍यापिड टेस्टः थप पाँचजनामा देखियो कोरोना पोजेटिभ……………

काठमाडौं - र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ। काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद आएको छ। काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवकको आरडिटीका क्रममा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए।उनी चैत ९ गते भारतबाट आएका थिए। ‘हामीले चैत ३० गते र वैशाख १ गते दुईदुईजनाको ...

कोरोनाको वहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला………………

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्। बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिए...

भेन्टिलेटरले बचायो तर जीवन पहिलेजस्तो छैन…………..

डेविड लाट भेन्टिलेटर राष्ट्रिय चाहना र विवादको विषय बनेकोछ। यसअघि धेरैले राम्रोसँग यसको उपादेयता नबुझे पनि कोभिड १९को महामारीपछि यो विश्वभर चर्चाको शिखरमा पुगेकोछ। भाइरसको संक्रमणले बेसरी च्यापेका बिरामीलाई श्वासप्रश्वासमा निकै समस्या पर्छ। उनीहरुको श्वासप्रश्वास प्रक्रियालाई सहयोग गर्न भेन्टिेलेटरमा नराखे ज्यानै जान सक्छ। न्युयोर्क विश्वविद्यालयअन्तर्गतन्युयोर्क सिटीमा रहेको लानगन मेडिकल सेन्ट...