काठमाडौँ — सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा २० देशमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतको अझै सिफारिस हुन सकेको छैन । नेपालका ३० राजदूतावास, ७ महावाणिज्य दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग (न्युयोर्क, भियना र जेनेभा) छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज ६ मा १२ देशका राजनीतिक नियुक्तिका राजदूत फिर्ता बेलाउने निर्णय गरेको थियो । त्यसअघि नै ११ देशमा राजदूत खाली थिए । यसरी रिक्...
समाचार
स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत…..
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रवक्ता शालीग्राम पौडेलले जनाएका छन् । आयोगका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि छुट्याइएको छ । जसका आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्यसैगरी वैशाख १२ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको नामको सूची प्रकाशित गर...
रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेकोछ…..
काठमाडौं- अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीजे) मा रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेको छ । भारतका तर्फबाट अन्तरराष्ट्रिय न्यायालयका न्यायाधीश दलवीर भण्डारीले निजी हैसियतमा मतदान गरेको भारतले दाबी गरेको हो । विहीबार भारतीय न्यायाधीश भण्डारीले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत पनि भनिने अन्तरराष्ट्रिय फौजदारी अदालतमा रूसविरुद्ध मतदान गरेका थिए । रूसको आक्रामकता रोक्न युक्रेनको मागबम...
तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने…..
काठमाडौँ — सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । देउवाले कांग्र...
आयल निगमले फेरि बढायो इन्धनमा मूल्य…..
काठमाडौँ — युक्रेन–रुस द्वन्द्व र त्यसले सिर्जना गरेको अन्तर्राष्ट्रिय तनावले नेपालमा पनि इन्धनको मूल्य अकासिएको छ । नेपाल आयल निगमले बुधबार मात्रै पनि इन्धनमा पाँच रुपैयाँ मूल्य बढाएको छ । लगातार मूल्य बढ्दा चालु आर्थिक वर्षको फागुनसम्म निगमको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको छ । उपभोक्ता मूल्य र निगमको घाटा दुवै बढ्दा पनि चर्को कर पुनरावलोकन गर्न सरकार तयार छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछ...
स्थानीय तह निर्वाचनअघि मन्त्रीहरु परिवर्तन नगर्ने …..
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरु परिवर्तन नगर्ने भएको छ । सो पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्ने चर्चा चलिरहेका बेला चुनावअघि कुनै पनि कदम नचाल्ने निष्कर्ष अध्यक्ष नेपालले निकालेका छन् । यस विषयमा हालै सम्पन्न पार्टीको बैठकमा समेत छलफल भएपनि स्थानीय चुनाव अघि मन्त्रीहरुलाई फिर्ता नबोलाउने निष...
अधिवेशनमा एउटै विधेयक पारित नगरी मंगलबार अन्त्य…..
काठमाडौँ — संघीय संसद्को विधेयक अधिवेशन एउटै विधेयक पारित नगरी मंगलबार अन्त्य भएको छ । प्रतिनिधिसभामा ४२ र राष्ट्रिय सभामा १५ गरी संघीय संसद्मा ५७ विधेयक विचाराधीन छन् । प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दा र सरकार पनि संसद् खुलाउन गम्भीर नबन्दा कुनै पनि विधेयकले कानुनको रूप लिन नसकेको हो । मंसिर २८ मा सुरु भएको संसद्को १० औं अधिवेशन ९२ औं दिनमा अन्त्य गरिएको हो । यस अवधिमा ११ वटा बैठक ७ घ...
चुनावलाई एक लाख म्यादी माग, चैत ६ देखि ११ गतेसम्म आवेदन…..
काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो । चैत ६ ...
रूस–युक्रेनलाई देखाउँदै महँगियो भान्सा, दोब्बर मूल्य बढाउँदै व्यापारी…..
काठमाडौं- नेपाल र युक्रेनबीचको दूरी करिब ४ हजार ९९७ किलोमिटर र रूसबीचको दूरी झण्डै ४ हजार किलोमिटर छ । तर, यी दुई देशबीचको आन्तरिक युद्धलाई कारण देखाउँदै नेपालमा सबैजसो खाद्यान्नको मूल्य छोइनसक्नु बढेको छ । नेपालको स्थानीय बजारमा रूस र युक्रेनको सैन्य भिडन्तसँग सम्बन्ध नै नराख्ने वस्तुहरूको सूचीसमेत अनियन्त्रित गतिमा उकालो लागिरहेको छ । यतिबेला नेपालमा रूस–युक्रेन युद्धको असर देखाउँदै खानेतेल, दाल...
स्थानीय तहमा ६० देखि ७० प्रतिशतसम्म जित्छौं…..
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशतमा एमालेले जित्ने दाबी गरेका हुन् । उनले एमालेलाई निर्वाचन जित्न...
चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने…..
काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चैत १२ र १३ गते विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेको जानकारी नेताहरूलाई गराइसकेकी छिन् । नेपालको परराष्ट्र मन्त्रालयले पनि वाङलाई स्वागत गर्ने तयारी थालेको छ । अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन गरेको नेपालले वाङको भ्रमण क्रममा चीनसँग गरेको बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) बारे चिनियाँ चासोलाई पनि यथोचित सम्बोधन गर्नुपर्नेछ । नेपालको प्...
पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य उच्च बिन्दुमा…..
काठमाडौं- नेपालको इतिहासमै यतिबेला पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगमले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ तोकेको छ । वि.सं. २०७४ साल (फागुन) यताको तथ्याङ्कअनुसार हालसम्म पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको देखिन्छ । २०७४ साल (फागुन)...
















