बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन………

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरणसम्वन्धी मुद्दा लिन इन्कार गरेको छ। पीडित सांसद डा. सुरेन्द्र यादव सहित जनता सामाजवादी पार्टीका नेताहरु मुद्दा दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न नेताहरु म...

गरिमा गुमाउँदै राष्ट्रपति………………..

काठमाडौं - नेपालको संविधानले राष्ट्रपति संवैधानिक हुने व्यवस्था गरेको छ। राष्ट्रपतिले कुनै पनि काम मन्त्रिपरिषद्को सिफारिसमा मात्र गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्रयाध्यक्षलाई संविधान र कानुनले जति अधिकार दिएको हुन्छ त्यसमा केही विशेषाधिकार पनि हुन्छ। सरकारले देश र जनतामा दीर्घकालीन असर पार्ने कुनै निर्णय लिएमा त्यसलाई रोक्ने विशेषाधिकार राष्ट्रपतिमा हुन्छ। संविधानको संरक्षक र पालक राष्ट्रपति न...

हिम्मत गर्नुस्, म बूढीले त जितेँ……………………

घाेडाघाेडी - कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारपछि लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छिन्। प्रदेश नम्बर २ को वीरगञ्जमा श्रीमान्ले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी विकलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो। दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि विकलाई स्...

लकडाउनको ३३औं दिन,राजधानीका सडक सुनसान…………….

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन । गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तरपनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् । शनिबार पनि अत्यावश्यक सेवाका सवारीसाधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार...

नेकपाभित्र पकड जमाउने होड………………….

काठमाडौं - सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र पकड जमाउन अन्य नेताहरुलाई आ–आफ्नो पक्षमा फकाउन थालेका छन्। ओलीले माधवकुमार नेपाललाई पटकपटक बालुवाटार बोलाएर घण्टौं कुराकानी गर्न थालेका छन्। दाहालले पनि तीन दिनको बीचमा दुई पटक रामबहादुर थापा र उनी पक्षका नेतालाई खुमलटारस्थित निवासमा बोलाएर बैठक गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मात्र भेटिरहेका छन...

ओलीको ओरालो यात्रा…………………….

काठमाडौं - मुलुकमा आइपर्ने कुनैपनि विपत्बाट देश र जनतालाई जोगाउन सिंगो मुलुकलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी कार्यकारी प्रमुखको हो। त्यसमा पनि कोरोना भाइरसले मानव सभ्यतालाई नै चुनौती दिइरहेका बेला देश र जनतालाई जोगाउन सबै पक्षको साथ र सहयोग लिएर अघिबढ्नुपर्ने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीकै हो। त्यही भएर सरकारले चैत ११ गतेदेखि मुलुकलाई लकडाउनमा राखेको छ।संक्रमणबाट कसरी जोगिने भन्नेमा सब...

विवादित दुई अध्यादेश राष्ट्रपतिद्वारा खारेज…………….

काठमाडौं- सरकारले ल्याएका विवादास्पद दुई अध्यादेश खारेज भएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले अध्यादेश खारेज गरेकी हुन्। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज भएका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्र...

विवादित अध्यादेश फिर्ता लिने सरकारको निर्णय……………….

काठमाडौं- सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। सरकारले बैशाख ८ गते यि दुई अध्यादेश जारी गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी भए जस्तै सरकारको सिफारिसमा खारेज गर्ने व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका ...

डिस्चार्ज भैसकेका किशोरमा कोरोना पोजेटिभ………………

लहान- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा सर्लाहीका एक किशोरमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ। उनी प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको तेस्रो दिन डिस्चार्ज भएका थिए। उनी १४ वर्षका थिए। दिल्लीबाट फर्केका ती किशोर बैशाख ५ गत्ते प्रादेशि अस्पताल जनकपुरमा भर्ना भएका थिए। भोलिपल्ट (बैशाख ६) उनको स्वाव संकलन गरी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण ग...

उदयपुरमा कोरोना संक्रमितको संख्या २८……………..

उदयपुर- बुधबार थप ३ जनामा कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ। वैशाख ५ गते भुल्के मस्जिदमा रहेका १२ भारतीयमध्ये ११ र एक नेपालीमा पहिलो संक्रमण पुष्टि भएको थियो। एकैचोटी दर्जनमा संक्रमण देखिएको भोलिपल्ट थप १ जनामा पुष्टि भएपछि ‘कोरोना इपिसेन्टर’ बन्न पुगेको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदका भारतीय धर्मप्रचारक १२ सहित १६ जना सबैमा संक्रमण प्रमाणित ...

मधेस केन्द्रित दल फुटाएर दुई तिहाइ पुर्‍याउने खेल…………..

लहान - सरकारले दल विभाजन सम्वन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि त्यसबारे टिप्पणीले राजनीतिक बजार तताएको छ। संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दल सम्वन्धी दोस्रो संधोशन अध्यादेश, २०७७ सोमबार साँझ जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेस राजनीति समेतमा हलचल पैदा गरिदिएको छ। विश्व कोरोना भाइरसको महामारीबिरुद्ध लडाइ लडिरहेका बेलो राजनीतिक दल सम्वन्धी कानुन अध्यादेश ल्याएर स...

सरकारको कदमप्रति नेकपा सचिवालयमा असन्तुष्टि………………

काठमाडौं- सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश सचिवालय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा सदस्यहरुले अहिलेको अवस्थामा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु विधिसम्मत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। गम्भिर विषयहरुमा सरकारले निर्णय गर्दा पार्टीभि...